माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक जारी

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण १८, २०८०
|
|
३९ पटक हेरिएको
Shares
माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक जारी

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको चौथो पूर्ण बैठक आज पनि जारी छ । कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा भएको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सङ्क्षिप्त प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन् ।

आजको बैठकको प्रारम्भमा वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले गरेका कामकारबाहीका बारेमा जानकारी गराएका थिए। उनले सरकारको कामले जनतामा नयाँ आशा उत्साह ल्याएको उल्लेख गर्दै जनताको आशालाई पार्टी सङ्गठनमा रुपान्तरण गर्नुपर्ने बताए । उनले रुपान्तरणसहित पार्टीलाई पुनःनिर्माण गर्नुपर्नेमा जोड दिए ।

सदस्यले पार्टीको पुनःनिर्माण, पार्टीको कार्यशैली, सङ्गठनको प्रभावकारिता र सरकारका कामकारबाहीका बारेमा धारणा राखेका छन् । बुधबार १८ नेताले आआफ्नो धारणा प्रस्तुत गरेका थिए । बैठक बुधबारदेखि सुरु भएको हो । नेताहरुका लागि बोल्नका लागि पाँच/पाँच मिनेटको समय छुट्याइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?