भोटको के कुरा, एकल महिला सुरक्षा भत्ता पनि पाएकी छैनन्

Abhiyanpost Abhiyanpost
|
मंगलबार, मंसिर १२, २०७४
|
|
५५ पटक हेरिएको
Shares
भोटको के कुरा, एकल महिला सुरक्षा भत्ता पनि पाएकी छैनन्

सारांश

  • महोत्तरी ,१२, मंशिर हरिणमरीकी ६० वर्षीया जोगोदेवी चमारले एक पटक पनि भोट हाल्न पाएकी छैनन् ।
  • दलित समुदायकी जोगोदेवीसँग नागरिकता छैन।
  • त्यसैले मतदाता नामावलीमा उनको नाम छैन ।

महोत्तरी ,१२, मंशिर

हरिणमरीकी ६० वर्षीया जोगोदेवी चमारले एक पटक पनि भोट हाल्न पाएकी छैनन् । दलित समुदायकी जोगोदेवीसँग नागरिकता छैन। त्यसैले मतदाता नामावलीमा उनको नाम छैन । नागरिकता बनाउनकै लागि उनी १० वर्ष देखि भौतारिँदै आएकी छन् ।

हरेकजसो चुनावमा भोट माग्ने नेताहरूसँग नागरिकता बनाइदिन उनी गुहार माग्छिन् तर उनको पीरमर्का बुझ्ने कोही भेटिएन। मानसिक सन्तुलन बिग्रेका उनका श्रीमान सत्यनारायण चमार बितेपछि उनलाई झन् समस्या परेको छ। ‘श्रीमानको नागरिकता छैन, त्यसैले मेरो पनि नागरिकता बन्दैन, उनी भन्छिन्, उहाँ मरेर जानुभयो, अब कहाँबाट ल्याउने कागजपत्र ?

१९ वर्षीय अपाङ्ग छोरीको हेरबिचार गर्दै जागोदेवी बनीबुतो गरेर जीवन चलाउँछिन्। ‘नागरिकता नभएर भोट पनि खसाल्न पाएको छैन, चारैतिर चुनावी रौनकले छोएको बेला उनी गहभरी आँसु बनाएर भन्छिन्, न एकल महिला सुरक्षा भता दिन्छन् न त छोरीकै जन्मदर्ता बनेको छ ।

नागरिकता बने समाजिक सुरक्षा भत्ता पाउने आशा त छँदैछ, त्यो भन्दा बढी भोट खसालेर गरिबको पक्षमा काम गर्ने नेता चुन्ने उनको धोको छ।
अन्नपूर्णबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युनाइटेड स्प्रिट्सले सवा तीन करोड पूँजीगत लाभकर तिर्यो, लाभकरपछि मात्रै स्वामित्व परिवर्तन
युनाइटेड स्प्रिट्सले सवा तीन करोड पूँजीगत लाभकर तिर्यो, लाभकरपछि मात्रै स्वामित्व परिवर्तन
मेस्सीले छाडेको पिएसजी फराकिलो अन्तरले पराजित
मेस्सीले छाडेको पिएसजी फराकिलो अन्तरले पराजित
सहकारीमा चोरी गर्ने पक्राउ
सहकारीमा चोरी गर्ने पक्राउ
पाँच प्रदेशका पहाडी भागका केही स्थानमा वर्षाको सम्भावना
उपत्यकामा अब १० वर्षसम्म नयाँ मेडिकल कलेज नखोलिने ! पाँचथर, इलाम, डडेल्धुरा, डोटी र उदयपुरमा सरकारी मेडिकल खोलिने
उपत्यकामा अब १० वर्षसम्म नयाँ मेडिकल कलेज नखोलिने ! पाँचथर, इलाम, डडेल्धुरा, डोटी र उदयपुरमा सरकारी मेडिकल खोलिने
एमसीसीबारे सरकारले तत्काल पत्र लेख्नुपर्छ : नारायणकाजी श्रेष्ठ
एमसीसीबारे सरकारले तत्काल पत्र लेख्नुपर्छ : नारायणकाजी श्रेष्ठ
काठमाडौंको कालोपुलमा युवतीमाथि एसिड प्रहार
काठमाडौंको कालोपुलमा युवतीमाथि एसिड प्रहार
मध्यरातमा राजेश हमालको आयो भिडियो
मध्यरातमा राजेश हमालको आयो भिडियो
ओली र प्रचण्डलाई राजनीतिबाट सन्यास लिन योगेश भट्टराईको सुझाव
ओली र प्रचण्डलाई राजनीतिबाट सन्यास लिन योगेश भट्टराईको सुझाव
राजकुमारको शव बोरामा फेला पर्यो
राजकुमारको शव बोरामा फेला पर्यो

तपाईंले छुटाउनुभयो कि?