मन्त्री पाण्डेमाथि कांग्रेसकै सांसदले भ्रष्टाचारको आरोप लगाएपछि भाँडभैलो

Abhiyanpost Abhiyanpost
|
बुधबार, कार्तिक २८, २०८१
|
|
५२ पटक हेरिएको
Shares
मन्त्री पाण्डेमाथि कांग्रेसकै सांसदले भ्रष्टाचारको आरोप लगाएपछि भाँडभैलो

सारांश

  • काठमाडौं।
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले लगाएको आरोपविरुद्ध कानुनी लडाईँ लड्ने बताएका छन् ।
  • आफ्नो मानमर्दन गरेर र मनोबल गिराएर पर्यटन क्षेत्रलाई धमिलो पानीमा माछा मार्ने र खेलोफड्को गर्ने क्षेत्रको रुपमा सांसद बजगाईँले राखिराख्न चाहेको उनले बताए ।

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले लगाएको आरोपविरुद्ध कानुनी लडाईँ लड्ने बताएका छन् ।

आफ्नो मानमर्दन गरेर र मनोबल गिराएर पर्यटन क्षेत्रलाई धमिलो पानीमा माछा मार्ने र खेलोफड्को गर्ने क्षेत्रको रुपमा सांसद बजगाईँले राखिराख्न चाहेको उनले बताए । मन्त्री पाण्डेले आफू इमान र निष्ठाबाट कहिले पनि बिचलित नभएको बताए ।

‘केही मानिसहरु जो पर्यटन क्षेत्रबाट नाजायज लाभ लिन खोजिरहेका मानिसहरु, नाजायज लाभबाट आफ्नो व्यक्तित्व विकास गर्न खोजिरहेका मानिसहरु, जसको इमान र निष्ठा छैन, जसको इज्जत र प्रतिष्ठा छैन, ती मानिसहरुले मेरो यो सत्प्रयासलाई मानमर्दन गर्नेगरी, मेरो मनोबल गिराएर यो क्षेत्रलाई फेरि हिलो पानीमा माछा मार्ने क्षेत्रकै रुपमा राखिराख्न र त्यसमा आफूले नाजायज फाइदा लिन, आफ्नो खेलोफड्को बलियो भनाउन यो आएको हो । मैले यो कुरा सरकारलाई पनि भन्छु, पार्टीलाई पनि भन्छु । मेरो आफ्नो नैतिक बलका आधारमा कानुनी लडाइँ लड्छु, नैतिक लडाईँ पनि लड्छु,’– मन्त्री पाण्डेले भने ।

सांसद् बजगाईँले मन्त्री पाण्डेमाथि क्यासिनो खोल्ने अनुमति दिँदा करोडौं घुस खाएको आरोप लगाएका थिए । सामाजिक सञ्जालमार्फत मन्त्री पाण्डेमाथि निरन्तर प्रहार गर्दै आएका सांसद बजगाईलाई उनले आरोप प्रमाणित गराएर देखाउनसमेत चुनौति दिएका छन् । सांसद पाण्डेले लगाएको आरोप प्रमाणित भए नेपाली कांग्रेसको सहमहामन्त्री, सांसद, मन्त्री सबै पदबाट राजीनामा दिएर राजनीति नै छाडिदिने उनले बताए । आफूले अहिलेसम्म राजनीतिमा स्वच्छ चरित्रलाई कायम राखेको दाबी गर्दै उनले मन्त्रालयबाट बाहिरिँदै गर्दा पनि बेदाग बाहिरिने बताए । उनले आफू सुशासन स्थापित गर्ने र भ्रष्टाचार न्यूनीकरण गर्ने विषयमा बडो सचेत रहेकोसमेत बताए ।

‘नेपाली कांग्रेसबाटै निर्वाचित सांसदले म नेपाली कांग्रेस पार्टीकै पदाधिकारी, सहमहामन्त्री पनि हुँ, मन्त्रिपरिषद्मा छु । यो मन्त्रिपरिषद्मा आएसँगै मेरो कमिटमेन्ट के छ भने, स्वच्छ कामहरु, नियमित कामहरु, कानुनसम्मत कामहरु मन्त्रालय र मन्त्रीको तहबाट रोकिन हुँदैन । गलत कामहरु कदापी अगाडि बढ्न दिन हुँदैन भन्ने कुरामा मेरो कमिटमेन्ट छ । मेरो कमिटमेन्ट के पनि हो भने, जुन स्वच्छ राजनीतिक चरित्र लिएर म यहाँ आएको छु, त्यतिकै स्वच्छ चरित्र लिएर बाहिर निस्कुँ । बहिरगमन हुँ भन्ने कमिटमेन्ट छ । अहिले देशले भोग्नुपरेको एउटा समस्या भनेको सुशासनको समस्या हो । सुशासनलाई आफ्नो मन्त्रालयमार्फत कसरी स्थापित गर्ने ? भ्रष्टाचारलाई कसरी न्यूनीकरण गर्ने ? भन्ने सन्दर्भमा म बडो सचेततापूर्वक प्रतिवद्ध छ्,’– उनले भने ।

मन्त्री पाण्डेले आफ्नो राजनीतिक पुँजी नै इमान र निष्ठामा आधारित रहेको दाबी गरे । उनले आफूसँग कुनै घर, गाडी र सम्पत्ति नरहेको बताउँदै निष्ठा र इमानको बलमा राजनीति गरिरहेको बताए । उनले आफ्नै पार्टीबाट निर्वाचित सांसदले लगाएको आरोपबाट आफैं आश्चर्य चकित भइरहेको समेत सुनाए । निष्ठा र इमानमाथि धावा बोल्ने कामले आफूलाई भावनात्मक चोट पुगेको पनि उनले बताए । आफूमाथि लागेको आरोपबारे पार्टी र सरकारसँग पनि छलफल गर्ने उनले बताए ।

‘पार्टीबाट निर्वाचित एक जना सांसदले त्यो तहमा ओर्लिएर गर्ने टिप्पणीबाट म आश्चर्य चकित भएको छु । यो मेरो इमान र निष्ठा जुन मेरो मूल पुँजी हो, त्यसमाथि धावा बोल्ने कुराले मेरो भावनामाथि गम्भीर चोट पुगेको छ । यसको निम्ति मैले के गर्नुपर्छ ? मैले गल्ती गरेको रहेछु भने मन्त्रीमात्रै होईन, पार्टीको सहमहामन्त्री र सांसदको रुपमा र पार्टी सदस्यको रुपमा मैले बस्न मिल्दैन,’– उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिसडोलवासीसँग मेयर बालेनको प्रतिबद्धता- केमिकल हालेर दुर्गन्ध हटाउँछौँ
सिसडोलवासीसँग मेयर बालेनको प्रतिबद्धता- केमिकल हालेर दुर्गन्ध हटाउँछौँ
प्रदेश प्रमुख खापुङसमक्ष आदिवासी जानजाति आयोग वार्षिक प्रतिवेदन पेश
प्रदेश प्रमुख खापुङसमक्ष आदिवासी जानजाति आयोग वार्षिक प्रतिवेदन पेश
धनुषाकोविद्यालय जाँदै गरेका  प्रधानाध्यापकमाथि गोली प्रहार.
धनुषाकोविद्यालय जाँदै गरेका प्रधानाध्यापकमाथि गोली प्रहार.
आज सूर्य ग्रहण : नेपालबाट नदेखिने, बार्नु पनि नपर्ने
आज सूर्य ग्रहण : नेपालबाट नदेखिने, बार्नु पनि नपर्ने
किशोरावस्थामा यौन सम्पर्क नगर्ने सल्लाह उचित कि अनुचित
किशोरावस्थामा यौन सम्पर्क नगर्ने सल्लाह उचित कि अनुचित
यी खोप केन्द्रबाट आज दोस्रो डोजको खोप लगाइदै
विमान खरिदमा अनियमितता भएको भन्दै छानवीन गर्न माग
विमान खरिदमा अनियमितता भएको भन्दै छानवीन गर्न माग
चक्रपथको कलङ्की–महाराजगञ्जखण्ड विस्तार गरिने
चक्रपथको कलङ्की–महाराजगञ्जखण्ड विस्तार गरिने
संचारकर्मी तथा मोडल राजेन्द्र लुईटेल अन्तराष्ट्रिय राईजिङ स्टार अवार्ड २०१७ बाट सम्मानित
संचारकर्मी तथा मोडल राजेन्द्र लुईटेल अन्तराष्ट्रिय राईजिङ स्टार अवार्ड २०१७ बाट सम्मानित
चिनीमा युरिया मल मिसिएको भेटिएपछि…
चिनीमा युरिया मल मिसिएको भेटिएपछि…

तपाईंले छुटाउनुभयो कि?