जुम्लामा मतदाता शिक्षा सामग्री लुटियो

Abhiyanpost Abhiyanpost
|
बिहिबार, कार्तिक ३०, २०७४
|
|
५७ पटक हेरिएको
Shares
जुम्लामा मतदाता शिक्षा सामग्री लुटियो

सारांश

  • जुम्ला– जुम्ला सिंजा गाउँपालिका–२ को रनुखानामा मतदाता शिक्षा सामग्री लुटिएको छ ।
  • रोपनी जनजागृति प्रावि मतदान केन्द्रका मतदाताको लागि लिँदै गरेको मतदाता शिक्षा सामग्री अज्ञात समूहले लुटेको हो ।
  • मतदाता शिक्षा स्वयंसेवक जयशंकर चौँलागाई र राधा श्रेष्ठले मतदातालाई मतदानसम्बन्धी जानकारी गराउन जाने क्रममा बीच बटोमा सामग्री लुटिएको उनीहरुले बताएका छन् ।

जुम्ला– जुम्ला सिंजा गाउँपालिका–२ को रनुखानामा मतदाता शिक्षा सामग्री लुटिएको छ । रोपनी जनजागृति प्रावि मतदान केन्द्रका मतदाताको लागि लिँदै गरेको मतदाता शिक्षा सामग्री अज्ञात समूहले लुटेको हो । मतदाता शिक्षा स्वयंसेवक जयशंकर चौँलागाई र राधा श्रेष्ठले मतदातालाई मतदानसम्बन्धी जानकारी गराउन जाने क्रममा बीच बटोमा सामग्री लुटिएको उनीहरुले बताएका छन् ।
मंसिर १० गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको लागि जिल्लाका प्रत्येक मतदान केन्द्रमा मतदाता शिक्षा स्वयं सेवक परिचालन गरिएको छ । निर्वाचन शिक्षा कार्यक्रमको सामग्री लुटिएकोले काम गर्न असहज भइरहेको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । निर्वाचन कार्यालय जुम्लाका सूचना अधिकारी अभिनन्द चौँलागाईले निर्वाचन शिक्षा सामग्री पठाउन लागिएको प्रतिक्रिया दिए ।
मतदातालाई निर्वाचन शिक्षा दिन जानेक्रममा अवरोध सिर्जना भएको प्रतिक्रिया दिएको छ । सामग्री लुटिएको घटनालाई मध्यनजर गरेर थप सुरक्षा कर्मी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी टेक बहादुर बुढ्थापाले जानकारी दिए । उनका  अनुसार वाग्लो प्रहरी परिचालन गरेर मतदातालाई सुरक्षाको अनुभति दिलाउने पहल भइरहेको छ । ‘सिजा क्षेत्रमा  नेपाली सेना परिचालन गरिने छ,’ उनले भने,  ‘जिल्लाको सुरक्षा संवेदनशिलताको आधारमा सुरक्षाकर्मीहरु परिचालन गर्ने कार्य भइरहेको छ । निर्वाचनलाई प्रभावकारी रुपमा सम्पन्न गर्न सुरक्षा सतर्कता बढाइसकिएको छ । ढुक्कसँग मतदातालाई निर्वाचनमा सहभागिता हुन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अाज वैशाख २५ गते: कहाँ के-के घटना घटे ?
अाज वैशाख २५ गते: कहाँ के-के घटना घटे ?
डोनाल्ड ट्रम्प र उहाँका रुसी समकक्षी भ्लादिमीर पुटिनबीच  गोप्य भेटवार्ता भएको खुलासा
डोनाल्ड ट्रम्प र उहाँका रुसी समकक्षी भ्लादिमीर पुटिनबीच गोप्य भेटवार्ता भएको खुलासा
ग्लोबल आइएमई बैंकले सुरु गर्यो भिडियो केवाईसी सेवा
ग्लोबल आइएमई बैंकले सुरु गर्यो भिडियो केवाईसी सेवा
राष्ट्रसंघद्वारा शान्तिसेना परिचालन स्थगित
राष्ट्रसंघद्वारा शान्तिसेना परिचालन स्थगित
महोत्तरी ४ बाट फोरमका सुरेन्द्रकुमार यादव विजयी
महोत्तरी ४ बाट फोरमका सुरेन्द्रकुमार यादव विजयी
त्रिशुलीमा बस खस्दा पाँच यात्रुको मृत्यु, १३ जना घाइते
त्रिशुलीमा बस खस्दा पाँच यात्रुको मृत्यु, १३ जना घाइते
टेकु अस्पताल भन्छ, ‘केही दिनमै डिस्चार्ज हुँदैछन् कोभिड सङ्क्रमित’
टेकु अस्पताल भन्छ, ‘केही दिनमै डिस्चार्ज हुँदैछन् कोभिड सङ्क्रमित’
सुरक्षा गार्ड गुरुङलाई रिहाइ गर्न गृहमन्त्रीको निर्देशन
सुरक्षा गार्ड गुरुङलाई रिहाइ गर्न गृहमन्त्रीको निर्देशन
सर्वोच्चद्वारा हवाई सेवा सुरक्षित बनाउने विषयमा लिखित जवाफ माग
सर्वोच्चद्वारा हवाई सेवा सुरक्षित बनाउने विषयमा लिखित जवाफ माग
वर्ष २०७४ खेलकूद : क्रिकेटमा ऐतिहासिक सफलता, अन्यमा मिश्रित नतिजा
वर्ष २०७४ खेलकूद : क्रिकेटमा ऐतिहासिक सफलता, अन्यमा मिश्रित नतिजा

तपाईंले छुटाउनुभयो कि?