नेप्सेमा उच्च अङ्कको वृद्धि

Abhiyanpost Abhiyanpost
|
सोमबार, फाल्गुन ५, २०७६
|
|
६० पटक हेरिएको
Shares
नेप्सेमा उच्च अङ्कको वृद्धि

सारांश

  • धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ३४ अङ्कले बढेको छ ।
  • लगातार उकालो लागेको बजारमा आज नेप्सेले नयाँ इतिहास कायम गरेको हो ।
  • नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा ३४.

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ३४ अङ्कले बढेको छ । लगातार उकालो लागेको बजारमा आज नेप्सेले नयाँ इतिहास कायम गरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा ३४.२४ विन्दुले बढेर एक हजार ३९८.२४ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचकसमेत ८.०४ ले वृद्धि भई २९३.८६ मा पुगेको छ । बजार उकालो लाग्ने क्रम बढ्दै जाँदा नेप्सेले एक हजार ४०० को दिशा पक्डेको छ । नेप्सेमा उच्च अङ्कको वृद्धि हुँदा त्यसको प्रभाव कारोवार रकममा परेको छ । आज झण्डै रु दुई अर्ब ७० करोड जतिको कारोवार भएको छ । कूल १७५ कम्पनीका ६४ लाख ७४ हजार ७५० कित्ता शेयर रु दुई अर्ब ६८ करोड ७५ लाख ३३ हजार ४४२ मूल्यमा खरिद–बिक्री भए ।

कारोवार भएका कूल १२ उपसमूहकै शेयर आज उकालो लागेको छ । बैंकिङ ४१.१३, व्यापार ४१.९७, होटल २०.९४, विकास बैंक २७.३, जलविद्युत् ३२.१८, वित्त ९.७९, निर्जीवन बीमा १८१.८२, उत्पादन १०.६५, अन्य ६.२१, लघुवित्त ९.६७, जीवन बीमा ११७.७२ र सामूहिक लगानी कोष ०.१ ले वृद्धि भएको छ ।

नेप्सेका अनुसार आज कारोवारका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु १२ करोड ९४ लाख ९० हजार २३८ मूल्य बराबरको शेयर कारोवार भए । शिखर इन्सुरेन्स कम्पनी रु ११ करोड २१ लाख ९६ हजार ३७३, हिमालयन डिस्टिलरी रु १० करोड २९ लाख ३४ हजार ७८४, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु नौ करोड दुई लाख ९४ हजार ७६६, नेको इन्सुरेन्स रु आठ करोड ९९ लाख ६३ हजार २४३, एनआइसी एशिया बैंक रु आठ करोड ७५ लाख ३३ हजार २९१ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

नेप्सेमा अनुसार ङादी समूह, राष्ट्रिय बीमा कम्पनी पञ्चकन्या माईका शेयरधनीले समान १० प्रतिशतले कमाए । यस्तै राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयर ९.४४, अरुण काबेली पावर ८.५९, सेन्ट्रल फाइनान्स ८.३३, नबिल इक्विटी फन्ड ८.१४ र हिमालयन पावर पार्टनरका शेयरधनीले ७.५३ प्रतिशतले कमाए ।

त्यस्तै नेपाल हाइड्रो डेभलपर्स ५.६३, नाडेप लघुवित्त वित्तीय संस्था ३.१२, नेरुडे लघुवित्त विकास बैंक ३.१०, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था २.७३, सपोर्ट माइक्रोफाइनान्स २.७१ र मेरो माइक्रो फाइनान्सका लगानीकर्ताले २.५९ प्रतिशतले गुमाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजीनामा दिने छानविन समितिका सदस्य केसी पुनः काममा फर्कने गृहमन्त्री बादलकाे भनाई !
राजीनामा दिने छानविन समितिका सदस्य केसी पुनः काममा फर्कने गृहमन्त्री बादलकाे भनाई !
Ishaan and Janhvi’s Dhadak much-awaited song ‘Zingaat’ will make you groove on the dance floor!
Ishaan and Janhvi’s Dhadak much-awaited song ‘Zingaat’ will make you groove on the dance floor!
मंसिर २८ गते शनिबारको राशिफल यस्तो छ
मंसिर २८ गते शनिबारको राशिफल यस्तो छ
देउवाको प्रधानमन्त्रीको प्रस्ताव प्रचन्ड द्वारा ठाडै अस्विकार,
देउवाको प्रधानमन्त्रीको प्रस्ताव प्रचन्ड द्वारा ठाडै अस्विकार,
सुत्केरी अवस्थामा पनि यति हट सुरवीन चावला, भाइरल भयो फोटो
सुत्केरी अवस्थामा पनि यति हट सुरवीन चावला, भाइरल भयो फोटो
कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ
कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक
अम्मरबहादुर थापा, जो वडाध्यक्ष, उपप्रधानपञ्च, सभासद हुँदै प्रदेशसभा सदस्य बने
अम्मरबहादुर थापा, जो वडाध्यक्ष, उपप्रधानपञ्च, सभासद हुँदै प्रदेशसभा सदस्य बने
अमेरिकी राष्ट्रपति ट्रम्प बेलायत भ्रमणमा जाने
अमेरिकी राष्ट्रपति ट्रम्प बेलायत भ्रमणमा जाने
विमलेन्द्र निधि र छवि जोशीले गरे रेष्टुरेन्ट उद्घाटन (हेर्नुहोस् १६ तस्बिरमा)
विमलेन्द्र निधि र छवि जोशीले गरे रेष्टुरेन्ट उद्घाटन (हेर्नुहोस् १६ तस्बिरमा)

तपाईंले छुटाउनुभयो कि?