नेपाल अपराजित रहँदै ‘सुपर फोर’मा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २, २०८१
|
|
३६ पटक हेरिएको
Shares
नेपाल अपराजित रहँदै ‘सुपर फोर’मा

सारांश

  • काठमाडाैं।
  • एसिसी यू-१९ महिला एसिया कपमा नेपाल अपराजित रहँदै सुपर फोरमा पुगेको छ।
  • भारतको यू-१९ टोलीसँग निर्धारित खेल वर्षाका कारण रद्द भएपछि अपराजित नेपाल अङ्क तालिकाको शीर्षस्थानमा रहँदै अर्को चरणमा पुगेको हो।

काठमाडाैं। एसिसी यू-१९ महिला एसिया कपमा नेपाल अपराजित रहँदै सुपर फोरमा पुगेको छ। भारतको यू-१९ टोलीसँग निर्धारित खेल वर्षाका कारण रद्द भएपछि अपराजित नेपाल अङ्क तालिकाको शीर्षस्थानमा रहँदै अर्को चरणमा पुगेको हो।

मलेसियाको कोलालाम्पुरमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ९४ रनको समान्य योगफल तयार गरेको थियो।

नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २५ रन जोड्ने बाहेक अन्य ब्याटरले उल्लेख्य रन जोड्न सकेनन्। नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा भारी वर्षा भए पछि भारतले ब्याटिङ गर्न सकेन र खेल रद्द भयो।

पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको नेपालको तीन अङ्क छ ।

समान एक खेल जितेको भारतको पनि तीन अङ्क नै छ । अब नेपालले सुपर फोरमा बिहीवार बिहान श्रीलंकासँग पहिलो खेल खेल्नेछ भने शुक्रवार बंगलादेशसँग दोस्रो खेल खेल्नेछ ।।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?