नेकपाले काठमाडौंमा विशेष कमिटी बनाउँदै

Abhiyanpost Abhiyanpost
|
शनिबार, मंसिर ८, २०७५
|
|
३९ पटक हेरिएको
Shares
नेकपाले काठमाडौंमा विशेष कमिटी बनाउँदै

सारांश

  • काठमाडौं ।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राजधानी काठमाडौंमा विशेष कमिटी बनाउने भएको छ ।
  • नेकपाको सचिवालय बैठकले राजधानीमा विशेष जिल्ला कमिटी बनाउने निर्णय गरेको हो ।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राजधानी काठमाडौंमा विशेष कमिटी बनाउने भएको छ । नेकपाको सचिवालय बैठकले राजधानीमा विशेष जिल्ला कमिटी बनाउने निर्णय गरेको हो ।

नयाँ बन्ने विशेष जिल्ला कमिटीहरु अबदेखि छुट्टै विशेष प्रदेश कमिटीको हैसियतमा गठन गरी त्यसको मातहतमा परिचालन गर्ने निर्णय बैठकले गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रदेश कमिटीको एकीकरण र गठनको पूर्णताका लागि सुझाव दिन गठित कार्यदलको प्रतिवेदनमाथि छलफल भएको थियो । नेकपाका महासचिव विष्णु पौडेल र नेता रामबहादुर थापा सदस्य रहेको कार्यदलले बैठकमा प्रस्ताव पेश गरेका थिए ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रतिवेदनमाथि छलफल भएको थियो । छलफल र सुझावका आधारमा आवश्यक पुनर्विचार गरी प्रतिवेदन टुंगो लागेको छ । प्रतिवेदन सचिवालयका तर्फबाट स्थायी समितिमा प्रस्तुत गर्ने निर्णय भएको छ । प्रदेश कमिटीको एकीकरण टुंगो लगाएपछि सांठनिक एकीकरण, कार्यविभाजन हुने प्रवक्ता श्रेष्ठले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?