प्रकाशमान पार्टी कब्जा गर्ने तयारीमा, गगन थापाले पनि सहयोग गर्ने
सारांश
- काठमाडौं, पुस १० ।
- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका युवा नेताहरुलाई साथ लिएर पार्टीको नेतृत्व खोस्ने तयारी गरेका छन् ।
- नेता सिंहले अहिलेको नेतृत्व कमजोर भएको भन्दै कांग्रेसलाई बलियो बनाउनका लागि आफू अघि सर्न लागेको बताएका छन् ।
काठमाडौं, पुस १० । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका युवा नेताहरुलाई साथ लिएर पार्टीको नेतृत्व खोस्ने तयारी गरेका छन् । नेता सिंहले अहिलेको नेतृत्व कमजोर भएको भन्दै कांग्रेसलाई बलियो बनाउनका लागि आफू अघि सर्न लागेको बताएका छन् ।
कांग्रेसका युवा नेता गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङसहितको समुहलाई साथ लिएर पार्टीको नेतृत्व लिने प्रयास गरेका हुन् । विश्वप्रकाश शर्मा, जीवन परियार लगायतका नेताहरुको साथ लिने प्रयासमा सिंह छन् ।
चुनावमा कांग्रेसको कमजोर नतिजा आएसँगै पार्टी सभापति शेरबहादुर देउवाले राजिनामा दिनुपर्ने बताउँदै आएका सिंहले अब संगठन बनाएर नेतृत्वमाथि हस्तक्षेप गर्न लागेको बताइएको छ ।
नेता दिपक खड्कालाई पनि सिंहले आफ्नो गुटमा ल्याउने प्रयास गरेका थिए । तर खड्का भने महामन्त्री शशांक कोइरालाको पक्षमा देखिएका छन् । कोइरालालाई नै संसदीय दलको नेता र पार्टी सभापति बनाउने पक्षमा खड्का छन् ।
प्रतिक्रिया