६४ औँ प्रहरी दिवसः अपराधको निष्पक्ष अनुसन्धान गर्न प्रहरीलाई प्रमको अनुरोध

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आश्विन २४, २०७६
|
|
५२ पटक हेरिएको
Shares
६४ औँ प्रहरी दिवसः अपराधको निष्पक्ष अनुसन्धान गर्न प्रहरीलाई प्रमको अनुरोध

सारांश

  • ६४ औँ प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अपराध अनुसन्धानका लागि कुन पार्टी सरकारमा छ भनेर प्रहरीले विचार गर्न नहुने बताए ।
  • कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कुन पार्टी सरकारमा छ र कुन व्यक्तिले अपराध गर्यो भनेर लेखाजोखा नगरी अपराधको निष्पक्ष अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरे ।
  • गृहमन्त्री रामबहादुर थापा बादलले महिला हिंसाविरुद्ध सून्य सहनशीलता अपनाइने बताएका छन् ।

६४ औँ प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अपराध अनुसन्धानका लागि कुन पार्टी सरकारमा छ भनेर प्रहरीले विचार गर्न नहुने बताए । कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कुन पार्टी सरकारमा छ र कुन व्यक्तिले अपराध गर्यो भनेर लेखाजोखा नगरी अपराधको निष्पक्ष अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरे ।

गृहमन्त्री रामबहादुर थापा बादलले महिला हिंसाविरुद्ध सून्य सहनशीलता अपनाइने बताएका छन् । उनले महिलामाथि हुने हिंसामाथि कडा रुपमा प्रस्तुत हुन निर्देशन दिए । ‘महिला हिंसाविरुद्ध सून्य सहनशीलता अपनाइएको छ,’ गृहमन्त्री बादलले भने, ‘यस्ता अपराध गर्ने कदापि क्षम्य हुन्न र कारबाहीमा कुनै हिचकिचाहट हुनुहुँदैन ।’

महिलामाथि जर्बजस्ती अभियोगमा निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेको अवस्थामा महिला हिंसाको विषय उल्लेख गर्दै गृहमन्त्रीबाट पछिल्लो भनाई आएको हो । उनले महरा प्रकरणमा कारबाहीको निर्देशन दिएको बुझिएको छ ।

कार्यक्रममा बादलले प्रहरीको विकल्प नहुने बताए । जतिसुकै आलोचना गरिएपनि प्रहरी आम नागरिकका लागि आवश्यक रहेको बताए । उनले भने, ‘बाटोमा चेकजाँच गर्दा रिसाउने मान्छे घरमा ताल्चा फुटेको देखेपछि प्रहरी सम्झन्छ ।’

प्रहरी समाजको उपज भएकाले काम, कर्तव्य र शैली समाज प्रतिबिम्बित हुने बताए । प्रहरीभित्र सुधारको सम्भावना रहेको भन्दै अझ काम प्रभावकारी बनाउन सुझाव दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुलुकको मुख्य मुद्दा शान्ति, सुशासन र समृद्धि : प्रचण्ड
मुलुकको मुख्य मुद्दा शान्ति, सुशासन र समृद्धि : प्रचण्ड
महोत्तरीमा २० भन्दा बढी बस्ती आगलागीको उच्च जोखिममा
महोत्तरीमा २० भन्दा बढी बस्ती आगलागीको उच्च जोखिममा
प्रहरीकी जागिरे पूर्वप्रेमिकाको हत्या गरी आत्महत्या गर्ने यी प्रहरी
प्रहरीकी जागिरे पूर्वप्रेमिकाको हत्या गरी आत्महत्या गर्ने यी प्रहरी
प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु
प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु
भट्टराई कूलवंश प्रतिष्ठानमा तेजकुमार
भट्टराई कूलवंश प्रतिष्ठानमा तेजकुमार
दार्चुलामा बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो
दार्चुलामा बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो
पीडित सास्तीमै, राहत रकम फ्रिज
पीडित सास्तीमै, राहत रकम फ्रिज
सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
आईएनजीओको पाहुनालाइ रक्षामन्त्रीकाे स्वागत !
आईएनजीओको पाहुनालाइ रक्षामन्त्रीकाे स्वागत !
नक्कली फेसबुक आईडी बनाएर महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ, अनुसन्धान गर्न ७ दिनको म्याद थप
नक्कली फेसबुक आईडी बनाएर महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ, अनुसन्धान गर्न ७ दिनको म्याद थप

तपाईंले छुटाउनुभयो कि?