मुगुसहित कर्णालीमा हिमपात, जनजीवन कष्टकर

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ १०, २०७९
|
|
४५ पटक हेरिएको
Shares
मुगुसहित कर्णालीमा हिमपात, जनजीवन कष्टकर

सारांश

  • काठमाडौं ।
  • मुगुलगायत कर्णालीका जिल्लाहरुमा वर्षासँगै हिमपात भएको छ ।
  • अन्य जिल्लाभन्दा मुगुमा माघ महिनाको पहिलो सातामै साेमबार रातिदेखि लगातार हिमपात भएसँगै यहाँकाे जनजीवन प्रभावित भएको छ ।

काठमाडौं । मुगुलगायत कर्णालीका जिल्लाहरुमा वर्षासँगै हिमपात भएको छ । अन्य जिल्लाभन्दा मुगुमा माघ महिनाको पहिलो सातामै साेमबार रातिदेखि लगातार हिमपात भएसँगै यहाँकाे जनजीवन प्रभावित भएको छ ।

लगातारको हिमपातले मुगुको पूर्वी करान भेगका वडा , खत्याड गाउँपालिकाको खमाले, सेरी, कवा, चाकपाडे, लमेरा, कोटिल्लालगायत सोरुगाउँपालिकाको, सोरुकोट, धैना, कालै, रुम र छायाँनाथ रारा नगरपालिकाको रारा, ताल्चा विमानस्थल, वाम शोभा, लिउडी मुन्दु, कोटिल्ला झ्यारी, रोवा लगायत क्षेत्रकाे जनजीवन कष्टकर बनेकाे हाे ।

हिमपातको कारण नेपालगञ्ज, सुर्खेतबाट मुगु आउने सवारी साधनहरू रोकिएका छन् । रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरू पनि निकै समस्यामा परेका छन् ।

अघिल्लो हिउँदमा पुस पहिलो साताबाट हिमपात भए पनि यो वर्ष एक महिनापछि हिमपात सुरु भएको छ ।हिमपातसँगैको चिसोले बालबालिका, वृद्धवृद्धा र काममा निस्कने व्यक्ति बढी प्रभावित भएका छन् । चिसोले गर्दा भेडा बाख्रासहित अन्य पशुचौपायालाई समेत समस्या भएको सोरु गाउँपालिकाका पदमबहादुर शाहीले बताउनुभयाे ।

बाक्लो हिमपातले शैक्षिक संस्था, सरकारी कार्यालयको कामकाज प्रभावित भएका छन् ।लगायतको हिमपातले ताल्चा विमानस्थल पनि बन्द भएको छ ।

यो वर्ष एक महिनाअगावै हिमपात भएका कारण हिउँदेबालीको उत्पादमा राम्रो हुनेमा कृषकहरू आशावादी छन् । विशेषगरी अहिले खेतबारीमा लगाएको जौं, गहुँ बाली उम्रिने समय भएको र यही बेला हिमपात र पानी पर्दा खेतीपातीका लागि राम्रो मानिन्छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वाइडबडी प्रकरणः प्रतिवेदनमाथि नै सांसदहरुको प्रश्न, पर्यटनमन्त्रीको बचाऊ
वाइडबडी प्रकरणः प्रतिवेदनमाथि नै सांसदहरुको प्रश्न, पर्यटनमन्त्रीको बचाऊ
इङ्लिस प्रिमियर लिग : एभर्टनमाथि टोटनह्यामको आधा दर्जन गोल
इङ्लिस प्रिमियर लिग : एभर्टनमाथि टोटनह्यामको आधा दर्जन गोल
महासंघले भन्यो अदालतले आफैं प्रतिवेदन उठाएर पत्रकारलाई जेल पठाउनु गम्भीर
महासंघले भन्यो अदालतले आफैं प्रतिवेदन उठाएर पत्रकारलाई जेल पठाउनु गम्भीर
भारतको ध्वजावाहक एअर इन्डिया पूरै बेच्ने सरकारको घोषणा
भारतको ध्वजावाहक एअर इन्डिया पूरै बेच्ने सरकारको घोषणा
संविधान दिवसमा प्रभातफेरी
संविधान दिवसमा प्रभातफेरी
बैक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण
बैक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण
थवाङमा उत्साहजनक सहभागिता, जहाँ ७० सालमा भएको थियो ‘नो भोट
थवाङमा उत्साहजनक सहभागिता, जहाँ ७० सालमा भएको थियो ‘नो भोट
इन्डियन प्रिमियर लिगमा कस्ले कति पैसा पाए ? कसलाई कुन अवार्ड ?
इन्डियन प्रिमियर लिगमा कस्ले कति पैसा पाए ? कसलाई कुन अवार्ड ?
एक हप्तापछि चीनबाट फर्केर के भने त ओलीले एयरपोर्टमा
एक हप्तापछि चीनबाट फर्केर के भने त ओलीले एयरपोर्टमा
अमेरिकामा विदेशी विद्यार्थीलाई भिसा नदिने पूर्व आदेश ट्रम्प प्रशासनद्वारा फिर्ता

तपाईंले छुटाउनुभयो कि?