भोलिबाट चार दिन विद्यालय बन्द

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १६, २०७७
|
|
३६ पटक हेरिएको
Shares
भोलिबाट चार दिन विद्यालय बन्द

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

भोलिबाट चार दिनसम्म विद्यालयहरु बन्द हुने भएका छन् । वायु प्रदूषणका कारण भोलिबाट चार दिनसम्म विद्यालय बन्द गर्ने सरकारले निर्णय गरेको हो ।

शिक्षा मन्त्रालयले मन्त्रिस्तरीय बैठकबाट यस्तो निर्णय भएको पुष्टि गरेको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरी निर्णय लिएको बुझिएको छ । ओलीले वायु प्रदूषणबाट स्वास्थ्य प्रतिकूलताबारे चासो राखेका थिए ।

सरकारको यो निर्णयसँगै यो हप्ता विद्यालयहरु नखुल्ने भएका छन् । विद्यालयमा अध्ययनरत विद्यार्थीहरु वायु प्रदूषणका कारण विरामी परेपछि बन्द गर्ने दबाब परेको थियो । विशेषगरी बालबालिकाहरु प्रदूषणका कारण विरामी पर्न थालेका छन् ।बलबालिकामा रुघाखोकीको समस्या बढी देखिएको छ । अस्पतालहरुमा बालबालिकाको चाप बढेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?