कस्तो नीति र कार्यक्रम प्रस्तुत गर्दैछ त आज सरकार ?

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख २०, २०७६
|
|
४२ पटक हेरिएको
Shares
कस्तो नीति र कार्यक्रम प्रस्तुत गर्दैछ त आज सरकार ?

सारांश

  • काठमाडौं।
  • सरकारले आज शुक्रबार आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीले अपरान्ह ४ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्ने्छिन्।

काठमाडौं। सरकारले आज शुक्रबार आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ। राष्ट्रपति विद्यादेवी भण्डारीले अपरान्ह ४ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्ने्छिन्। बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभाका नै सांसदहरु उपस्थित रहने भएको छ।

नीति तथा कार्यक्रमका आधारमा नै सरकारले आर्थिक वर्ष २०७६र०७७ को बजेट प्रस्तुत गर्ने छ। संविधानले नै जेठ १५ गते वजेट प्रस्तुत गर्नुपर्ने वाध्यकारी व्यवस्था गरेपछि केही वर्षदेखि यही दिन वजेट प्रस्तुत हुँदै आएको छ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो सरकार बनेपछि जनताको पक्षमा काम गर्छौ भन्दै आएपनि त्यो अनुसार काम नभएपछि जनतामात्र होइन सर्वसाधारणले पनि सरकारको आलोचना गर्दै आएका छन्। तर सरकारले आउँदो वजेटमा भने जनताको मन छुने योजनाहरु समेटिएको दावी गरेको छ।

विगतमा सरकारको नीति तथा कार्यक्रम आउनुअघि प्रि–वजेट छलफल गरिने परम्परा रहँदै आएकोमा यसपालि भने त्यो नहुने भएको छ। तर सरकारले भने प्रि–वजेट छलफल नीति तथा कार्यक्रम पछि पनि हुने दावी गर्दै आएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रि–वजेट छलफल गर्न सरकार तयार नभएकोमा आपत्ति जनाएको छ। संघीय संसदको बैठक सुरु हुनुभन्दा अघिल्लो दिन सिंहदरवारमा बसेको संसदीय दलको बैठकले वजेटका विषयमा पहिले नै छलफल गर्न पाउने सांसदको अधिकार कटौती गर्न खोजेकामा सरकारको आलोचना गरेको थियो। संसदको बैठक आव्हान गर्दा नै आज सरकारको नीति तथा कार्यक्रम गर्ने टुंगो लागेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?