मन्त्री आलेको अश्लिल अडियो भाइरल

Abhiyanpost Abhiyanpost
|
मंगलबार, फाल्गुन ३, २०७८
|
|
३८ पटक हेरिएको
Shares
मन्त्री आलेको अश्लिल अडियो भाइरल

सारांश

  • पर्यटनमन्त्री प्रेम आले फेरि विवादमा आएका छन् ।
  • उनले एक जना व्यक्तिसँग मन्त्रीको पदीय हेसियत बिर्सेर अश्लील गाली गरेको अडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
  •  भारतको मुम्बईबाट फोन गरेका एक जना सुदूरपश्चिमकै व्यक्तिले मन्त्री आलेलाई काठ तस्करको आरोप लगाएका छन्साथै उनी काठ तस्करकै आरोपमा नौ महिनासम्म जेल बसेको आरोप लगाएका छन् ।

पर्यटनमन्त्री प्रेम आले फेरि विवादमा आएका छन् । उनले एक जना व्यक्तिसँग मन्त्रीको पदीय हेसियत बिर्सेर अश्लील गाली गरेको अडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । भारतको मुम्बईबाट फोन गरेका एक जना सुदूरपश्चिमकै व्यक्तिले मन्त्री आलेलाई काठ तस्करको आरोप लगाएका छन्साथै उनी काठ तस्करकै आरोपमा नौ महिनासम्म जेल बसेको आरोप लगाएका छन् ।

फोनमा ती व्यक्तिले ‘तपाईबाट यस्तो छैन’ भन्दै कुराकानीको सुरुवात गरेका छन् ।

जवाफमा मन्त्री आलेले ‘कस्तो आश ? के आश ?’ भन्दै अश्लील गालीको वर्षा गराएका छन् । कतिसम्म भने मन्त्री आलेले ती व्यक्तिलाई भिडियो फोनमै ‘तेरि मा …., कुकुर,..’ भन्दै अश्लील गालीको वर्षा गराएका छन् ।

त्यसपछि ती व्यक्तिले मन्त्री आलेको पदीय मर्यादालाई बेवास्ता गरेर ‘तैले के गर्न सक्छस’ भन्दै प्रश्न गरेका छन् । अनि उनले त्यसैमा मन्त्री आलेलाई पनि गाली गदै ‘मुु…काठ तस्कर, ९ महिना जेल बसेर निस्केको होइनस्’ भन्दै प्रश्न गरेका छन् ।

यसले मन्त्री आलेमाथि अर्को प्रश्न उब्जिएको छ । उनीमाथि काठ तस्करीको आरोप नौलो होइन । तर काठ तस्करीको आरोप लागेर पनि ९ महिना जेल बसेको आरोप भने गम्भीर हो । यदि यो कुरा पुष्टि भएको खण्डमा मन्त्री आलेको जागिर जान सक्छ ।

संविधानमा फौजदारी कसुरमा सजाय भोगेका व्यक्ति मन्त्री बन्न अयोग्य हुने उल्लेख छ । त्यसमाथि मन्त्री आले पटक पटक विवादमा आइरहने व्यक्ति हुन् । यसअघि ओली सरकारका पालामा वनमन्त्री रहेका आलेले ‘रुखले कार्बनडाइअक्साइड दिन्छ’ भन्दै हावादारी अभिव्यक्ति दिएका थिए ।

त्यतिबेला कोरोना संक्रमणको बेला अक्सिजन सिलिण्डर वितरण गर्दा उनले आफ्नो फोटो समेत टाँसेर सुदूरपश्चिमका पहाडी जिल्लामा स्वास्थ्य सामग्री वितरण गरेका थिए । त्यतिबेलादेखि विवादमा रहँदै आएका मन्त्री आलेको पछिल्लो अश्लील गालीसहितको अडियो भाइरल हुँदा थप आलोचना बढेको छ ।  सामाजिक सञ्जालमा कतिपयले मन्त्री आलेलाई बर्खास्त गर्नुपर्ने माग पनि उठाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभा बैठक : एमाले अध्यक्ष ओलीमाथि भएको अभद्र व्यवहारप्रति ध्यानाकर्षण
प्रतिनिधिसभा बैठक : एमाले अध्यक्ष ओलीमाथि भएको अभद्र व्यवहारप्रति ध्यानाकर्षण
राजधानीमा जताततै फोहरको डुङ्गुर : सिसडोल भरिँदा उठेन फोहोर
राजधानीमा जताततै फोहरको डुङ्गुर : सिसडोल भरिँदा उठेन फोहोर
जावलाखेलमा देखाइयो रातो मच्छिन्द्रनाथको भोटो
जावलाखेलमा देखाइयो रातो मच्छिन्द्रनाथको भोटो
शतवार्षिकी समारोह एकसाथ मनाउन उत्तर कोरियालाई दक्षिणको प्रस्ताव
शतवार्षिकी समारोह एकसाथ मनाउन उत्तर कोरियालाई दक्षिणको प्रस्ताव
विकासका लागि तीनै तहका सरकार एकजुट हुन आवश्यक : उपप्रधानमन्त्री खड्का
विकासका लागि तीनै तहका सरकार एकजुट हुन आवश्यक : उपप्रधानमन्त्री खड्का
एकीकृत समाजवादीको सचिवालय बैठक सुरु
एकीकृत समाजवादीको सचिवालय बैठक सुरु
कोरोनासँग मिल्दो लक्षण देखिएका दुईको मृत्यु
‘‘साहो’सँग कताकता डर लागिरहेको छ तर, राम्रो नेपाली चलचित्रलाई दर्शकले अवश्य माया गर्नुहुनेछ’
‘‘साहो’सँग कताकता डर लागिरहेको छ तर, राम्रो नेपाली चलचित्रलाई दर्शकले अवश्य माया गर्नुहुनेछ’
सामाजिक रूपान्तरणमा सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री दाहाल
सामाजिक रूपान्तरणमा सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री दाहाल
सरकारविरुद्ध गर्जिईन सुजाता, सहमति र सहकार्य नगरेको आरोप
सरकारविरुद्ध गर्जिईन सुजाता, सहमति र सहकार्य नगरेको आरोप