पेट्रोल, डिजेल र ग्यासको मूल्य बढ्यो

Abhiyanpost Abhiyanpost
|
बुधबार, कार्तिक १५, २०७४
|
१
|
४८ पटक हेरिएको
Shares
पेट्रोल, डिजेल र ग्यासको मूल्य बढ्यो

सारांश

  • काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ ।
  • आयल निगमले बुधबार रातको १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोलमा दुई रुपैयाँ, डिजल र मट्टितेलमा एक रुपैयाँ ५० पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ वृद्धि गरेको हो ।
  • निगमका निमित्ति कार्यकारी निर्देशक सुसिल भट्टराईका अनुसार अब उपभोक्ताले प्रतिलिटर पेट्रोल खरिदमा एक सय र डिजल र मट्टितेल खरिदमा ७५ रुपैयाँ ५० पैसा र ग्यासमा प्रतिसिलिन्डर १३ सय ५० तिर्नु पर्ने हुन्छ ।

काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । आयल निगमले बुधबार रातको १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोलमा दुई रुपैयाँ, डिजल र मट्टितेलमा एक रुपैयाँ ५० पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ वृद्धि गरेको हो ।

निगमका निमित्ति कार्यकारी निर्देशक सुसिल भट्टराईका अनुसार अब उपभोक्ताले प्रतिलिटर पेट्रोल खरिदमा एक सय र डिजल र मट्टितेल खरिदमा ७५ रुपैयाँ ५० पैसा र ग्यासमा प्रतिसिलिन्डर १३ सय ५० तिर्नु पर्ने हुन्छ ।

निगमले आइओसीबाट नयाँ आएको मूल्य सूची अनुसार इन्धनको मूल्य समायोजन गरेको जनाएको छ । अहिले अन्तर्राष्ट्रिय बजारमा समेत कच्चा तेलको मूल्य बढिरहेको छ ।

मूल्य समायोजन नगरेको अवस्थामा निगमलाई अबको एक महिनामा २२ करोड घाटा हुने अवस्था आएपछि मुल्य वृद्धि गरेको भट्टराईको भनाइ छ । मूल्य समायोजन पछि निगमलाई अब यो महिना ४ करोड नाफा हुनेछ । अघिल्लो महिना निगमले १६ करोड नाफा गरेको थियो ।

साथै निगमले अबदेखि हवाई इन्धनको मूल्य पनि आइओसीले दिने प्रत्येक महिनाको नयाँ मूल्य सूचि अनुसार समायोजन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Mahendra Pokhrel

    Chunabi kharchha neta haru ko janta haru chuchap tira

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?