फास्ट ट्रयाक सडक आयोजनामा देखिएका समाधानका लागि रक्षामन्त्रीको अग्रसरता

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख १९, २०७५
|
|
८१ पटक हेरिएको
Shares
फास्ट ट्रयाक सडक आयोजनामा देखिएका समाधानका लागि रक्षामन्त्रीको अग्रसरता

सारांश

  • काठमाडौं, १९ बैशाख ।
  • रणनीतिक महत्वको काठमाडौं–तराई÷मधेश फाष्ट ट्रयाक सडक आयोजना कार्यान्वयनका क्रममा देखिएका समस्याहरू र तिनको समाधानका उपायबारे रक्षामन्त्री ईश्वर पोखरेलले अग्रसरता लिएका छन् ।
  • आज आफ्नै मन्त्रालयमा आयोजनासँग सम्बन्धित अन्तर–मन्त्रालयका सरोकारवाला उच्च पदाधिकारीहरूसँग छलफल गर्दै मन्त्री पोखरेलले राष्ट्रिय गौरवका आयोजना निर्माणमा नीतिगत र कानुनी जटिलता अन्त्य गर्न छिट्टै ‘सनसेट ल’ लागू गरेर अघि बढ्न निर्देशन दिए ।

काठमाडौं, १९ बैशाख । रणनीतिक महत्वको काठमाडौं–तराई÷मधेश फाष्ट ट्रयाक सडक आयोजना कार्यान्वयनका क्रममा देखिएका समस्याहरू र तिनको समाधानका उपायबारे रक्षामन्त्री ईश्वर पोखरेलले अग्रसरता लिएका छन् ।

आज आफ्नै मन्त्रालयमा आयोजनासँग सम्बन्धित अन्तर–मन्त्रालयका सरोकारवाला उच्च पदाधिकारीहरूसँग छलफल गर्दै मन्त्री पोखरेलले राष्ट्रिय गौरवका आयोजना निर्माणमा नीतिगत र कानुनी जटिलता अन्त्य गर्न छिट्टै ‘सनसेट ल’ लागू गरेर अघि बढ्न निर्देशन दिए ।

राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाको कामलाई तीब्र गतिका साथ अघि बढाउन मन्त्री पोखरेलले पछिल्लो समय पहलकदमी लिदैं आएका छन् । मुलुकको समृद्धिसँग जोडिएको सो आयोजनासँग सरोकारवाला र सम्बन्धित ९ ओटा मन्त्रालयका सचिव तथा सहसचिवहरूलाई मन्त्रालयमै बोलाई मन्त्री पोखरेलले कानुनी जटिलतालाई फुकाएर तीब्र गतिका साथ काम गर्ने निर्देशन दिए ।

“आयोजना निर्माणमा अन्तरमन्त्रालयगत कानुनी, नीतिगत र प्राविधिक जटिलताहरु देखा परेका छन्, त्यसैले समस्या के रहेछन् भनेर पत्ता लगाउन र समाधानको उपाय खोज्न तपाईहरु सबैलाई निम्त्याइएको हो”, मन्त्री पोखरेलले भने, “यस आयोजना समयमै सम्पन्न गर्न हामी रक्षा मन्त्रालयबाट समन्वय गर्छौ । आज समस्याको बारेमा विहंगम भएर कुरा आयो । अब ठ्याक्कै विषयसँग केन्द्रीत भएर अर्केपटक कुरा गर्छौ ।”

ललितपुरको खोकनाबाट सूरु भएर बाराको निजगढसम्म ७६ दशमलव २ किमी हुने दक्षिण एशियालीस्तरको उक्त आयोजनामा देखापरेका समस्याबारे नेपाली सेनाले मन्त्रालयका उच्च पदाधिकारीलाई अवगत गराएको थियो । छलफलमा विद्युत, टेलिफोन, जग्गा अधिकरण र मुआब्जा, खोकना क्षेत्रमा पर्ने पुरातात्विक र साँस्कृतिक महत्वका क्षेत्रलाई बचाउने विषयमा अन्तरमन्त्रालयगत सहयोग र समन्वयबारे कुरा भएको थियो ।

जनतालाई मर्का नपार्ने गरी जग्गा अधिकरण र बसोवासको मुआब्जा दिने गरी काम अघि बढाउन मन्त्री पोखरेलले निर्देशन दिए । “मुआव्जामा उदारता र साँस्कृतिक सम्पदाको अधिकतम रक्षा गर्दै स्थानीय जनप्रतिनिधिहरुसँग समन्वय गरेर अघि बढ्नु उचित हुन्छ”, छलफलमा मन्त्री पोखरेलले भने ।

कान्तिपथ र द्रुतमार्गमा पर्ने सडक क्षेत्र एकै ठाउँ पर्ने स्थानमा प्राविधिक रुपमा छुट्याएर लैजानेबारे पनि छलफल भएको थियो । छलफलमा गृह, राजश्व, सञ्चार, वन, भौतिक पूर्वाधार, पर्यटन, उर्जा र कृषि मन्त्रालयका सचिव र सहसचिवको उपस्थिति थियो । छलफलमा आयोजना प्रमुख तथा नेपाली सेनाका उपरथी योगेन्द्रबहादुर खाँडलगायतका अधिकारीहरुको सहभागिता थियो । गृहसचिव प्रेमकुमार राईले फास्ट ट्रयाक विशेष प्रकारको आयोजनाले साङ्गोपाङ्गो रुपमा अघि बढाउन ‘सनसेट ल’ तत्कालै ल्याएर समस्या समाधानतर्फ तत्काल अघि बढ्नुपर्ने धारणा राख्नुभयो । स्थायी बेसक्याम्पमा सञ्चार सुविधाको सहज उपलब्धताका निम्ति वाइरलेस टेलिफोन र इन्टरनेट सेवा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । अन्य मन्त्रालयका पदाधिकारीले पनि आ–आफ्नो क्षेत्रका समस्या समाधानका निम्ति अग्ररता लिने बताएका थिए ।

सेनाले हालसम्म आठ स्थानमा स्थायी बेसक्याम्पस निर्माण गरेर रुख छपान र कटान, सडक निर्माण, सर्भिस ट्रयाक निर्माण, स्थानीयवासीलाई क्षतिपूर्ति र राहत वितरण तथा अन्य सामाजिक कार्य शुरु गरिसकेको छ ।

छलफलमा प्राविधिक विषयमा भौतिक पूर्वाधार मन्त्रायलले अध्ययन गरेर राय सुझाव दिने बारेमा छलफल भएको थियो । निर्माण सामग्रीको सरल उपलब्धताका निम्ति सम्वन्धीत मन्त्रालयको नेतृत्वले जिम्मा लिनेबारे कुरा भएको रक्षा सचिव विष्णुप्रसाद लम्सालले जानकारी दिए ।

(Phentermine)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भगवान बुद्धको मूर्तीमा बसेपछि आयुष्मान खुरानाकी श्रीमती भएकी थिइन् ट्रोल, मागिन् माफी !
भगवान बुद्धको मूर्तीमा बसेपछि आयुष्मान खुरानाकी श्रीमती भएकी थिइन् ट्रोल, मागिन् माफी !
​अर्थमन्त्रालय बाटै प्रतिवेदन चोरि भयो !
​अर्थमन्त्रालय बाटै प्रतिवेदन चोरि भयो !
प्रधानमन्त्री ओली जंगबहादुर र हिटलर बन्ने प्रवृत्तितर्फ उन्मुखः केसी
प्रधानमन्त्री ओली जंगबहादुर र हिटलर बन्ने प्रवृत्तितर्फ उन्मुखः केसी
हेर्नुहोस् सिन्धुपाल्चोकको मतगणनाको तयारी , उमेदवारका प्रतिनिधिले मतपत्र र चिह्न देख्न सक्छन्, छुन सक्दैनन्
हेर्नुहोस् सिन्धुपाल्चोकको मतगणनाको तयारी , उमेदवारका प्रतिनिधिले मतपत्र र चिह्न देख्न सक्छन्, छुन सक्दैनन्
किर्तिपुरमा पर्यटक प्रवद्र्धन गर्न योजनाबद्ध प्रयासको खाँचाे
किर्तिपुरमा पर्यटक प्रवद्र्धन गर्न योजनाबद्ध प्रयासको खाँचाे
खुर्पा प्रहारबाट श्रीमान्‌को मृत्यु
खुर्पा प्रहारबाट श्रीमान्‌को मृत्यु
समय बुझ्न नसक्दा पराजय:चन्द्र भण्डारी कांग्रेस केन्द्रीय सदस्य
समय बुझ्न नसक्दा पराजय:चन्द्र भण्डारी कांग्रेस केन्द्रीय सदस्य
काँग्रेसबाट मन्त्री बनेकाहरुलाई जिम्मेवारी तोकियो, कसलाई कुन मन्त्रालय हेर्नुहोस
काँग्रेसबाट मन्त्री बनेकाहरुलाई जिम्मेवारी तोकियो, कसलाई कुन मन्त्रालय हेर्नुहोस
मौलिक हक सहितका विधेयक संसदमा पेश हुँदै
मौलिक हक सहितका विधेयक संसदमा पेश हुँदै
कानुन व्यवसायी आज नेतृत्व चुन्दै
कानुन व्यवसायी आज नेतृत्व चुन्दै

तपाईंले छुटाउनुभयो कि?