जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी कार्कीले सम्हाले जिम्मेवारी

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ ५, २०७९
|
|
३८ पटक हेरिएको
Shares
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी कार्कीले सम्हाले जिम्मेवारी

सारांश

  • काठमाडौँ ।
  • जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीले पदभार ग्रहण गर्नुभएको छ ।
  • प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी कार्की २८ पुसमा काठमाडौँ जिल्लाको प्रमुख पदमा सरुवा हुनुभएको थियो।

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीले पदभार ग्रहण गर्नुभएको छ ।प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी कार्की २८ पुसमा काठमाडौँ जिल्लाको प्रमुख पदमा सरुवा हुनुभएको थियो।

प्रहरी प्रधान कार्यालयबाट काठमाडौँ जिल्लाको जिम्मेवारी पाएको ६ दिनपछि एसएसपी कार्कीले बुधवार बिहान टेकुस्थित परिसरको कार्यालय पुगेर पदभार ग्रहण गर्नुभएको हो । कार्यालयमा प्रहरी अधिकारीले कार्कीलाई स्वागत गर्नुभएको थियो ।

पदभार ग्रहण गर्दै एसएसपी कार्कीले अपराध नियन्त्रण, जनताको जिउधनको सुरक्षा आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो । प्रहरी कर्मचारीको मनोबल बढाउने र परिणाममुखी कार्यसम्पादनमा आफू केन्द्रित हुने उहाँको भनाइ थियो ।

बुधवारै एसएसपी कार्कीले कार्यालय मातहत वृत्त, प्रभाग प्रमुखहरूलाई शान्ति सुरक्षासम्बन्धी आवश्यक निर्देशनसमेत दिनुभएको एसपी दिनेश मैनालीले जानकारी दिनुभयो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?