वैद्य छोडेर फर्केका बादल र यादवले पाए मन्त्रालयको जिम्मेवारी

Abhiyanpost Abhiyanpost
|
मंगलबार, फाल्गुन १५, २०७४
|
|
५६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १५ फागुन – पार्टी छाडेर केही समय अन्यत्रै लागी फेरि फर्केका माओवादी केन्द्रका रामबहादुर थापा र मातृका यादव मन्त्री हुन सफल भएका छन् ।
  • केपी ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रले पठाएका थापा र यादव कुनै समय पुष्पकमल दाहाल नेतृत्वको मूल पार्टीबाट अलग भएका थिए ।
  • मूल पार्टीमा फर्केको केही समयमै थापाले गृह र यादवले उद्योग मन्त्रालयको जिम्मेवारी पाएका छन्।

काठमाडौं, १५ फागुन – पार्टी छाडेर केही समय अन्यत्रै लागी फेरि फर्केका माओवादी केन्द्रका रामबहादुर थापा र मातृका यादव मन्त्री हुन सफल भएका छन् । केपी ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रले पठाएका थापा र यादव कुनै समय पुष्पकमल दाहाल नेतृत्वको मूल पार्टीबाट अलग भएका थिए । मूल पार्टीमा फर्केको केही समयमै थापाले गृह र यादवले उद्योग मन्त्रालयको जिम्मेवारी पाएका छन्। आजको नागरिक दैनिकमा खबर छ ।

शीतलनिवासस्थित राष्ट्रपति भवनमा विशेष समारोहका बीच राष्ट्रपति विद्या भण्डारीले थापा र यादवलाई विभागीय मन्त्रीको रुपमा सपथ खुवाइसकेकी छन् । दुवैले आआफ्नो मन्त्रालयमा पुगेर कार्यभार पनि समालिसकेका छन् । मूलधारमै ररिहेका वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, अमनलाल मोदी, बिना मगर र पम्फा भुसाल सम्भावित मन्त्रीका रुपमा चर्चामा थिए । तर, उनीहरुलाई थापा र यादवले उछिने।

थापा र यादव यसअघि मन्त्री हुँदा एकएकवटा चर्चित प्रकरणसँग जोडिएका थिए । थापालाई ‘कट्वाल प्रकरण’ तथा यादवलाई ‘शौचालय प्रकरण’ सँग जोडेर हेरिन्छ । ‘कट्वाल प्रकरण’ का कारण तत्कालीन प्रधानमन्त्री दाहालले राजीनामासमेत दिनुपरेको थियो । तत्कालीन रक्षामन्त्री थापा सो प्रकरणको सूत्रधार मानिएका थिए।

थापा तत्कालीन उपाध्यक्ष मोहन वैद्यसँगै २०६९ असार ६ गते माओवादीबाट अलग भएका थिए । वैद्य माओवादीको महासचिव भएर काम गरेका थापा २०७३ वैशाख ६ गते दाहाल नेतृत्वको माओवादीमा फर्केका थिए । थापाले एमाले र माओवादीको गठबन्धन निर्माण भूमिका निर्वाह गरेका थिए । उनी एमालेसँग एकीकरणप्रति सुरुदेखि सकारात्मक रहँदै आएका छन् । पार्टी एकीकरणप्रति नकारात्मक देखिएका वर्षमान पुन पनि गृहमन्त्री हुन इच्छुक थिए।

नवनियुक्त गृहमन्त्री थापाले ‘जनअपेक्षाअनुसार काम गर्ने, गृह प्रशासन सुधार गर्ने र प्रभावकारी बनाउने’ प्रतिबद्धता  जनाएका छन । शान्तिप्रक्रियाका बाँकी कार्यभार पूरा गराउन आफ्नो कार्यकाल महत्वपूर्ण हुने उनको अभिव्यक्तिलाई भने अर्थपूर्ण रुपमा हेरिएको छ । उनी राष्ट्रियसभा सदस्य हुन् ।
नवनियुक्त उद्योगमन्त्री यादव तत्कालीन एमाओवादी पार्टीबाट सबैभन्दा पहिला बाहिरिने नेता हुन् । दाहाल नेतृत्वको सरकारमा वनमन्त्री हुँदा एक अधिकृतलाई शौचालयमा थुनेपछि उनी ‘बर्खास्ती’ मा परे।

त्यसपछि एमाओवादी छाडेर नेकपा माओवादी पुनर्गठन गरेको घोषणा गर्दै उनी त्यसको संयोजकसमेत बने । तर उनी राष्ट्रिय राजनीतिको मूलधारबाट झन्डै ७ वर्ष ओझेलमा परे । उनीसँग रहेका कतिपय नेता दाहाल नेतृत्वकै मूल पार्टीमा फर्केपछि यादव झन्डै एक्लै परे । माओवादी शक्तिबीच २०७३ जेठ ६ गते एकीकरण प्रक्रिया सुरु भएपछि यादव पुरानै घर फर्के । यसअघि संविधानसभा सदस्य तथा मन्त्री हुँदा उनले मातृभाषा (मैथिली) मा सपथ लिएका थिए । उनले सोमबार पनि मैथिली भाषामै सपथ लिए । उनी तेस्रोपटक मन्त्री भएका हुन् । उनी धनुषा–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काङ्ग्रेसले तीन प्रदेशका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने
काङ्ग्रेसले तीन प्रदेशका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने
त्रिकोणात्मक ट्वान्टी-२० क्रिकेटका लागि नेपाली टोलीको घोषणा
त्रिकोणात्मक ट्वान्टी-२० क्रिकेटका लागि नेपाली टोलीको घोषणा
आज उम्मेदवारको विरोधमा उजुरी दिन पाइने
आज उम्मेदवारको विरोधमा उजुरी दिन पाइने
जुम्लामा मतदाता शिक्षा सामग्री लुटियो
जुम्लामा मतदाता शिक्षा सामग्री लुटियो
प्रधानमन्त्री प्रचण्डले आजदेखि भारतको औपचारिक भ्रमण गर्दै उर्जा र व्यापार विषेश प्राथमिकतामा
प्रधानमन्त्री प्रचण्डले आजदेखि भारतको औपचारिक भ्रमण गर्दै उर्जा र व्यापार विषेश प्राथमिकतामा
कांग्रेसद्वारा सांसद भण्डारीको स्वास्थ्यलाभको कामना
कांग्रेसद्वारा सांसद भण्डारीको स्वास्थ्यलाभको कामना
आज शुक्रबार, यस्तो छ तपाईंको राशिफल
आज शुक्रबार, यस्तो छ तपाईंको राशिफल
विश्व बजारको प्रभावले नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट, तोलामा ५ हजार ८०० रुपैयाँले घट्यो
विश्व बजारको प्रभावले नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट, तोलामा ५ हजार ८०० रुपैयाँले घट्यो
सुनचाँदी व्यवसायी द्धारा ३ दिन व्यवसाय बन्द गर्ने निर्णय
सुनचाँदी व्यवसायी द्धारा ३ दिन व्यवसाय बन्द गर्ने निर्णय
करण परियारलाई नेपाल आइडल सिजन ५ को उपाधि
करण परियारलाई नेपाल आइडल सिजन ५ को उपाधि

तपाईंले छुटाउनुभयो कि?