प्रधानन्यायाधीश जोशी प्रकरण: संवैधानिक परिषद्को निर्णय उल्टिन सक्छ: सुमनराज प्याकुरेल

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण १५, २०७५
|
२
|
५३ पटक हेरिएको
Shares
प्रधानन्यायाधीश जोशी प्रकरण: संवैधानिक परिषद्को निर्णय उल्टिन सक्छ: सुमनराज प्याकुरेल

सारांश

  • काठमाडौँ,  १५ साउन ।
  •   संसदीय सुनुवाई विशेष समितिका सदस्य एवम् सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुमनराज प्याकुरेलले भोलि बस्ने सुनुवाई समितिको बैठकबाट सर्वसम्मतिमै प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको टुंगो लगाइने बताएका छन् ।
  • ‘हामी समितिमा भएका १५ जनै सदस्यहरुबीच एकरुपता छ ।

काठमाडौँ,  १५ साउन ।  संसदीय सुनुवाई विशेष समितिका सदस्य एवम् सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुमनराज प्याकुरेलले भोलि बस्ने सुनुवाई समितिको बैठकबाट सर्वसम्मतिमै प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको टुंगो लगाइने बताएका छन् ।

‘हामी समितिमा भएका १५ जनै सदस्यहरुबीच एकरुपता छ । समितिमा एकदम हार्दिकता छ । बाहिर चर्चा भएजस्तो हामी विभाजित छैनौँ’, उनले भने । सांसद प्याकुरेलले संविधानले व्यवस्था गरे अनुसार समिति बनेको बनाउँदै संवैधानिक परिषद्लाई सम्मान गरेर निर्णय गरिने जानकारी दिए ।
सांसद प्याकुरेलले पुनरावेदन अदालतको निर्णय सर्वोच्च अदालतले उल्टाउन सक्ने गरेको स्मरण गर्दै उनले सुनुवाइ समितिले संवैधानिक परिषदको निर्णय दुईतिहाइले उल्टाउन सक्ने पनि संकेत गरे ।

‘पुनरावेदनको निर्णय सर्वोच्चले उल्टाए जस्तै संवैधानिक परिषद्को निर्णय संसदीय सुनुवाइ समितिले उल्ट्याउन सक्छ’, उनले भने, ‘संवैधानिक व्यवस्था अनुसार पनि दुईतिहाइ जुटेको अवस्थामा हामी
संवैधानिक समितिको निर्णय उल्ट्याएर नयाँ कदम चाल्न सक्छौँ ।’प्याकुरेलले न्यायिक संस्थाको प्रमुखले संसदलाई दबाब दिन नहुने धारणा राखे । ‘हामीले उहाँलाई कठघरामा होइन, सोफामा राखेर त्यो पनि पत्रकारहरुको अगाडि प्रश्न सोधेका छौं’, उनले भने, ‘उहाँको जवाफ उचित भएन भनेर स्वयम पत्रकारहरुले नै लेख्नुभएको छ । आजको युगको अदालत र संसद भनेको पञ्चायतीजस्तो होइन । कानुनी अक्षरलाई हेरेरमात्रै निर्णय हुँदैन ।’

संविधानको व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई दिएको उनले बताए । ‘सर्वोच्च अदालतका प्रमुखले संविधानको मर्म बुझ्नुपर्छ । संविधानको व्यवस्था बमोजिम बनेको सुुनुवाई समितिबारे पत्रपत्रिकामा जोशीले दिएको अन्र्तवार्ताले समितिको गरिमामाथि प्रश्न उठाएको छ’, उनले भने ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Bhakta Bdr Sodari

    Yo Pani Vastachari Ghus Khaya Jasto xa

    Comment Author

    Keshab Karki

    याे साहस देख्न पाइअाेस । विवादित व्यक्तिमाथि अंकुश लाग्नु पर्छ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेको कारण राजपा सरकारमा सहभागि नहुने संकेत
एमालेको कारण राजपा सरकारमा सहभागि नहुने संकेत
सरकार गठन गर्ने विषयमा विवाद नभएको नेकपा एमालेका नेता नेम्वाङको दाबी
सरकार गठन गर्ने विषयमा विवाद नभएको नेकपा एमालेका नेता नेम्वाङको दाबी
विवेकशील नेपालीले धुर्मुस सुन्तली फाउण्डेसनको पुनर्निर्माणलाई पाँच लाख सहयोग
विवेकशील नेपालीले धुर्मुस सुन्तली फाउण्डेसनको पुनर्निर्माणलाई पाँच लाख सहयोग
चुनावपछि मात्रै पार्टी एकता : अध्यक्ष दाहाल
चुनावपछि मात्रै पार्टी एकता : अध्यक्ष दाहाल
राप्रपाले सरकार छाड्ने , प्रधानन्यायाधीश महाअभियोग प्रकरण !
राप्रपाले सरकार छाड्ने , प्रधानन्यायाधीश महाअभियोग प्रकरण !
देउवा सरकारद्वारा अर्बौ भ्रष्टाचारः अर्थमन्त्री डा. खतिवडा
देउवा सरकारद्वारा अर्बौ भ्रष्टाचारः अर्थमन्त्री डा. खतिवडा
३ दिने आमहड्ताल फिर्ता गर्न मन्त्रीले आन्दोलनकारिलाइ बोलाए
“अध्ययनका लागि दक्षिण कोरिया गएकी कमल गाउँपालिकाकी मनिषा दाहाल सडक दुर्घटनामा परी निधन”
“अध्ययनका लागि दक्षिण कोरिया गएकी कमल गाउँपालिकाकी मनिषा दाहाल सडक दुर्घटनामा परी निधन”
गजल (देशको लागि, मरेर जाने, शहिदलाई सलाम छ)
गजल (देशको लागि, मरेर जाने, शहिदलाई सलाम छ)
मिस एण्ड मिस्टर टुरिजम एण्ड कल्चरको पहिलो अडिसन काठमाडौमा
मिस एण्ड मिस्टर टुरिजम एण्ड कल्चरको पहिलो अडिसन काठमाडौमा

तपाईंले छुटाउनुभयो कि?