बिदा पुनरावलोकन गरिदिन आदिवासीको माग

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख २०, २०७५
|
१
|
५२ पटक हेरिएको
Shares
बिदा पुनरावलोकन गरिदिन आदिवासीको माग

सारांश

  • काठमाडौँ, २० वैशाख,नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आदिवासी जनजाति महासंघसँग आबद्ध प्रतिनिधिले सरकारले हटाएका पर्वका बिदा पुनरावलोकनको पहल गरिदिन माग गरेका छन् ।
  • अध्यक्ष दाहालको निवास खुमलटारमा आज बिहान भेट गर्दै उनीहरुले सांस्कृतिक पर्वहरुमा पाउँदै आएको बिदा कटौती भएको भन्दै पुनरावलोकनको माग गरेका हुन् ।
  • अध्यक्ष दाहालले सम्बद्ध समुदायसँग छलफल गरेर बिदा कटौती गर्न सकिएको भए राम्रो हुने भन्दै पुनरावलोकनका लागि पहल गर्ने बताउनु भएको थियो ।

काठमाडौँ, २० वैशाख,नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आदिवासी जनजाति महासंघसँग आबद्ध प्रतिनिधिले सरकारले हटाएका पर्वका बिदा पुनरावलोकनको पहल गरिदिन माग गरेका छन् ।

अध्यक्ष दाहालको निवास खुमलटारमा आज बिहान भेट गर्दै उनीहरुले सांस्कृतिक पर्वहरुमा पाउँदै आएको बिदा कटौती भएको भन्दै पुनरावलोकनको माग गरेका हुन् ।

अध्यक्ष दाहालले सम्बद्ध समुदायसँग छलफल गरेर बिदा कटौती गर्न सकिएको भए राम्रो हुने भन्दै पुनरावलोकनका लागि पहल गर्ने बताउनु भएको थियो । उहाँले धेरै बिदा भएको भन्ने चर्चा भइरहँदा सरकारले बिदा घटाउने प्रयास गरेको हुनसक्ने बताउनु हुँदै सम्बन्धित समुदायसँग छलफल नगर्दा समस्या भएको बताउनुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेर बिदाका बारेमा टुंगो लगाउने बताउनुभएको भेटमा सहभागी आदिवासी जनजाति नेता परशुराम तामाङले जानकारी दिनुभयो । अध्यक्ष दाहालले आदिवासी जनजातिका मुद्दा माओवादी आन्दोलनसँग पनि जोडिएको विषय भएको भन्दै यसमा आफ्नो सकारात्मक सहयोग हुने विश्वास दिलाउनुभयो ।

भेटमा सहभागी आदिवासी जनजातिका प्रतिनिधिले पर्व बिदा आदिवासी जनजातिको आन्दोलनको उपलब्धि भएको भन्दै सरकारले कुनै सरसल्लाह बिना नै बिदा कटौती गरेको गुनासो गरेका थिए ।

त्यसैगरी आदिवासी जनजाति उत्थान प्रतिष्ठानलाई निष्क्रिय बनाएको, गुम्बा विकासमा बजेट नदिएको, दुर्गम क्षेत्र विकास समितिलाई खारेजीको प्रक्रियामा लगेको, प्रदेशको नामाङ्कनमा पहिचान छुटाएको लगायतका गुनासो अध्यक्ष दाहालसमक्ष राखेको तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Justin Biral

    ? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє⛄ ℓιfє? уσυ? ℓσνє

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्व खाद्य कार्यक्रमको कार्यालय खोली ठगी, दुई पक्राउ, तीन फरार
विश्व खाद्य कार्यक्रमको कार्यालय खोली ठगी, दुई पक्राउ, तीन फरार
हात्तीको आक्रमणमा परी एकको मृत्यु
हात्तीको आक्रमणमा परी एकको मृत्यु
एमालेले राख्यो नागरिकता विधेयकमा मतदान गर्न माग
एमालेले राख्यो नागरिकता विधेयकमा मतदान गर्न माग
न्युजिल्याण्डको डेरी फर्मलाई साढे दुई लाख डलरभन्दा बढी जरिवाना
न्युजिल्याण्डको डेरी फर्मलाई साढे दुई लाख डलरभन्दा बढी जरिवाना
दाङमा हावाबाट बिजुली निकालिने
दाङमा हावाबाट बिजुली निकालिने
त्रिभुवन विश्वविद्यालय गैरशैक्षिक संस्थाले घेरिँदै
त्रिभुवन विश्वविद्यालय गैरशैक्षिक संस्थाले घेरिँदै
निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा निशाना सोझियो यता
निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा निशाना सोझियो यता
अयोग्य लडाकुलाई रकम वितरण गर्ने निर्णय खारेज गर्न माग
अयोग्य लडाकुलाई रकम वितरण गर्ने निर्णय खारेज गर्न माग
प्राकृतिक विपद् एवम् दुर्घटनाका समयमा स्काउटले निर्वाह गरेकोे भूमिका प्रशंसनीय: पूर्वराष्ट्रपति भण्डारी
प्राकृतिक विपद् एवम् दुर्घटनाका समयमा स्काउटले निर्वाह गरेकोे भूमिका प्रशंसनीय: पूर्वराष्ट्रपति भण्डारी
बामदेवले आफूसहित प्रचण्ड, माधव र झलनाथको समुह मजबुत रहेको भनेपछि
बामदेवले आफूसहित प्रचण्ड, माधव र झलनाथको समुह मजबुत रहेको भनेपछि

तपाईंले छुटाउनुभयो कि?