मन्त्रीसँगको फोटो देखाउँदै ठगि गर्ने यि हुन हाइप्रोफाईल ठग !

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ ११, २०७५
|
|
३५ पटक हेरिएको
Shares
मन्त्रीसँगको फोटो देखाउँदै  ठगि गर्ने यि हुन हाइप्रोफाईल ठग !

सारांश

  • काठमाडौं,  ११ जेठ ।
  •   तत्कालिन एमालेकै नेताहरुसँगको फोटो सामाजिक संजाल र अन्य माध्यमबाट सार्वजनिक गर्दै विदेशमा बसेर नेपालको पावर एक्सरसाइज गर्नेहरुको संख्या दिनानुदिन बढ्दो छ ।
  • विदेशमा बसेर राजदुत बनाइदिने देखी अन्य नियुक्तीमा समेत कुरा मिलाईदिई जागीर लगाईदिनेभन्दै विचौलीयाहरुको हर्कत बढेको हो ।

काठमाडौं,  ११ जेठ ।  तत्कालिन एमालेकै नेताहरुसँगको फोटो सामाजिक संजाल र अन्य माध्यमबाट सार्वजनिक गर्दै विदेशमा बसेर नेपालको पावर एक्सरसाइज गर्नेहरुको संख्या दिनानुदिन बढ्दो छ ।

विदेशमा बसेर राजदुत बनाइदिने देखी अन्य नियुक्तीमा समेत कुरा मिलाईदिई जागीर लगाईदिनेभन्दै विचौलीयाहरुको हर्कत बढेको हो । नयाँ सरकार गठन भएपछि यस्ता धन्देवालाहरु एक्कासी बढेकाछन् । यस्तैअबैध कार्यगर्दै आएका मध्ये एमालेका नेता र मन्त्रीको नाम लिदै ठगीधन्धा चलाउदै आएका व्यक्ति हुन हरि भट्टराई ।

कुनै समय नेपालमा म्यानवपावरको धन्दामा सक्रिय रहेका भट्टराई यती बेला मलेसियामा बसेर राजदुत बनाईदिने छु भन्दै ठगी गर्दै आएका छन् । पोताला ओभरसिजका प्रबन्ध निर्देशक समेत रहेका भट्टराई कुनै समय लोकमान सिंह कार्की देखी पूर्वमन्त्री टेकबहादुर गुरुङसम्मलाई मलेसियाबाट सिधै फोन सम्पर्क गरेर आफ्ना काम गराउन सफल थिएको भन्दै अहिले पनि सोही अबैधधन्धामा सक्रिय हुँदै आएका छन् ।

तिनै भट्टराई अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको घरसम्म पनि आफनो पहुँच भएको बताउदै आएका छन् । उनले परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली पनि आफनो नजिकको सम्बन्ध भएको ब्यक्ति भन्दै केही ब्यक्तिलाई राजदुत बनाउने भनेर ठगीधन्धा चलाउदै आएका छन् । एकउच्च स्रोतले गोप्यरुपमा जानकारी दिएको छ । स्रोतका अनुसार केहीलाई भट्टराईले तपाई कन्फर्म राजदुत हो समेत भन्न भ्याइसकेका छन् ।

विगतमा सुशिल कोइराला प्रधानमन्त्री हुँदा पनि उनले प्रधानमन्त्री कार्यालयलाई समेत प्रयोग गरेर विभिन्न धन्दा गरेको स्रोतको दावी रहेको छ न्युज अभियानमा खबर छ । उनले तत्कालिन श्रममन्त्री टेकबहादुर गुरुङलाई समेत सवै खालका अवसर प्रदान गरेर आफना सवै धन्दा गराएको दावी छ ।
उनले शक्ति केन्द्रकै प्रयोग गरेर मलेसियन दुतावासमा त्यती बेला कार्यरत अधिकृत चक्र सुवेदीलाई नेपाल फिर्ता पठाउन समेत बाध्य बनाएका थिए । उनले त्यसका लागी नेपालबाट लोकमान सिंह कार्कीको फोन तत्कालिन राजदुत डा निरन्जनमान सिंह बस्नेतलाई गराएका थिए ।ती सुवेदी अहिले अमेरिका स्थित राजदुतावासमा कार्यरत छन् । धेरै जसो समय मलेसियामा बस्ने भट्टराईले वर्तमान श्रममन्त्री गोकर्ण विष्ट र परराष्ट्र मन्त्री ज्ञवालीसँग विशेष सम्बन्ध भएकाले आफनो अनुकुल राजदुत त्यहाँ लैजानका लागी लैजाने जिम्मे मेरो भयो भन्दै रकम समेत संकलन गरेको स्रोतको भनाई रहेको छ ।

विदेशमा राजदुत बनाउनका लागी अहिले म्यानपावर संचालक र विचौलियाहरुको भुमिका ब्यापक देखिएको छ । अघिल्लो सरकारका पालामा पनि म्यानपावर संचालन गर्ने ढकाल थरकी एक महिला ओमनको राजदुत बन्न सफल भएकी थिइन् । उनले त्यती बेला विजय गच्छदारलाई मोटो रकम बुझाएर राजदुत भएको चर्चा अहिलेसम्म सेलाएको छैन । अहिले ति भट्टराई मलेसियाका रेष्टुरेन्टहरुमा बसेर राजदुतका लागी छलफलमा ब्यस्त रहेको सुचना क्वालालाम्पुरबाट प्राप्त भएको छ ।

स्रोतका अनुसार केही मन्त्री, प्रहरीका उच्च अधिकारी र केही उच्च सरकारी कर्मचारीलाई समेत उनले धक्कु लगाउनका लागी उतैबाट फोन लगाउने पनि काम गरेका छन् । म्यानपावरका धन्दा गर्ने भट्टराईले प्रहरीका उच्च अधिकारीसँग पनि आफनो सम्बन्ध रहेको दावी गर्दै सामाजिक संजालमा पनि फोटो पोष्ट गर्ने कामलाई जारी राखेका छन् ।

प्रतिक्रिया

6 कमेन्ट

    Comment Author

    Tilak Khatri

    Yo thag aba chadai khasi hunebho

    Comment Author

    Tilak Karki

    mantri pani thag nai vayoni

    Comment Author

    Lekharaj Pandey

    sagaiko pani ta hola ni milera hoki

    Comment Author

    Yadu Mishra

    Yo samachar maa satyataa xa ki xain yadi xa bhane yo manxe lai ni karbahi garnu parxa

    Comment Author

    Durga Begha

    एस्तो लाई थिक गर्नु पर्छ

    Comment Author

    Jhakku Giri

    यस्ता हाई प्रोफाइलहरु थरै छन नेपालमा।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 6
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कम्युनिष्ट गठबन्धन प्रजातन्त्रको विरोधमा -प्रधानमन्त्री देउवा ।(भिडियाे सहित)
कम्युनिष्ट गठबन्धन प्रजातन्त्रको विरोधमा -प्रधानमन्त्री देउवा ।(भिडियाे सहित)
जलिरहेको हात्तीको फोटोले जित्यो अवार्ड
जलिरहेको हात्तीको फोटोले जित्यो अवार्ड
लमजुङमा १९ जनाले धरौटी जोगाउन सकेनन्
लमजुङमा १९ जनाले धरौटी जोगाउन सकेनन्
चेल्सीबाट बर्खास्त भएका कोन्टे बने इन्टर मिलानका प्रशिक्षक
चेल्सीबाट बर्खास्त भएका कोन्टे बने इन्टर मिलानका प्रशिक्षक
समृद्धिको खाका अनुसार सरकारले नयाँ शिक्षा नीति अवलम्बन गर्न लागेको छ :  प्रम ओली
समृद्धिको खाका अनुसार सरकारले नयाँ शिक्षा नीति अवलम्बन गर्न लागेको छ : प्रम ओली
शर्मालाई पूर्वअध्यक्षहरुको समर्थनः भोली पतिस्पर्धा हुँदै
शर्मालाई पूर्वअध्यक्षहरुको समर्थनः भोली पतिस्पर्धा हुँदै
कतारले ३० रियाल दिन्छ तर कामदारको हातमा ६ मात्रै
कतारले ३० रियाल दिन्छ तर कामदारको हातमा ६ मात्रै
टीपर को ठक्करबाट मोटरसाईलमा सवार एक जनाको मृत्यु
टीपर को ठक्करबाट मोटरसाईलमा सवार एक जनाको मृत्यु
बादललाई राष्ट्रपति, प्रचण्डलाई पार्टी अध्यक्ष, ओली प्रधानमन्त्री-माओवादी बैठकको निष्कर्ष !
बादललाई राष्ट्रपति, प्रचण्डलाई पार्टी अध्यक्ष, ओली प्रधानमन्त्री-माओवादी बैठकको निष्कर्ष !
कान्तिपुरमा  सिरोहियाले एउटा समाचारका लागि २ करोड मागेको सुमार्गीको आरोप !
कान्तिपुरमा सिरोहियाले एउटा समाचारका लागि २ करोड मागेको सुमार्गीको आरोप !

तपाईंले छुटाउनुभयो कि?