इरानलाई हराउदै कतार एशियन कपको फाइनलमा

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ २५, २०८०
|
|
५३ पटक हेरिएको
Shares
इरानलाई हराउदै कतार एशियन कपको फाइनलमा

सारांश

  • काठमाडौं।
  • आयोजक कतार एशियन कपको फाइनलमा पुगेको छ।
  • बुधबार राति सम्पन्न सेमिफाइनल खेलमा इरानलाई ३-२ गोल अन्तरले पराजित गर्दै कतार फाइनलमा पुगेको हो।

काठमाडौं। आयोजक कतार एशियन कपको फाइनलमा पुगेको छ। बुधबार राति सम्पन्न सेमिफाइनल खेलमा इरानलाई ३-२ गोल अन्तरले पराजित गर्दै कतार फाइनलमा पुगेको हो।

कतारको जितमा जासेम गबेर अब्दुल्सल्लाम, आक्रान अफिफ र अल्मोएज अलिले एक एक गोल गरेका थिए।

त्यसैगरी इरानका लागि सरदार अजमोउन र् अलिरेजा जहाँबख्शले एक एक गोल गरेका थिए। यस खेलमा खेलको ९०औ मिनेटमा इरानका शोजाए खालीलजादेहले रातो कार्ड पाएका थिए।

एशियन कपको डिफेन्डिङ च्याम्पियन समेत रहेको कतारले अब फाइनलमा जोर्डनसँग शनिबार खेल्ने छ। योसँगै तीन पटक एशियन कपको विजेता इरान प्रतियोगिताबाट बाहिरिएको छ।

यस अघि जोर्डनले दक्षिण कोरियालाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?