दोस्रो चरण निर्वाचनमा मुलुकभर ६७ प्रतिशत मतदान

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर २१, २०७४
|
|
४७ पटक हेरिएको
Shares
दोस्रो चरण निर्वाचनमा मुलुकभर ६७ प्रतिशत मतदान

सारांश

  • आज सम्पन्न दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ६७ प्रतिशतभन्दा बढी मतदान भएको छ ।
  • निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा प्राप्त प्रारम्भिक विवरणअनुसार सबैभन्दा बढी गुल्मी जिल्लामा ७१ प्रतिशत मतदान भएको छ ।
  • आयोग मिडिया सेन्टरमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मतदानमा खसेको मत प्रतिशतको आँकडा अझ बढ्न सक्ने सम्भावना रहेको बताए ।

आज सम्पन्न दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ६७ प्रतिशतभन्दा बढी मतदान भएको छ ।

निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा प्राप्त प्रारम्भिक विवरणअनुसार सबैभन्दा बढी गुल्मी जिल्लामा ७१ प्रतिशत मतदान भएको छ । आयोग मिडिया सेन्टरमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मतदानमा खसेको मत प्रतिशतको आँकडा अझ बढ्न सक्ने सम्भावना रहेको बताए । उनका अनुसार छिटफुट घटनाबाहेक सबै मतदान केन्द्रमा मतदान शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ ।

उनले भने, “नेपालको संविधान कार्यान्वयन गर्र्ने क्रममा दोस्रो चरणमा आज ४५ जिल्लामा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा मतदाताको उत्साहजनक, व्यापक सहभागिता र शान्तिपूर्ण रूपमा सम्पन्न भएको जानकारी सहर्ष रूपमा गराउन चाहन्छु ।”

निर्वाचनबाट संविधान कार्यान्वयन र सङ्क्रमणकालको अन्त्यका लागि महत्वपूर्ण योगदान पुगेको विश्वास व्यक्त गर्दै आयोगले बढ्दो चिसोको समेत वास्ता नगरी महिला, ज्येष्ठ नागरिक, अपाङ्गतायुक्तलगायत मतदाताले उत्साहजनक रुपमा मतदान गरेकामा सबै मतदातालाई धन्यवाद दिएको छ ।

‘मतादेशलाई सहज रूपमा स्वीकार्नुस्’
नेपाली मतदाताले मतपत्रका माध्यमबाट व्यक्त गरेको मतादेशलाई सहज रूपमा स्वीकार्न आयोगले सबै राजनीतिक दल तथा उम्मेदवारसँग आयोगले गर्दै भनेको छ, “निर्वाचन प्रचारप्रसारमा दलहरूबीच देखिएको सौहार्दता मतगणनापछि हुने हार र जीतको परिणामपछि पनि प्रकट गर्न सबै राजनीतिक दल तथा उम्मेदवार प्रतिबद्ध रहेको विश्वास आयोगले लिएको छ ।

मतदान सम्पन्न भएलगत्तै आज सबैै मतपेटिका सुरक्षित तवरबाट जिल्ला सदुरमुकामस्थित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा संकलन गर्ने कामसमेत शुरू भइसकेको छ । संकलन भएका मतपेटिका मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको प्रत्यक्ष रेखदेख, नियन्त्रण र व्यवस्थापनमा रहने डा यादवले जानकारी दिए ।

मतपेटिका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकाय र राजनीतिक दल तथा उम्मेदवारको सहमतिमा विश्वसनीय ढंगबाट सुरक्षित स्थानमा राख्ने प्रबन्ध मिलाइएको आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रकासात हजार ७५२ मतदानस्थलका १५ हजार ३४४ मतदान केन्द्रमा आज मतदान भएको हो । दुवै मतदानमा कुल एक करोड २२ लाख ३५ हजार ९९३ मतदाता थिए ।

दु्ई केन्द्रमा मतदान स्थगित

अर्घाखाँची, सन्धिखर्क नगरपालिका–५ मथुरा निमावि नेटा मतदानस्थलका (क) र (ख) गरी दुई मतदान केन्द्रको मतदान आज स्थगन भएको छ । मतदान केन्द्र (ख) का मतदान अधिकृतले मतपत्रमा सही नगरेको भनी राजनीतिक दलका कार्यकर्ताबाट एउटा मतपेटिका तोडफोड गरी फालेको र बाँकी मतपत्र च्यातेकाले उक्त मतदान केन्द्रको मतदान स्थगन भएको जनाउँदै आयोगले सो मतदान केन्द्रमा केही दिनभित्रै पुनःमतदान गर्ने व्यवस्था मिलाइने छ ।

दोस्रो चरणको निर्वाचन सम्पन्न भएसँगै यही मंसिर १० गते पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना आजैदेखि सुरु भएको छ । पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा मतदान भएको थियो । दोस्रो चरणको मतदानपछि सम्बन्धित जिल्लाको सदरमुकाममा मतपेटिका प्राप्त भइसकेपछि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले आवश्यक तयारी पूरा गरी आजै (बिहीबार) राति वा शुक्रबार बिहानसम्ममा मतगणना शुरु हुने जनाइएको छ ।

धन्यवाद र उच्च प्रशंसा

सात प्रदेश र ७७ जिल्लामा सफलतापूर्वक निर्वाचन सम्पन्न गर्न सफल भएकामा सबै मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सबै राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मी सबैलाई आयोगले धन्यवाद दिएको छ ।

निर्वाचनका लागि सरकारले गरेको सुरक्षा प्रबन्ध प्रभावकारी रहेका कारण निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको आयोगको निष्कर्ष छ । डा यादवले भने, “निर्वाचनलाई सफल पार्न अहम् भूमिका खेल्नु हुने सम्पूर्ण राजनीतिक दल, उम्मेदवार र दलका कार्यकर्ताले देखाउनुभएको सहयोग, सद्भाव र मैत्रीपूर्ण व्यवहार, समझदारी र सकारात्मक सहभागिताप्रति आयोग आभार प्रकट गर्दछ ।”

दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदानलाई सफल बनाउन र विभिन्न ठाउँबाट प्रत्यक्ष प्रसारणमार्फत मतदातालाई सुसूचित पार्ने कार्यमा सञ्चारकर्मीले पुर्याएको योगदानको आयोगले उच्च प्रशंसा गर्दै मतदानको समाचार सङ्कलन र सम्प्रेषणमा सञ्चारकर्मीले देखाएको जाँगर, उत्साह र लगनशीलताको आयोगले कदर गरेको छ ।

सो अवसरमा आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्यालले शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदाताको सहभागितामा निर्वाचन सम्पन्न भएको हुनाले आजको दिनलाई सफलता र खुशीयालीको दिनमा स्मरण गरिने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिनीट्रक दुर्घटनामा १७ जनाको मृत्यु
मिनीट्रक दुर्घटनामा १७ जनाको मृत्यु
शृङ्गारका सामग्री आयातमा बाहिरिन्छ ठूलो रकम
शृङ्गारका सामग्री आयातमा बाहिरिन्छ ठूलो रकम
एक घण्टाको बाटो दुई मिनेटमा
एक घण्टाको बाटो दुई मिनेटमा
शुक्रवारसम्म नेपालमा सलहको खतरा, धपाउन धुँवा र आवाज प्रभावकारी
शुक्रवारसम्म नेपालमा सलहको खतरा, धपाउन धुँवा र आवाज प्रभावकारी
शुक्रवार थपिए १ हजार ४४ कोरोना संक्रमित
थाहा पाउनुहोस् तपाईंको राशिफल
थाहा पाउनुहोस् तपाईंको राशिफल
पर्सामा सात हजार करदाता थपिए
पर्सामा सात हजार करदाता थपिए
किंग्स लाउन्जमा पूर्व किंङ ज्ञानेन्द्रको तीन घण्टा (फोटो फिचर)
किंग्स लाउन्जमा पूर्व किंङ ज्ञानेन्द्रको तीन घण्टा (फोटो फिचर)
Mostbet Mobil Dasturi Ilovasi Android Ios Apk Yuklash Yuklab Olish Skachat Мобильный Софт Tarjima Kinolar 2023 Media Olam, Tarjima Kinolar 2023, Uzbek Tilida Kinolar, Premyeralar 2019-2021-2022-2023, Фильмы, Сериалы, Ozbekcha Tarjima 2023, Ozbek Tilida, Uzbek Tilida, Tas-ix Фильмы, Сериалы, Игры, Клипы, Софт, 2021-yil, Музыка, Onlayn Tv, On The Internet Tv Tas-ix, Tas-ix Filmlar, Программы, O`zbekcha Tarjima, Tas-ix, Besplatno, O`zbek Tilida, Uzbek Tilida, Tas-ix 2020, 2021, 202 大田区蒲田 牧田総合病院 社会医療法人財団 仁医
‘नैतिक शिक्षाको अभावमा मानवता हरायो
‘नैतिक शिक्षाको अभावमा मानवता हरायो

तपाईंले छुटाउनुभयो कि?