रौतहटको यमुनामाइमा मतदान केन्द्र कब्जामा, मतपेटिका लुटपाट

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख ३०, २०७९
|
|
३३ पटक हेरिएको
Shares
रौतहटको यमुनामाइमा मतदान केन्द्र कब्जामा, मतपेटिका लुटपाट

सारांश

  • रौतहटको यमुनामाई गाउँपालिकामा मतपेटिका लुटपाट भएको छ ।
  • मतदानस्थलमा हुलदंगा भइ आक्रोशित भिडले मतदान केन्द्र कब्जामा लिइ मतपेटिका नै लुटपाट गरेका हुन् ।
  • भिडले मतपत्र समेत तोडफोड गरी स्थिति नियन्त्रणबाहिर गएपछि मतदान कार्यलाई स्थगित गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

रौतहटको यमुनामाई गाउँपालिकामा मतपेटिका लुटपाट भएको छ । मतदानस्थलमा हुलदंगा भइ आक्रोशित भिडले मतदान केन्द्र कब्जामा लिइ मतपेटिका नै लुटपाट गरेका हुन् ।

भिडले मतपत्र समेत तोडफोड गरी स्थिति नियन्त्रणबाहिर गएपछि मतदान कार्यलाई स्थगित गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यमुनामाई गाउँपालिका वडा नम्बर १ स्थित चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा नम्बर २ को एक मतदान स्थलबाट मतपेटिका लुटिएको प्रहरीले जनाएको छ ।

यमुनामाईमा जसपा, नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच दिनभर जसो झडप भएको थियो । सो मतदान केन्द्रबाट मटपेटिका लुटपाट गरेर एक समूह दौडिँदै गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?