नतिजा आउने गरी काम गर्न मन्त्रीको निर्देशन

Abhiyanpost Abhiyanpost
|
बिहिबार, फाल्गुन १, २०७६
|
|
३५ पटक हेरिएको
Shares
नतिजा आउने गरी काम गर्न मन्त्रीको निर्देशन

सारांश

  • दमौली, १ फागुन स् गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले नतिजा आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
  • वन निर्देशनालय पोखराको आयोजनामा तनहुँको बन्दीपुरमा आज आयोजित मन्त्रालय मातहतका कार्यालयको प्रथम चौमासिक समीक्षा कार्यक्रममा उनले औपचारिकता मात्रै निभाउने नभई प्रष्ट देखिने गरी नतिजामुखी काम गर्नुपर्नेमा जोड दिए ।
  • मन्त्री लम्सालले भने, “काम गर्दा श्रद्धा गरेजस्तो मात्रै नहोस्, त्यसको नतिजा प्रष्ट रुपमा  देखिनुप-यो ।

दमौली, १ फागुन स् गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले नतिजा आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । वन निर्देशनालय पोखराको आयोजनामा तनहुँको बन्दीपुरमा आज आयोजित मन्त्रालय मातहतका कार्यालयको प्रथम चौमासिक समीक्षा कार्यक्रममा उनले औपचारिकता मात्रै निभाउने नभई प्रष्ट देखिने गरी नतिजामुखी काम गर्नुपर्नेमा जोड दिए ।

मन्त्री लम्सालले भने, “काम गर्दा श्रद्धा गरेजस्तो मात्रै नहोस्, त्यसको नतिजा प्रष्ट रुपमा  देखिनुप-यो ।” बजेट खर्च गर्नुभन्दा पनि नतिजामुखी काम सम्पन्न भए त्यसको प्रभावकारिता रहने उनको भनाइ थियो । काम गर्ने सिलसिलामा कुनै ऐन, कानूनले रोकेको भए बाधा फुकाएर काम गर्ने सहज वातावरण बनाउन प्रदेश सरकार तयार रहेको मन्त्री लम्सालले बताए ।

उनले वन र उद्योगमा आधारित रोजगारमूलक व्यवसाय प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । तनहुँ र नवलपुरबाहेक अन्य जिल्लामा काठ उत्पादन नबढेकामा चिन्ता व्यक्त गर्दै उहाँले त्यसतर्फ ध्यान केन्द्रित गर्न आग्रह गरे ।

कार्यक्रममा मन्त्रालय मातहतका जिल्ला वन कार्यालय, पर्वत र तनहुँस्थित भू–तथा जलाधार व्यवस्थापन कार्यालय, प्रदेशस्तरीय वन्यजन्तु उद्धार पचभैया प्राणी उद्यानको प्रथम चौमासिक प्रगतिमाथि छलफल हुने मन्त्रालयका सचिव यमप्रसाद पोखरेलले जानकारी दिए ।रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?