स्ववियू को मतपरिणाम सार्वजनिक गर्न विद्यार्थी संगठनहरुबीच होडबाजी
सारांश
- हिजोआज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को मतपरिणाम सार्वजनिक गर्न विद्यार्थी संगठनहरुबीच होडबाजी देखिएको छ ।
- त्रिभुवन विश्वविद्यालयले बुधबार ६० मध्ये २२ आंगिक क्याम्पस र २०० को हाराहारीका सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियू निर्वाचन गराएको थियो ।
- त्रिविले आधिकारिक रुपमा अहिलेसम्म कसले कति स्थानमा चुनाव जित्यो भन्ने विवरण सार्वजनिक नगरेको भएपनि विद्यार्थी संगठनहरुले आफूखुसी चुनावी परिणाम सार्वजनिक गरिरहेका छन् ।
हिजोआज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को मतपरिणाम सार्वजनिक गर्न विद्यार्थी संगठनहरुबीच होडबाजी देखिएको छ ।
त्रिभुवन विश्वविद्यालयले बुधबार ६० मध्ये २२ आंगिक क्याम्पस र २०० को हाराहारीका सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियू निर्वाचन गराएको थियो ।
त्रिविले आधिकारिक रुपमा अहिलेसम्म कसले कति स्थानमा चुनाव जित्यो भन्ने विवरण सार्वजनिक नगरेको भएपनि विद्यार्थी संगठनहरुले आफूखुसी चुनावी परिणाम सार्वजनिक गरिरहेका छन् ।
स्ववियु निर्वाचन हुनुअघि देखिनै सर्वसम्मत रुपमा ‘यति कलेजमा विजयी भइयो’ भन्दै विवरण सार्वजनिक गरेका विद्यार्थी संगठनले निर्वाचनपछि पनि त्यसैगरि विवरण सार्वजनिक गरिरहेका छन् ।
नेविसंघका उपाध्यक्ष पुष्प शाहीले अहिलेसम्म आफ्नो संगठनले देशभरका ९४ क्याम्पसमा जित हासिल गरेको दाबी गरे ।
यस्तै अनेरास्ववियुका सचिव आरसी लामिछानेले आफ्नो संगठनले ९२ स्थानमा जित हासिल गरेको दाबी गर्दै अनेरास्ववियू पहिलो संगठन बन्ने दाबी गरे । यद्यपी अहिलेसम्मको चुनावी परिणाम गर्ने होडबाजीमा अनेरास्ववियू नेविसंघ भन्दा पछि परिसकेको छ ।
माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले पनि चुनावी नतिजा सार्वजनिक गरिरहेको भएपनि उसले आफ्नो संगठनले देशका ४६ क्याम्पसमा मात्रै जित हात पारेको विवरण सार्वजनिक गरेको छ ।
सो संगठनले राजधानीका महत्वपूर्ण भनिने थापाथली, सानोठिमी र पुल्चोक इन्जिनियरिङ क्याम्पसमा समेत जित हात पारेको जनाएको छ ।
अखिल क्रान्तिकारीले अहिलेसम्म राजधानीका तीन महत्वपूर्ण क्याम्पससहित देशका ४६ क्याम्पसमा जित हासिल गरेको बताएका छन् ।
यस्तै राप्रपा र नयाँ शक्तिले पनि क्रमशः २ र १ क्याम्पसमा जित हात पारेको बताइएको छ ।
प्रतिक्रिया