अमेरिका विश्वकपको फाइनलमा, इंग्ल्याण्ड पराजित

Abhiyanpost Abhiyanpost
|
बुधबार, आषाढ १८, २०७६
|
|
५३ पटक हेरिएको
Shares
अमेरिका विश्वकपको फाइनलमा, इंग्ल्याण्ड पराजित

सारांश

  • एजेन्सी ।
  • अमेरिका फ्रान्समा जारी महिला विश्वकप फुटबलको फाईनलमा प्रवेश गरको छ।
  • मंगलबार राति भएको सेमिफाईनल खेलमा ईङ्ल्याण्डलाई २–१ गोलले हराउँदै फाईनलमा प्रवेश गरेको हो।

एजेन्सी । अमेरिका फ्रान्समा जारी महिला विश्वकप फुटबलको फाईनलमा प्रवेश गरको छ। मंगलबार राति भएको सेमिफाईनल खेलमा ईङ्ल्याण्डलाई २–१ गोलले हराउँदै फाईनलमा प्रवेश गरेको हो।

मिल्ली ब्राईट रातो कार्ड खादै मैदान बाहिरिएपछि अन्तिम ४ मिनेट ईङ्ल्याण्ड १० खेलाडीमा सिमित बनेर खेलेको थियो । खेलको १० औ मिनेटमा क्रिस्टिन प्रेसले गोल गर्दै अमेरिकालाई सुरुवाती अग्रता दिलाएकी थिईन् । यस्तै ह्वाईटले १९ औ मिनेटमा ईङल्याण्डका लागि बराबरी गोल फर्काईन् ।

३१ औ मिनेटमा अमेरिकाकी एलेक्स मोर्गानले गोल गर्दै पहिलो पटक फाईनल पुग्ने ईङल्याण्डको सपना टुटाईन् । अमेरिका लगातार तेस्रो पटक विश्वकपको फाईनल पुगेको हो । उसले अब उपाधिका लागि स्विडन वा नेदरल्याण्डबीचको विजेतासंग खेल्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?