मिथिलाञ्चलमा आज हलो र गोरुको पूजा गरिँदै

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ १२, २०७९
|
|
५३ पटक हेरिएको
Shares
मिथिलाञ्चलमा आज हलो र गोरुको पूजा गरिँदै

सारांश

  • काठमाडौँ ।
  • वसन्त पञ्चमीको अवसरमा महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलका किसानले आज हलो र गोरुको पूजा गर्दैछन् ।
  • पिँढीदर पिँढीरुपमा मिथिलाञ्चलभरिका किसानले आजका दिनलाई कृषि कार्यको सुरुआत मान्दै बिहानै हलो र गोरुको पूजा गर्ने चलन छ ।

काठमाडौँ । वसन्त पञ्चमीको अवसरमा महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलका किसानले आज हलो र गोरुको पूजा गर्दैछन् ।
पिँढीदर पिँढीरुपमा मिथिलाञ्चलभरिका किसानले आजका दिनलाई कृषि कार्यको सुरुआत मान्दै बिहानै हलो र गोरुको पूजा गर्ने चलन छ । जलेश्वर नगरपालिका–८ का रामबाबु चौधरीका अनुसार किसानले आँगनमा गाईको गोबरले लिपपोत गरेर, फूल माला, अक्षेता, अबिर, चामल, लड्डुलगायत वस्तुसहित आँगनमा हलो राखेर पूजाआजा गरिरहेका छन् । गोरुलाई नुहाई नयाँ रङ्गीचङ्गी डोरी, माला लगाएर पूजा गरिँदै छ ।

हलो र गोरुको पूजा गरिसकेपछि खेत जोत्ने चलन छ । किसानले नयाँ किनेको गोरुलाई पहिलोपटक खेत जोत्न लगाउने चलन रहेको जलेश्वर–६ का गणेश साहले बताउनुभयो । किसानले आजका दिन हलोमा धार लगाउने, कोदालो धारिलो पार्ने तथा हँसिया र खुर्पासहितका कृषि औजारलाई नयाँ धार लगाएर प्रयोग गर्ने गर्दछन् ।

श्रीपञ्चमी वा वसन्त पञ्चमीको अवसरमा किसानले अरवा चामलमा सख्खर मिसाएर प्रसाद तयार पार्दछन् भने हलो र गोरुको पूजा गरेर एकापसमा अबिर दल्ने तथा प्रसाद वितरण गरेर यो पूजा सम्पन्न गर्दछन् । मिथिलाञ्चलका किसान आजका दिनदेखि खेतीपाती सुरु भएको मान्छन् । आजैका दिनदेखि आ–आफ्नो बाँझो खेतबारी जोत्ने कामको शुभारम्भ गर्दछन् ।

मिथिलाञ्चलको गाउँ गाउँमा आज सयौँ गोरु एकसाथ कुदिरहेको तथा किसानको काँधमा हलो लहरैरुपमा राखेको देख्न पाइन्छ । जलेश्वर–११ का किशुन विच्छा पछिल्लो समय ट्र्याक्टर, पावर टिलरलगायत यन्त्र भित्रिए पनि सबै खेतबारीमा सहजरुपमा पुग्न नसक्ने, आफूले चाहेअनुसारको खेतबारी खनजोत गर्न नसक्ने हुनाले खेतीपातीका लागि हलो र गोरु नै सहज हुने बताउनुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बलिउडका यी चर्चित गायकलाई विदेशी रकम तस्करीको आरोपमा पत्र
बलिउडका यी चर्चित गायकलाई विदेशी रकम तस्करीको आरोपमा पत्र
विद्युत् प्राधिकरणका सञ्चालकलाई नहटाउन सर्वोच्च अदालतले दियो अल्पकालीन अन्तरिम आदेश !!!
विद्युत् प्राधिकरणका सञ्चालकलाई नहटाउन सर्वोच्च अदालतले दियो अल्पकालीन अन्तरिम आदेश !!!
नेपाली चलचित्र ‘परस्त्री’ हिन्दीमा प्रदर्शन हुने
नेपाली चलचित्र ‘परस्त्री’ हिन्दीमा प्रदर्शन हुने
मोदीद्वारा अयोध्यामा राम मन्दिर निर्माणको शुभारम्भ
मोदीद्वारा अयोध्यामा राम मन्दिर निर्माणको शुभारम्भ
निकिता म्याडम ! बधाई त खाइयो तर नियुक्तीपत्रचाहीँ खै ?
निकिता म्याडम ! बधाई त खाइयो तर नियुक्तीपत्रचाहीँ खै ?
त्रिभुवन विमानस्थलबाट ८ हजार ६ सय अमेरिकी डलरसहित दुई महिला पक्राउ
त्रिभुवन विमानस्थलबाट ८ हजार ६ सय अमेरिकी डलरसहित दुई महिला पक्राउ
सय दिनमा सांस्कृतिक संस्थानमा नसोचेको परिवर्तन हुन्छः महाप्रबन्धक राई
सय दिनमा सांस्कृतिक संस्थानमा नसोचेको परिवर्तन हुन्छः महाप्रबन्धक राई
गृहमन्त्रीको निर्देशन नमानेपछि काठमाडौं झिकाइएका सिरहा र पर्साका एसपी फिर्ता
गृहमन्त्रीको निर्देशन नमानेपछि काठमाडौं झिकाइएका सिरहा र पर्साका एसपी फिर्ता
एसिया कप क्रिकेटः पाकिस्तान सामु हङ्कङ्काे निरिह प्रदर्शन, पाकिस्तान ८ विकेटले विजयी !
एसिया कप क्रिकेटः पाकिस्तान सामु हङ्कङ्काे निरिह प्रदर्शन, पाकिस्तान ८ विकेटले विजयी !
शिकारीले हानेको गोली लागेर घाइते किशोरीको मृत्यु
शिकारीले हानेको गोली लागेर घाइते किशोरीको मृत्यु

तपाईंले छुटाउनुभयो कि?