हजार वर्ष पुरानो मन्दिर तर पूजारीविहिन

Abhiyanpost Abhiyanpost
|
मंगलबार, मंसिर १७, २०७६
|
|
४९ पटक हेरिएको
Shares
हजार वर्ष पुरानो मन्दिर तर पूजारीविहिन

सारांश

  • जयबागेश्वरीस्थित नवाली टोलमा रहेको ताम्रेश्वरमा पुजारी छैन ।
  • ११औँ शताब्दीमा पशुपतिनाथजस्तै गरी बनाइएको ताम्रेश्वरमा नित्यपूजाको व्यवस्था अहिलेसम्म हुन सकेको छैन ।
  • पशुपतिनाथ दर्शन गरेर ताम्रेश्वर दर्शन गर्नैपर्ने मान्यता छ ।

जयबागेश्वरीस्थित नवाली टोलमा रहेको ताम्रेश्वरमा पुजारी छैन । ११औँ शताब्दीमा पशुपतिनाथजस्तै गरी बनाइएको ताम्रेश्वरमा नित्यपूजाको व्यवस्था अहिलेसम्म हुन सकेको छैन । पशुपतिनाथ दर्शन गरेर ताम्रेश्वर दर्शन गर्नैपर्ने मान्यता छ ।

काठमाडौँ महानगरपालिका–८ का वडाध्यक्ष दिनेश डङ्गोलका अनुसार उहिल्यैदेखि यहाँ पुजारी छैनन्, जयबागेश्वरीका पुजारीले आफ्नो मन्दिरमा पूजा गरेपछि मात्र ताम्रेश्वरमा गर्नुहुन्थ्यो तर अहिले त्यो पनि हुँदैन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता रमेश डङ्गोलले विश्व सम्पदामा सूचीकृत पशुपति क्षेत्रको ताम्रेश्वर र पशुपति क्षेत्रका सवा चार सय शिवालय तथा एक हजार शिवलिङ्गमा पूजाअर्चना नहुने बताए ।

उनले भने, “ताम्रेश्वरमा मात्र नभएर यो क्षेत्रको सबै देवस्थलमा नित्यपूजा आरती होस् । ” जयबागेश्वरीबाट सिफल आवागमन गर्दा बीचमा पर्ने ताम्रेश्वर सिफलको भण्डारेश्वर हुँदै पशुपति दर्शन गरी फर्कनेले पूजा गर्नैपर्ने मन्दिरमा मान्यता रहेको छ ।

ताम्रेश्वरमा पुजारी नभए पनि स्थानीय युवा क्लबले यहाँ सरसफाइ तथा यो क्षेत्रको व्यवस्थापनमा निकै सहभागिता देखाइरहेको स्थानीय बताउँछन् । नित्यपूजा आरती नहुने शिवालयका रूपमा ताम्रेश्वर चिनिन थालेको छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?