यी १० चुनावी एजेण्डा, जसका कारण आम आदमीलाई दिल्लीका मतदाताले पत्याए

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ २९, २०७६
|
|
५९ पटक हेरिएको
Shares
यी १० चुनावी एजेण्डा, जसका कारण आम आदमीलाई दिल्लीका मतदाताले पत्याए

सारांश

  • भारतको नयाँदिल्लीमा भएको विधानसभा चुनावमा अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीले विशाल अन्तरमा जीत हात पारेको छ ।
  • यससँगै आम आदमी पार्टीले तेस्रो पटक दिल्लीमा सरकार बनाउनेछ ।
  • पहिले ४९ दिन र त्यसपछि पाँच वर्षसम्म सरकार चलाउन पाएको आम आदमी फेरि पाँच वर्षका लागि सरकार चलाउने अवसर पाउँदैछ ।

भारतको नयाँदिल्लीमा भएको विधानसभा चुनावमा अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीले विशाल अन्तरमा जीत हात पारेको छ ।

यससँगै आम आदमी पार्टीले तेस्रो पटक दिल्लीमा सरकार बनाउनेछ । पहिले ४९ दिन र त्यसपछि पाँच वर्षसम्म सरकार चलाउन पाएको आम आदमी फेरि पाँच वर्षका लागि सरकार चलाउने अवसर पाउँदैछ ।

त्यसो त, यसअघि नै आम आदमी पार्टी दिल्लीमा आलोचित पनि बनेको थियो । पछिल्लो चुनावका लागि आम आदमी पार्टीले केही आकर्षक एजेन्डा पेश गरेको थियो । साम्प्रदायिक भड्कावका नारावाजीमा धेरै समय खर्चेको भाजपाका हरेक जवाफ दिन पनि आम आदमीले जरुरी ठानेन ।

बरु केही आकर्षक बाचा देखाउँदै भोट मागिरह्यो । फलस्वरुप आम आदमी पार्टी दिल्ली सरकार हाँक्ने संघारमै पुगेको छ । उसले चुनावी घोषणपत्रमा दिल्लीमा २४सै घण्टा बिजुली प्रवाह गर्ने लगायत १० वटा आकर्षक चुनावी नारा देखाएको थियो ।

जगमगाउनेछ दिल्ली !

आफूले जितेको खण्डमा ‘दिल्लीमा २४ घण्टासम्म बिजुली चम्किरहनेछ’ भन्दै आम आदमीले चुनावी नारा देखाएको थियो । हरेक घरमा अन्डरग्राउण्ड केबलबाट बत्ती पुर्याइने केजरीवालको बाचा थियो ।

शुद्ध पानी

हरेक घरमा पाइपबाट पानी सुविधा पुर्याइने आम आदमीको अर्को आकर्षक नारा थियो । यद्यपि पानी र बत्तीको सुविधा दिनु कठिन मानिन्छ ।

विश्वस्तरीय शिक्षा

आम आदमीले दिल्लीमा देशकै राम्रो शिक्षा व्यवस्था मिलाइने पनि भनेको थियो । विश्वस्तरीय शिक्षा दिल्लीका हरेक बालबालिकालाई दिने बाचा उसको थियो ।

सस्तो, सुलब र प्रभावकारी उपचार

स्वास्थ्यको मुद्दालाई पनि आम आदमीले चुनावी नारा बनायो । जस अनुसार आम आदमीले जिते आम मानिसले सहजै उपचार गर्नसक्ने अवस्था आउने बाचा थियो । महंगा क्लिनिकको सट्टा सबै मानिसले सस्तोमा सहजै उपचार गर्नसक्ने प्रबन्ध मिलाइने आम आदमीको बाचा थियो ।

सहज यातायात

यातायातमा पनि व्यापक सुधार ल्याइने आम आदमीको बाचा थियो । ११ हजार भन्दा धेरै बस र ५ सय किलोमिटर भन्दा लामो मेट्रो लाइन बनाउने आम आदमीको बाचा थियो ।

प्रदुषणमुक्त दिल्ली

प्रदुषणको समस्या दिल्लीको सबैभन्दा गम्भीर समस्यामध्ये एक हो । हरेक वर्ष यहाँको वायु धुलाम्मे भएर स्वास फेर्न समेत अप्ठ्यारो पर्ने गर्छ । वायु नै धुलोले ढपक्क ढाकिने गर्छ । यही समस्यालाई आम आदमीले यसपटक चुनावी नारा बनाएको थियो । आम आदमीले चुनाव जितेमा ‘ग्रिन दिल्ली’ बनाउने बाचा गरेको हो । साथै यमुना नदी स्वच्छ बनाउने बताइएको थियो ।

स्वच्छ एवं चम्किलो दिल्ली

दिल्लीलाई सफा र सुन्दर बनाइने अर्को एजेन्डा थियो । अव्यवस्थित र फोहोरबाट सुन्दर र स्वच्छ दिल्ली बनाउने आम आदमीको बाचा थियो ।

महिलाका लागि सुरक्षित सहर

हरेक दिनजस्तै बलात्कारका घटना भइरहने दिल्लीमा महिलालाई सुरक्षित बनाउने बाचा पनि आम आदमीको थियो । भाजपाका कार्यकर्ताले विरोधीका ‘घरमा पसेर बलात्कार गर्ने’ चेतावनी दिइरहँदा आम आदमीले भने महिलालाई सुरक्षित सहर बनाउने बाचा गर्यो । महिला र छात्रालाई विशेष सुविधा दिने आम आदमीका नेताहरुको भनाइ थियो ।

आधारभुत सुविधायुक्त कोलोनी

दिल्लीका धेरै कोलोनीहरुमा आधारभुत सुविधा समेत छैन । विपन्न मानिसलाई पनि लक्षित गर्दै कोलोनीमा आधारभुत सुविधा दिने आम आदमीको बाचा थियो । पिउने पानी, स्वास्थ्योपचार केन्द्र र सीसीटीभी जडान गर्ने उसको भनाइ थियो ।

झुपडीका बासिन्दालाई घर

झुपडीमा जीवनयापन गर्दैआएका विपन्न मानिसलाई पक्की घरको व्यवस्था गर्ने पनि बताइएको थियो । सम्मानपूर्वक रुपमा जीवनयापनको अवस्था आउने आम आदमीको दावी छ । विपन्नलाई पक्की घरमा बसाउने आम आदमीको बाचा हो । (बिबिसी हिन्दीबाट)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जलवायु चुनौतीको सामना गर्न प्रकृतिमा आधारित समाधानका उपाय अवलम्बनमा जोड
जलवायु चुनौतीको सामना गर्न प्रकृतिमा आधारित समाधानका उपाय अवलम्बनमा जोड
छाडा कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप अभियान
छाडा कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप अभियान
प्रचण्डकै सहयोगमा ओली सरकार ढल्दै (भिडियोसहित)
प्रचण्डकै सहयोगमा ओली सरकार ढल्दै (भिडियोसहित)
डा. उपेन्द्र देवकोटाकाे निधन !
डा. उपेन्द्र देवकोटाकाे निधन !
हुलाकी सडकमा पर्ने तीन पुलको निर्माण सकियो, पाँच अन्तिम चरणमा
हुलाकी सडकमा पर्ने तीन पुलको निर्माण सकियो, पाँच अन्तिम चरणमा
काठमाडौं महानगरद्वारा डेङ्गी सङ्क्रमितका लागि २४ घण्टे हटलाइन सेवा सुरु
काठमाडौं महानगरद्वारा डेङ्गी सङ्क्रमितका लागि २४ घण्टे हटलाइन सेवा सुरु
काँग्रेस संसदीय दलको विधान परिमार्जनपछि मात्र नेतृत्व चयन- सिंह
जनताका मुद्दामा सबै सांसद एक ठाउँमा उभिनुपर्छः सांसद गौतम
जनताका मुद्दामा सबै सांसद एक ठाउँमा उभिनुपर्छः सांसद गौतम
ट्रम्पले पेस गरे मध्यपूर्व शान्तिको नयाँ योजना
ट्रम्पले पेस गरे मध्यपूर्व शान्तिको नयाँ योजना
एक जनाले चाहँदैमा विकृतिको चाङ हट्दैन, सबैको साथ आवश्यक छ: प्रधानमन्त्री दाहाल
एक जनाले चाहँदैमा विकृतिको चाङ हट्दैन, सबैको साथ आवश्यक छ: प्रधानमन्त्री दाहाल

तपाईंले छुटाउनुभयो कि?