सरकारको नीति तथा कार्यक्रम समाजवादोन्मुख

Abhiyanpost Abhiyanpost
|
बिहिबार, जेठ २, २०७६
|
|
६२ पटक हेरिएको
Shares
सरकारको नीति तथा कार्यक्रम समाजवादोन्मुख

सारांश

  • गोरखा, २ जेठ ।
  • नेपाल कम्युनिष्ट पार्टी नेकपाका फ्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले घोषणा गरेको नीति तथा कार्यत्रम सामाजवादोन्मुख भएको बताउनुभएको छ ।
  • नेपाल प्रेस सङ्गठन गोरखाले बुधबार सदरमुकाममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले गएको एक वर्षलाई सरकारले समृद्धिको आधार वर्षका रुपमा लिएको भन्दै त्यो सफल भएको उल्लेख गर्नुभयो ।

गोरखा, २ जेठ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका फ्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले घोषणा गरेको नीति तथा कार्यत्रम सामाजवादोन्मुख भएको बताउनुभएको छ । नेपाल प्रेस सङ्गठन गोरखाले बुधबार सदरमुकाममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले गएको एक वर्षलाई सरकारले समृद्धिको आधार वर्षका रुपमा लिएको भन्दै त्यो सफल भएको उल्लेख गर्नुभयो ।

“भर्खरै सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम समाजवादोन्मुख छ”, उहाँले भन्नुभयो, “अब आउने बजेट पनि समाजवादोन्मुख र समृद्धिको दिशातिर केन्द्रित भएको हुनेछ ।” आउँदो जेठ १५ गते आउने बजेटले नेपाली जनताका तत्कालीन समस्या समाधान गर्ने प्रवक्ता श्रेष्ठले बताउनुभयो । “सरकार पक्ष मात्र होइन, प्रतिपक्षलाई समेत समेट्ने गरी बजेट आउँछ”, उहाँले भन्नुभयो ।

उहाँले नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको वर्तमान सरकार समृद्ध नेपाल निर्माणको अभियानमा जुटेको बताउँदै निर्वाचनका बेला जनतासँग गरेका सबै खालका प्रतिबद्धता नयाँ बजेटमा समावेश गर्ने उल्लेख गर्नुभयो । “हामीले चुनावी घोषणापत्रमा गरेको प्रतिबद्धताअनुसार यो पटक वृद्धभत्ता बढाउने तयारी गरेका छौँ”, प्रवक्ता श्रेष्ठले भन्नुभयो, “बजेटका सैद्धान्तिक पक्षका बारेमा अर्थमन्त्रीले प्रिबजेट छलफलमा सबै कुरा प्रस्तुत गरिसक्नुभएको छ ।”

उहाँले सरकारले ल्याउने बजेट पार्टीको घोषणापत्रलाई केन्द्रविन्दुमा राखेर नै अगाडि बढाउने बताउनुभयो । प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री विदेशबाट फर्केलगत्तै बजेटका विषयमा बृहत् छलफल हुने र त्यसका सैद्धान्तिक पक्ष उत्पादन वृद्धि, समानुपातिक, समावेशी, सामाजिक न्यायसहित नयाँ बजेट आउने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घट्यो सुनको मूल्य
घट्यो सुनको मूल्य
प्रकास लाइ लक्ष्मी ले मोहि नि माग्नी ढुंग्रो नि लुकाउने आरोप लगाउदा के भयो त (हेर्नुश भिडियो )
राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट फाल्गुनन्द जयन्तीको शुभकामना
राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट फाल्गुनन्द जयन्तीको शुभकामना
इजरायल–हमास युद्धमा २४ सयभन्दा बढीको मृत्यु
इजरायल–हमास युद्धमा २४ सयभन्दा बढीको मृत्यु
आज महाशिवरात्रि : यी रुटमा सवारीसाधन प्रवेश निषेध, ५८२ ट्राफिक प्रहरी परिचालन
आज महाशिवरात्रि : यी रुटमा सवारीसाधन प्रवेश निषेध, ५८२ ट्राफिक प्रहरी परिचालन
इरानलाई हराउदै कतार एशियन कपको फाइनलमा
इरानलाई हराउदै कतार एशियन कपको फाइनलमा
मिटरब्याजीविरुद्ध थुप्रै उजुरी
मिटरब्याजीविरुद्ध थुप्रै उजुरी
गृहमन्त्री लामिछानेको मुद्दामा मिसिल झिकाउने आदेश
गृहमन्त्री लामिछानेको मुद्दामा मिसिल झिकाउने आदेश
यी सबै महिलाहरु सँग ट्रम्पको सम्बन्ध रहेको दाबी , यस्तोसम्म भएछ !
यी सबै महिलाहरु सँग ट्रम्पको सम्बन्ध रहेको दाबी , यस्तोसम्म भएछ !
नेपाल भ्रमण वर्ष: बसपार्क नहुँदा सडकबाट पर्यटक ओसार्दै पर्यटकीय बस
नेपाल भ्रमण वर्ष: बसपार्क नहुँदा सडकबाट पर्यटक ओसार्दै पर्यटकीय बस

तपाईंले छुटाउनुभयो कि?