लगातार वर्षाका कारण कालीगण्डकीमा पानीको बहाव बढ्यो !

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण २०, २०७५
|
|
३९ पटक हेरिएको
Shares
लगातार  वर्षाका कारण कालीगण्डकीमा पानीको बहाव बढ्यो !

सारांश

  • पर्वत, २० साउन ।
  • केही दिनदेखि लगातार परेको वर्षाका कारण पर्वत जिल्ला भएर बग्ने कालीगण्डकी नदीमा पानीको बहाव बढेको छ ।
  • कालीगण्डकीको मुहान मुस्ताङको तल्लो भागदेखि म्याग्दी तथा पर्वतको उत्तरी क्षेत्रमा लगातार वर्षा भएकाले पानीको सतह ह्वात्तै बढेको हो ।

पर्वत, २० साउन । केही दिनदेखि लगातार परेको वर्षाका कारण पर्वत जिल्ला भएर बग्ने कालीगण्डकी नदीमा पानीको बहाव बढेको छ । कालीगण्डकीको मुहान मुस्ताङको तल्लो भागदेखि म्याग्दी तथा पर्वतको उत्तरी क्षेत्रमा लगातार वर्षा भएकाले पानीको सतह ह्वात्तै बढेको हो । त्यसले गर्दा नदी आसपास क्षेत्रका बासिन्दा चिन्तित भएका छन् ।

पानीको सतह बढेपछि जिल्ला प्रशासन कार्यालय पर्वतले तटीय, नदी आसपास क्षेत्रमा दाउरा तथा बालुवा संकलन गर्न जानेलाई सचेत रहन आग्रह गरेको छ । पानीको बहाव बढेसँगै मुस्ताङ, म्याग्दी र पर्वतको तटीय क्षेत्र उच्च जोखिममा पर्ने गर्छ । धेरै जोखिममा कालीगण्डकी नदी किनार पर्वतको बारी, बेनी तथा बागलुङको सिमाना मालढुंगाको माझी बस्तीसहित मोदीवेणी, सेतीवेणी र पुर्तिघाट बजार छन् ।

पानीको सतह बढेको बेला नदीबाट काठलगायतका वस्तु निकाल्न किनारमा नजान सचेत गराइएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । तटीय क्षेत्र र नदी आसपासमा देखिएका सर्वसाधारणलाई प्रहरीले सचेत गराएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुस-युक्रेन द्वन्द्व : रुसी भाडाका सैनिकमा भर्ना भएका ९ नेपाली घाइते
रुस-युक्रेन द्वन्द्व : रुसी भाडाका सैनिकमा भर्ना भएका ९ नेपाली घाइते
आजदेखि कामपामा नक्सा स्वीकृत अनलाइन प्रणालीमार्फत
आजदेखि कामपामा नक्सा स्वीकृत अनलाइन प्रणालीमार्फत
हुम्लामा बिमान दुर्घटना, पाइटलसहित सातको अवस्था गम्भीर
हुम्लामा बिमान दुर्घटना, पाइटलसहित सातको अवस्था गम्भीर
आठ परियोजना एकैसाथ अघि बढाउदै गोदावरी नगरपालिका
आठ परियोजना एकैसाथ अघि बढाउदै गोदावरी नगरपालिका
नगरपालिकाद्वारा आठ सेवा निःशुल्क
नगरपालिकाद्वारा आठ सेवा निःशुल्क
कैलालीमा जन्मियो एक टाउको, दुई मेरुदण्ड, चार हात र चार खुट्टा भएकाे शिशु
कैलालीमा जन्मियो एक टाउको, दुई मेरुदण्ड, चार हात र चार खुट्टा भएकाे शिशु
दसैं र तिहारका लागि काठमाडौं प्रहरीको २१ बुदेँ अपिल, पढ्नुहोस्
दसैं र तिहारका लागि काठमाडौं प्रहरीको २१ बुदेँ अपिल, पढ्नुहोस्
अबको प्रधानमन्त्री केपी ओली नै हुन : महेश बस्नेत
अबको प्रधानमन्त्री केपी ओली नै हुन : महेश बस्नेत
ट्रम्पको आक्रोशः उत्तर कोरियामाथि अब एउटै चिजले काम गर्न सक्छ,
ट्रम्पको आक्रोशः उत्तर कोरियामाथि अब एउटै चिजले काम गर्न सक्छ,
राजपा र संघीय फोरमको चेतावनीःआधिकारिक उम्मेदवारलार्य समर्थन गर्न उर्दी ।
राजपा र संघीय फोरमको चेतावनीःआधिकारिक उम्मेदवारलार्य समर्थन गर्न उर्दी ।