भाजपाले कटायो तीन सय सिट, मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने पक्का

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ १०, २०७६
|
|
४३ पटक हेरिएको
Shares
भाजपाले कटायो तीन सय सिट, मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने पक्का

सारांश

  • नयाँ दिल्ली, १० जेष्ठ ।
  • भारतमा १७ ‍औं लोकसभा चुनावको अन्तिम परिणाम सार्वजनिक भएको छ।
  • अन्तिम मत परिणामअनुसार सत्तारूढ भारतीय जनता पार्टी एक्लैले तीन सय बढी सिटमा जित हात पारेको छ।

नयाँ दिल्ली, १० जेष्ठ । भारतमा १७ ‍औं लोकसभा चुनावको अन्तिम परिणाम सार्वजनिक भएको छ। अन्तिम मत परिणामअनुसार सत्तारूढ भारतीय जनता पार्टी एक्लैले तीन सय बढी सिटमा जित हात पारेको छ। भाजपाले तीन सय ३ सिट जितेको छ। यो सन् २०१४ भन्दा २१ सिट बढी हो।

पाँच वर्षअघि भाजपाले २ सय ८२ सिट जितेको थियो। भाजपाको मत बढेसँगै उसको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनको सिट पनि पहिलाभन्दा बढेको छ। पाँच वर्षअघि एनडिएले ३ सय ३६ सिट पाएको थियो यसपालि १४ सिट बढाएर ३ सय ५० पुर्‍याएको छ।

प्रमुख प्रतिपक्षी भारतीय कंग्रेसले पनि पहिलाभन्दा केही सिट बढाएको छ। पाँच वर्षअघि ४४ सिटमा खुम्चिएको कंग्रेस यसपालि छ सिट बढाएर ५२ पुर्‍याएको छ भने उसको गठबन्धन युपिएले ८५ सिट जितेको छ। सन् २०१४ मा युपिए गठबन्धनको ६० सिटमात्र थियो।

लोकसभामा अरू क्षेत्रीय दल र साना पार्टीले १०७ सिटमा जित हात पारेका छन्। यो जितसँगै नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने पक्का भएको छ। एजेन्सीको सहयोगमा 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन आउन ३८ दिन बाँकी: समस्या सुल्झाउन आयोगको संयुक्त संयन्त्र तयार
निर्वाचन आउन ३८ दिन बाँकी: समस्या सुल्झाउन आयोगको संयुक्त संयन्त्र तयार
ठूला दलको सिण्डिकेट तोड्नुपर्छः राजेन्द्र लिङ्देन
मतदातालाई आफ्नो पक्षमा पार्न दलहरु सक्रिय,
मतदातालाई आफ्नो पक्षमा पार्न दलहरु सक्रिय,
सेतीमा बगेर १३ वर्षीय बालक बेपत्ता, एक महिनामा पाँच जनाको ज्यान गयो
सेतीमा बगेर १३ वर्षीय बालक बेपत्ता, एक महिनामा पाँच जनाको ज्यान गयो
हेर्नुहोस राष्ट्रिय प्रजातन्त्र पर्टिको घोषणापत्र ” राजतन्त्र र हिन्दुराष्ट्र फर्काउने “(४० बुँदे संकल्पसहित)
हेर्नुहोस राष्ट्रिय प्रजातन्त्र पर्टिको घोषणापत्र ” राजतन्त्र र हिन्दुराष्ट्र फर्काउने “(४० बुँदे संकल्पसहित)
नेपाली वायुसेवामाथि युरोपको प्रतिबन्ध अझै हटेन
नेपाली वायुसेवामाथि युरोपको प्रतिबन्ध अझै हटेन
कम्युनिस्टले बहुमत पाए फेरि चुनाव नै हुँदैन – प्रधानमन्त्री देउवा
कम्युनिस्टले बहुमत पाए फेरि चुनाव नै हुँदैन – प्रधानमन्त्री देउवा
सर्लाही–४ का वाम उम्मेदवारको उम्मेदवारी खारेज
सर्लाही–४ का वाम उम्मेदवारको उम्मेदवारी खारेज
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
प्राईम टेलिभिजनको प्रसारणमा रोक !
प्राईम टेलिभिजनको प्रसारणमा रोक !

तपाईंले छुटाउनुभयो कि?