नेपाली भूमिमा गाडिएको सीमास्तम्भ कांग्रेस कार्यकर्ताद्वारा तोडफोड

Abhiyanpost Abhiyanpost
|
आइतबार, चैत्र २, २०७६
|
|
३८ पटक हेरिएको
Shares
नेपाली भूमिमा गाडिएको सीमास्तम्भ कांग्रेस कार्यकर्ताद्वारा तोडफोड

सारांश

  • भीमदत्तनगर।
  • नेपाली भूमिमा नेपाल–भारत सहायक सीमास्तम्भ गाडिएको भन्दै यहाँका नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले शनिबार कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा सीमास्तम्भ तोडफोड गरेका छन्।
  • सशस्त्र प्रहरी बल ३५ नं गणका गणपति शसस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहुले केही दिनअघि मात्रै नेपाल–भारत संयुक्त सर्भे टोलीले बेल्डाँडी गाउँपालिका–३ वैवाहमा सहायक सीमास्तम्भ ७८३/४ निर्माण गरेको जानकारी दिए।

भीमदत्तनगर। नेपाली भूमिमा नेपाल–भारत सहायक सीमास्तम्भ गाडिएको भन्दै यहाँका नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले शनिबार कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा सीमास्तम्भ तोडफोड गरेका छन्।

सशस्त्र प्रहरी बल ३५ नं गणका गणपति शसस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहुले केही दिनअघि मात्रै नेपाल–भारत संयुक्त सर्भे टोलीले बेल्डाँडी गाउँपालिका–३ वैवाहमा सहायक सीमास्तम्भ ७८३/४ निर्माण गरेको जानकारी दिए। “शनिबार काँग्रेस कार्यकर्ताले नेपाली भूमिमा उक्त सीमास्तम्भ गाडिएको भन्दै तोडफोड गरेछन्।” उनले भने, “सो सीमास्तम्भ जोर–बिजोरका आधारमा नेपाली पक्षले नै बिजोर भएकाले निर्माण गरेका थिए।”

गणपति साहुले दक्षिण क्षेत्रमा केही दिनयता सीमा विवादको विषय छलफलको विषय भन्दा सर्भे टोलीलाई काम गर्न पनि असहज भइरहेको बताए। तत्कालीन संविधानसभाका पूर्व सदस्य बहादुरसिंह थापा, दिवान विष्ट र काँग्रेस जिल्ला कार्यसमितिका पदाधीकारी सीमास्तम्भ गाडिएको क्षेत्रमा पुगेका थिए।

केही महिनाअघि सीमावर्ती भारतीय बजार बनबासामा बसेको संयुक्त सीमा सर्भे टोलीले कैलालीको खङ्ग्रौलाबाट कञ्चनपुरको ब्रह्मदेवसम्मको सीमास्तम्भ पुनःनिर्माणदेखि व्यवस्थापन गर्न बैठक डाकेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीका चर्चित दश घोषणा, कहाँ पुग्यो प्रगति ?
प्रधानमन्त्री ओलीका चर्चित दश घोषणा, कहाँ पुग्यो प्रगति ?
प्रेमीकाको श्रीमानलाई मोटरसाइकलसँगै गाडेपछि
प्रेमीकाको श्रीमानलाई मोटरसाइकलसँगै गाडेपछि
ट्रम्पकी सल्लाहकार यौन उत्पीडनमा !
ट्रम्पकी सल्लाहकार यौन उत्पीडनमा !
साढे ५ हजार उखु किसानले पाएनन् सरकारी अनुदानवापतको ६ करोड
साढे ५ हजार उखु किसानले पाएनन् सरकारी अनुदानवापतको ६ करोड
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको शिलान्यास भदौमा
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको शिलान्यास भदौमा
युट्युबर अर्जुन भूषालमार्फत बालक रुदिक परियारका लागि दुई दिनमै झण्डै २८ लाख संकलन
युट्युबर अर्जुन भूषालमार्फत बालक रुदिक परियारका लागि दुई दिनमै झण्डै २८ लाख संकलन
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी कार्कीले सम्हाले जिम्मेवारी
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी कार्कीले सम्हाले जिम्मेवारी
संयुक्त बैठक र संयुक्त समिति नियमावली मस्यौदामा दफाबार छलफल सुरु
संयुक्त बैठक र संयुक्त समिति नियमावली मस्यौदामा दफाबार छलफल सुरु
भोलिदेखि सुरु हुने एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा
भोलिदेखि सुरु हुने एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा
सञ्जय दत्तले सबैलाई बोलाए, सलमानलाई जानाजान छुटाए !
सञ्जय दत्तले सबैलाई बोलाए, सलमानलाई जानाजान छुटाए !