वाचा पूरा गरेरै छाड्छौँ : नेम्वाङ

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर २८, २०७४
|
|
४० पटक हेरिएको
Shares
वाचा पूरा गरेरै छाड्छौँ : नेम्वाङ

सारांश

  • एमाले स्थायी समिति सदस्य तथा पूर्वसभामुख सुवास नेम्वाङले घोषणापत्र र प्रतिबद्धता–पत्रमा उल्लेख गरिएका विषय पूरा गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन् ।
  • ‘त्यो हामीले तपाईंहरूसँग गरेको वाचा हो, आश्वसन मात्रै होइन ।
  • ’ इलामको फाकफोकथुमस्थित कोल्बोटेमा बुधबार आयोजित कार्यक्रममा नेम्वाङले भने, ‘जनतासँग गरेको वाचा जसरी पनि पूरा गर्छौँ ।

एमाले स्थायी समिति सदस्य तथा पूर्वसभामुख सुवास नेम्वाङले घोषणापत्र र प्रतिबद्धता–पत्रमा उल्लेख गरिएका विषय पूरा गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन् । ‘त्यो हामीले तपाईंहरूसँग गरेको वाचा हो, आश्वसन मात्रै होइन ।’ इलामको फाकफोकथुमस्थित कोल्बोटेमा बुधबार आयोजित कार्यक्रममा नेम्वाङले भने, ‘जनतासँग गरेको वाचा जसरी पनि पूरा गर्छौँ ।’

मतदातालाई धन्यवाद दिन टोलटोलसम्म पुगेका नेम्वाङले जनताको विश्वास र मायाले आपूm निर्वाचित भएको प्रतिक्रिया दिएका छन् । ‘तपाईंको विश्वास र मायाले चुनाव जित्यौँ,’ उनले थपे, ‘तपाईंहरूले चाहनुभएको विकास हो, त्यो पूरा गर्छौँ ।’

नेम्वाङले आफूले निर्वाचन जितेको क्षेत्र नम्बर २ कर्णालीजस्तै विकासमा पछि रहेकाले यस क्षेत्रलाई समृद्ध बनाउने जिम्मा आफूले पाएको बताए । क्षेत्रलाई विकासको नमुना बनाउने उनको दाबी छ । नेम्वाङले निर्वाचन सम्पन्न भएसँगै संविधानको आधारभूत कार्यान्वयन भएकाले संविधानको पूर्ण कार्यान्वयनका लागि आवश्यक कानुन बनाउनुपर्नेमा जोड दिए । उनले अब मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लाग्नुपर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?