प्रथम बुद्धभूमी महोत्सव सुरु
सारांश
- कपिलवस्तु, १२ माघ ।
- कपिलवस्तु बुद्धभूमी नगरपालिका इमिलियामा प्रथम वुद्धभुमी महोत्सव शुक्रवारदेखि सुरु भएको छ ।
- महोत्सवको उद्घाटन गर्दै कपिलवस्तु प्रतिनिधिसभा १ का सांसद चक्रपाणि खनाल बलदेवले कपिलवस्तु जिल्ला एक ऐतिहासिक र पर्यटकीय क्षेत्र रहेको बताए ।
कपिलवस्तु, १२ माघ । कपिलवस्तु बुद्धभूमी नगरपालिका इमिलियामा प्रथम वुद्धभुमी महोत्सव शुक्रवारदेखि सुरु भएको छ । महोत्सवको उद्घाटन गर्दै कपिलवस्तु प्रतिनिधिसभा १ का सांसद चक्रपाणि खनाल बलदेवले कपिलवस्तु जिल्ला एक ऐतिहासिक र पर्यटकीय क्षेत्र रहेको बताए ।
गौतम वुद्धको जन्मस्थल रहेको जिल्लामा रहेका पर्यटकीय स्थलहरुको प्रचारप्रसार नहुँदा ओझेलमा परेको बताए । जिल्लामा खेतीयोग्य जमिन धेरै भएपनि सिचाईको अभावले कृषकहरु मर्कामा परेको उनले बताए ।
जिल्लाका सम्पूर्ण समस्याहरुलाई आफुले नजिकबाटै हेरेको र आफूले चुनावको बेला गरेका प्रतिबद्धता जसरी भएपनि पुरा गर्ने प्रतिबद्धता उनले जनाए । पछिल्लो समयमा मेला महोत्सवले पनि स्थानिय कृषि उपज, व्यापार व्यावसायमा विकास, पर्यटकीय स्थलको प्रर्वद्धन गरिरहेको सन्दर्भमा कपिलवस्तुको वुद्धभूमि स्थानमा पहिलो पटक महोत्सव लगाउने जर्मको गरेकोमा आयोजकलाई धन्यवाद दिए ।
सांसद बलदेवले कपिलवस्तु जिल्लाको विकासको लागि आफूले नयाँ योजना ल्याउने तयारीमा रहेको बलदेवले बताए । जिल्लाका सम्पूर्ण स्थानमा स्थलगत अनुगमन गरेकोले कहा के आवश्यता छ, त्यहिअनुरुप विकासको गतिलाई तिव्रता दिने जिल्लावासीलाई आश्वासन दिए ।
त्यस्तै कार्यक्रममा बोल्दै बुद्धभूमि नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले नगर क्षेत्रको पर्यटकीय विकास, व्यवसायको वृद्धि तथा कृषि उपजहरुको बजारीकरणका लागि महोत्सव गरेको बताए ।
श्रेष्ठले लामो समयदेखि सामाजिक क्षेत्रमा कार्य गर्दै आइरहेको जनआर्दश सामाजिक केन्द्रले यसको अगुवाई गरेकोमा धन्यवाद दिए ।
मेयर श्रेष्ठले बुद्धभूमी क्षेत्रको समग्र आर्थिक,सामाजिक, पर्यटकीय तथा सांस्कृतिक विकासको लागि महोत्सवले टेवा पुर्याउने बताए ।
महोत्सवमा स्थानीय उत्पादन, कला संस्कृति, पर्यटन प्रर्बद्धन, आधुनिक कृषि प्रविधीको प्रस्तुती, अटोमोबाइल्सको प्रर्दशनी, साना उद्यम तथा हस्तकला प्रर्दशनी गरिएको छ । महोत्सवमा १ सय ५० स्टल रहने छन् भने रमाइलोका लागि विभिन्न खेल, डान्स आइडियल तथा राष्ट्रिय तथा स्थानीय कलाकारको दैनिक प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सव माघ २१ गतेसम्म चल्नेछ ।
माधव बेल्वासे
प्रतिक्रिया