नेप्से परिसूचकको ओरालो यात्रा जारी

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन २९, २०८०
|
|
४५ पटक हेरिएको
Shares
नेप्से परिसूचकको ओरालो यात्रा जारी

सारांश

  • काठमाडौं ।
  • धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ ।
  • नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलव १६ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५१ मा सीमित भएको छ ।

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलव १६ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५१ मा सीमित भएको छ । 
  
आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ३८ अङ्कले ओरालो लागेर तीन सय ५५ दशमलब ७४ मा सीमित भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहकै शेयर मूल्यमा गिरावट भएको छ । विभिन्न कम्पनीका ४८ लाख ३७ हजार आठ सय ९३ कित्ता शेयर रु एक अर्ब २५ करोड ३२ लाख ९१ हजार ७० मूल्यमा कारोबार भएको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा प्रभु बैंकको संस्थापक शेयर शीर्ष स्थानमा छ । सो बैंकको रु छ करोड २४ लाख ७६ हजार आठ सय ९३ बराबरको कारोबार भयो । हाथवे इन्भेस्टमेन्ट नेपालको रु पाँच करोड २७ लाख दुई हजार सात सय ५९, सिटिजन लाइफ इन्स्योरेन्सको रु तीन करोड ६७ लाख २३ हजार दुई सय ६८, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको रु तीन करोड ५८ लाख २९ हजार पाँच सय ८४ र एनआइसी एशिया बैंकको रु तीन करोड ४३ लाख ३५ हजार छ सय ४१ बराबरको शेयर कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार सिद्धार्थ प्रिमियर इन्स्योरेन्स सात दशमलव ८७, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो सात दशमलव ३१, सुपर मादी हाइड्रोपावर चार दशमलव शुन्य चार, कालीञ्चोक दर्शन लिमिटेड तीन दशमलव ९७ र सनराइज फोकस्ड इक्विटी फण्डका लगानीकर्ताले तीन दशमलव ८५ प्रतिशतले कमाएका छन् ।

यस्तै, सयपत्री हाइड्रोपावर र हाथवे इन्भेस्टको शेयर मूल्यमा १० प्रतिशतले गिरावट हुँदा नकारात्म्क सर्किट लागेको छ । नबिल ब्यालेन्स फण्ड दोस्रो नौ दशमलव ३१, मिड सोलु हाइड्रोपावर नौ दशमव शून्य छ र घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले आठ दशमलव ७७ प्रतिशतले गुमाएका छन् ।

(stocktargetadvisor.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुधारिएको चुलोकाे प्रयाेग बढ्दाे !
सुधारिएको चुलोकाे प्रयाेग बढ्दाे !
अतिविशिष्ट र विशिष्ट व्यक्तिहरु विदेशमा उपचार गर्न गएमा सरकारले खर्च दिँदैन : मन्त्री बस्नेत
अतिविशिष्ट र विशिष्ट व्यक्तिहरु विदेशमा उपचार गर्न गएमा सरकारले खर्च दिँदैन : मन्त्री बस्नेत
बामदेवलाई राष्ट्रियसभामा लाने ओलीको तयारी, पार्टी फुटबाट जोगाएको भन्दै प्रशंशा
एसपीको सरुवाः प्रधानमन्त्री ओलीको गृहजिल्लामा सानुराम, गंगा पर्साबाट सिआइबी (सुचीसहित)
एसपीको सरुवाः प्रधानमन्त्री ओलीको गृहजिल्लामा सानुराम, गंगा पर्साबाट सिआइबी (सुचीसहित)
किन लगाए राजपा नेताले यस्तो  आरोपः उपेन्द्र सरकारसँग पैसा लिएर चुनावमा गएका हुन्…
किन लगाए राजपा नेताले यस्तो आरोपः उपेन्द्र सरकारसँग पैसा लिएर चुनावमा गएका हुन्…
आजको विदेशी मुद्रा विनिमय दर
आजको विदेशी मुद्रा विनिमय दर
सिद्धार्थ मल्होत्रा र परिणिती चोपडाले देसी अन्दाजमा गरे फिल्मको प्रमोसन
सिद्धार्थ मल्होत्रा र परिणिती चोपडाले देसी अन्दाजमा गरे फिल्मको प्रमोसन
सेयर बजारमा उछाल, २६ अंकले बढ्यो नेप्से
सेयर बजारमा उछाल, २६ अंकले बढ्यो नेप्से
अमेरिकी राष्ट्रपतीय चुनावमा रुसको संलग्नता
अमेरिकी राष्ट्रपतीय चुनावमा रुसको संलग्नता
टोखामा काँग्रेस अगाडि
टोखामा काँग्रेस अगाडि