रक्सी खाएर स्कुल आउँदा जागिर चट्

Abhiyanpost Abhiyanpost
|
शनिबार, बैशाख २२, २०७५
|
|
३८ पटक हेरिएको
Shares
रक्सी खाएर स्कुल आउँदा जागिर चट्

सारांश

  • जाजरकोट, २२ वैशाख – जाजरकोटकोका एक विद्यालयका शिक्षकको रक्सी खाएर स्कुल आउँदा जागिर चट् भएको छ ।
  • कुशेगाउँपालिका–५ खुर्पामा रहेको लक्ष्मी प्राप्ति माविका शिक्षक हेमराज शाहीलाई अवकाश दिइएको हो ।
  • शिक्षक शाहीलाई मदिरा सेवन गरी विद्यालयमा आएको भन्दै अवकाश दिइएको हो ।

जाजरकोट, २२ वैशाख – जाजरकोटकोका एक विद्यालयका शिक्षकको रक्सी खाएर स्कुल आउँदा जागिर चट् भएको छ । कुशेगाउँपालिका–५ खुर्पामा रहेको लक्ष्मी प्राप्ति माविका शिक्षक हेमराज शाहीलाई अवकाश दिइएको हो ।

शिक्षक शाहीलाई मदिरा सेवन गरी विद्यालयमा आएको भन्दै अवकाश दिइएको हो । उनले माध्यमिक तहतर्फ राहत दरबन्दीमा अंग्रेजी विषय पढाउँथे । शाहीलाई बारम्बार चेतावनी दिँदा पनि अटेर गरेपछि अभिभावक भेलाले उनलाई अवकाश गर्न सिफारिस गरेको थियो ।

शाहीले विद्यालय समयमा पटक-पटक रक्सी पिएर पठनपाठनमा बाधा पुगेको भन्दै कारवाही गरिएको विद्यालयका प्रधानाध्यापक दिनेशकुमार सिंहले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?