उपकुलपतिका विषयमा थुप्रै उजुरी परेका छन्, छानबिन हुन्छ : प्रधानमन्त्री ओली

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ २६, २०७५
|
६
|
६१ पटक हेरिएको
Shares
उपकुलपतिका विषयमा थुप्रै उजुरी परेका छन्, छानबिन हुन्छ : प्रधानमन्त्री ओली

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाले सरकारबाट स्विकृति नलिइ विदेश जान लागेकोले उनलाई रोकिएको स्पष्ट पारेका छन् ।
  • संस्कृत विश्वविद्यालयका उपकुलपतिबारे थुप्रै उजुरी परेको बताए ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाले सरकारबाट स्विकृति नलिइ विदेश जान लागेकोले उनलाई रोकिएको स्पष्ट पारेका छन् । संस्कृत विश्वविद्यालयका उपकुलपतिबारे थुप्रै उजुरी परेको बताए । उनका विषयमा परेको उजुरीको निश्पक्ष छानविन हुने प्रधानमन्त्री ओलीको भनाई छ ।

“अहिलेका हल्लाले यो छानविन रोकिदैन” प्रधानमन्त्रीले स्पष्ट पार्दै निर्वाचन आचार संहिता लागू भएपछिका राजनीतिक नियुक्ति मात्रै खारेज गरिएको प्रधानमन्त्रीले स्पष्ट पारे । संस्थाहरुलाई राजनीतिक प्रदुषणबाट मुक्त गर्नका लागि यसो गरिएको प्रधानमन्त्रीले बताए ।

त्यसैगरी प्रधानमन्त्री केपी ओलीले जुम्लामा भोकै सुत्न लगाएर काठमाडौंका सडकमा केही मान्छे कराइ गरेको बताएका छन् । काठमाडौंमा १० बर्ष मेडिकल कलेज खोल्न नपाउने, एउटा विश्व विद्यालयले पाँचवटा भन्दा बढी कलेजलाई सम्बन्धन नदिने जस्ता कुरा व्यवहारिक नभएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

“कुन बिषयमा कति कलेज आवश्यक छ त्यसको अध्ययन गरौं अनि आवश्यकता अनुसार कलेजलाई सम्बन्धन दिऔं” प्रधानमन्त्री ओलीले भने । संसदमा पेश भएको चिकित्सा शिक्षा विधयक सरकारको नीति अनुसारै भएको र सरकारले आफ्ना नीति अनुसारका ऐन ल्याउनुमा अनौठो नभएको बताए ।

नेपाली विद्यार्थीलाई स्वदेशमा पढ्न नदिने, विदेश पठाउनु पर्ने, हजारौं विगाहा जमिन खरिद गरेर, भवन बनाएर चलाएका अस्पतालहरुलाई कलेज बनाउन रोक्न नमिल्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रतिक्रिया

6 कमेन्ट

    Comment Author

    Rajendra Kumar Kc

    Ujuri ta janta ko timro barema pani pareko cha.chanbin hune ki nai.

    Comment Author

    Damodar Dahal

    जमिनदार सामन्ती परिवारमा जन्मे हुर्केको छोरोको कर्तुत बाउलाई सुनायो भने यस्तै प्रकृतिको जवाफ आउँछ ,

    Comment Author

    Raju Kc

    Good

    Comment Author

    Darshan Paudel

    Tapaiko bisayma pani hunu parne ki???

    Comment Author

    Hom Prasai

    P M Ko Bisayema?Ujuri Chhainan?

    Comment Author

    Dansingh Dansingh

    गुड

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 6
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पारस खड्काकाे अर्धशतकीय पारी संगै नेपालले  दियाे नेदरल्याण्ड्सलाई २ सय १७ रनको लक्ष्य
पारस खड्काकाे अर्धशतकीय पारी संगै नेपालले दियाे नेदरल्याण्ड्सलाई २ सय १७ रनको लक्ष्य
सिन्धुपाल्चोकको चुनावी एजेण्डा : पर्यटन विकास
सिन्धुपाल्चोकको चुनावी एजेण्डा : पर्यटन विकास
पूर्वप्रधानमन्त्री राजपाक्षमाथिको यात्रा प्रतिबन्ध हट्यो
पूर्वप्रधानमन्त्री राजपाक्षमाथिको यात्रा प्रतिबन्ध हट्यो
आइसीसी टी-२० : नेपाल र ओमानबीच समूह ‘ए’ को अन्तिम खेल हुँदै
आइसीसी टी-२० : नेपाल र ओमानबीच समूह ‘ए’ को अन्तिम खेल हुँदै
आजको राशिफल 
आजको राशिफल 
तराई÷मधेश द्रुतमार्ग आयोजनाको डिपिआर छिट्टै टुङ्गो लाग्ने
तराई÷मधेश द्रुतमार्ग आयोजनाको डिपिआर छिट्टै टुङ्गो लाग्ने
शहीद स्मारक ‘ए’ डिभिजन फुटबल: उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी र न्यूरोड टिम एनआरटीबीच प्रतिस्पर्धा
शहीद स्मारक ‘ए’ डिभिजन फुटबल: उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी र न्यूरोड टिम एनआरटीबीच प्रतिस्पर्धा
तेस्रो ओएस नेपाल म्यूजिक अवार्डको नोमिनेसनमा परेका श्रष्टालाई प्रमाणपत्र वितरण, ट्याक्सीमाण्डु ट्राभल पार्टनर
तेस्रो ओएस नेपाल म्यूजिक अवार्डको नोमिनेसनमा परेका श्रष्टालाई प्रमाणपत्र वितरण, ट्याक्सीमाण्डु ट्राभल पार्टनर
१० मिनेट ढिलो आउँदा  एकजना ‘जुवाडे’को राष्ट्रियसभा यात्रा रोकियो !
१० मिनेट ढिलो आउँदा एकजना ‘जुवाडे’को राष्ट्रियसभा यात्रा रोकियो !
वनकी चरी भन्दै विपिन कार्की (भिडियो)
वनकी चरी भन्दै विपिन कार्की (भिडियो)

तपाईंले छुटाउनुभयो कि?