यी हुन्, जीतको दाबेदारी गर्ने तर ५ सय मत पनि नल्याउने उम्मेदवार

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
५३ पटक हेरिएको
Shares
यी हुन्, जीतको दाबेदारी गर्ने तर ५ सय मत पनि नल्याउने उम्मेदवार

सारांश

  • बझाङ, मंसिर २२ – बझाङमा प्रतिनिधिसभा र प्रदेश सभाको दुई वटै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरुले जितेका छन् ।
  • प्रतिनिधि सभा सदस्यका लागि वाम गठबन्धनको तर्फबाट एमालेका उम्मेदवार भैरवबहादुर सिंहले आधा भन्दा बढी मत ल्याएर जित्नुभयो भने प्रदेश सभा क बाट एमाले उम्मेदवार अर्जुनबहादुर थापाले १३ हजार ५११ मत ल्याएर जित्नुभयो ।
  • प्रदेश ख का वामगठबन्धनका उम्मेदवार एवं माओवादी केन्द्रकी नेतृ देवकी मल्ल थापाले १७ हजार ७४३ मत ल्याएर विजयी हुनुभयो ।

बझाङ, मंसिर २२ – बझाङमा प्रतिनिधिसभा र प्रदेश सभाको दुई वटै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरुले जितेका छन् । प्रतिनिधि सभा सदस्यका लागि वाम गठबन्धनको तर्फबाट एमालेका उम्मेदवार भैरवबहादुर सिंहले आधा भन्दा बढी मत ल्याएर जित्नुभयो भने प्रदेश सभा क बाट एमाले उम्मेदवार अर्जुनबहादुर थापाले १३ हजार ५११ मत ल्याएर जित्नुभयो ।

प्रदेश ख का वामगठबन्धनका उम्मेदवार एवं माओवादी केन्द्रकी नेतृ देवकी मल्ल थापाले १७ हजार ७४३ मत ल्याएर विजयी हुनुभयो ।
तर आफूलाई जीतको दाबेदार ठान्ने कतिपय उम्मेदवार ५ सय मत समेत ल्याउन सकेनन् ।

हेरौं, पाँच सय मत पनि नल्याउने उम्मेदवारहरु ।

प्रतिनिधिसभा तर्फ :

विबेकशिल साझा पार्टी, मिन बहादुर सिंह ३५५
देश भक्त जनगणतान्त्रिक मोर्चा, धरणीधरनाथ ३ सय ९
नयाँशक्ति पार्टी जोगि बहादुर कँुवर ४ सय ४३
राष्टिय जनमोर्चा पार्टी, कल्पना भण्डारी ५१

प्रदेश सभा क तर्फ :

संघीय समाजबादी फोरम राम बहादुर जाग्री २७३
नयाँ शक्ति पार्टी डम्बर बहादुर रावल १४७
देशभक्त जनगणतान्त्रिक मोर्चा असोक बहादुर ओली ३३२
विबेकशील साझा पार्टी महोन सिंह ३६२

प्रदेश सभा ख तर्फ :

नयाँ शक्तिका कलक रोकायाले ३ सय ६७
विबेक सिल साझा पार्टीका रविन्द्र बहादुर बमले ४ सय ५ मत
बझाङमा १ लाख ४ हजार २ सय ७५ मतदाता मध्ये ६६ हजार ९५९ मत खसेको थियो । यी मध्ये ३ हजार ५ सय मत बदर भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?