बाँदरमुढे घटनाका पीडितसँग प्रचण्डले गरेको सम्झौता आधिकारिक नभएको समितिका अध्यक्षको दाबी

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर १८, २०७४
|
|
३५ पटक हेरिएको
Shares
बाँदरमुढे घटनाका पीडितसँग प्रचण्डले गरेको सम्झौता आधिकारिक नभएको समितिका अध्यक्षको दाबी

सारांश

  • १८ मंसिर, काठमाण्डौ ।
  • चितवनको बाँदरमुढे घटना पिडित समितिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग मिलेमतो गरेको कुरा आफुहरुलाई थाहा नभएको बताएको छ ।
  • आईतबार माडी नगरपालीकामा अध्यक्ष प्रचण्डले केही पिडितलाई बोलाएर मिलेमतो गरेको सुचना आएकोमा समितिका कुनैपनि पदाधिकारीलाई त्यो कुरा थाहा नभएको बाँदरमुढे घटना पीडित समितिका अध्यक्ष मुक्तिनाथ न्यौपानेले विज्ञप्ति प्रकाशित गरी प्रतिक्रिया दिएका हुन् ।

१८ मंसिर, काठमाण्डौ । चितवनको बाँदरमुढे घटना पिडित समितिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग मिलेमतो गरेको कुरा आफुहरुलाई थाहा नभएको बताएको छ ।
आईतबार माडी नगरपालीकामा अध्यक्ष प्रचण्डले केही पिडितलाई बोलाएर मिलेमतो गरेको सुचना आएकोमा समितिका कुनैपनि पदाधिकारीलाई त्यो कुरा थाहा नभएको बाँदरमुढे घटना पीडित समितिका अध्यक्ष मुक्तिनाथ न्यौपानेले विज्ञप्ति प्रकाशित गरी प्रतिक्रिया दिएका हुन् ।

 

बिज्ञप्तिमा आफुहरुलाई न्याय दिन नसकेका प्रचण्डले चुनाबको मुखैमा आएर भोटको निम्ति केही ब्यक्तिलाई प्रलोभनमा पारिएको कुरा उल्लेख गरिएको छ ।

साथै पिडित समितिले पिडितको ज्युज्यानको सुरक्षा, राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुन बमोजिम दोषिलाई कारवाही गर्ने, घटना स्थलमा ऐतिहासिक सङग्रालय निर्माण र घाईते तथा मृतकहरुको परिवारको लागि परिपुरणको ब्यबस्था गरियोस् भनि माग माग गरेको छ ।

यसअघि चितवनको माडीस्थित वादरमुँढे पीडितहरुसँग नेकपा माओवादी केन्द्र पुष्पकमल दाहाल प्रचण्डले सम्झौता गरेको बताइएको थियो ।
प्रतिनिधिसभा सदस्यका लागि त्यस क्षेत्रबाट उम्मेदवार बनेका प्रचण्डले पीडितहरुसँग आइतवार चितवनको माडीमा सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Raju Sth

    अब चार दीन को लागि हो सम्झौता

    Comment Author

    Surendra Deuba

    Waiyad

    Comment Author

    Alok Basnet

    Smghauta garar mancha marn paencha ani pitdet lea pani smghauta garar maphe denaho bhana apardh ko ka artha bho

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?