स्वास्थ्य मन्त्रि उपेन्द्र यादवको नजर राज्यमन्त्री अर्यालको ‘क्वार्टर’मा !

Abhiyanpost Abhiyanpost
|
बुधबार, जेठ २३, २०७५
|
|
५५ पटक हेरिएको
Shares
स्वास्थ्य मन्त्रि उपेन्द्र यादवको नजर राज्यमन्त्री अर्यालको ‘क्वार्टर’मा  !

सारांश

  • काठमाडौं, २३ जेठ ।
  • स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले सम्हाल्दै आएको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी गत शुक्रबारबाट उपेन्द्र यादवले पाएका छन् ।
  • स्वास्थ्य मन्त्रालयमा संघीय समाजवादी फोरमका अध्यक्ष यादवले जिम्मेवारी पाएसँगै यसअघि मन्त्रालयको जिम्मेवारीमा रहेकी अर्यालय राज्य मन्त्रीमा समेटिएकी छिन् ।

काठमाडौं, २३ जेठ । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले सम्हाल्दै आएको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी गत शुक्रबारबाट उपेन्द्र यादवले पाएका छन् ।

स्वास्थ्य मन्त्रालयमा संघीय समाजवादी फोरमका अध्यक्ष यादवले जिम्मेवारी पाएसँगै यसअघि मन्त्रालयको जिम्मेवारीमा रहेकी अर्यालय राज्य मन्त्रीमा समेटिएकी छिन् ।

राज्यमन्त्री रहेकी अर्याल मन्त्री निवास पुलचोकमा रहेकी छन् । गत शुक्रबारबाट स्वास्थ्यमन्त्रालयको जिम्मेवारी पाएका उपप्रधान तथा स्वास्थ्यमन्त्री यादव भने मन्त्री क्वार्टर खाली नहुँदा आफ्नै निवास हात्तीवनमा बस्दै आएका छन् । राज्य मन्त्री अर्याल मन्त्री पदबाट हटेमा मन्त्री निवास खाली भए त्यहा नै बस्ने उपप्रधान तथा स्वास्थ्य मन्त्री यादवको तयारी छ ।

स्वास्थ्य मन्त्रीको जिम्मेवारी पाएपछि उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले स्वास्थ्य राज्यमन्त्री अर्यालसँग मन्त्रालयको यसअघि भएका कार्यको ब्रिफिङ समेत लिइसकेका छन् । सरकारले उपप्रधान तथा स्वास्थमन्त्री यादवको लागि क्वार्टर खोजीरहेको बेला उनले भने मन्त्री निवास पुलचोकमा नै बस्ने सोचमा छन् ।

‘अहिले मन्त्री निवासमा क्वार्टर खाली छैन रहेछ, स्वास्थ्य राज्य मन्त्री अर्याल स्वास्थ्य मन्त्रालयबाट हट्ने कुरा भएको छ, यदि राज्यमन्त्रीले स्वास्थ्यमन्त्रालयबाट हट्नुभयो भने र अन्य मन्त्रालयमा पनि जिम्मेवारी पाउनुभएन भने मन्त्री क्वार्टरबाट पनि निस्कनु हुन्छ,’ स्रोतले भन्यो, ‘राज्यमन्त्री हट्नुभयो भने उपप्रधान तथा स्वास्थ्यमन्त्रीको लागि मन्त्री निवासमै क्वार्टर खाली हुन्छ, अनि त्यहा बस्नुहुन्छ ।’

स्वास्थ्य राज्यमन्त्री अर्यालले स्वास्थ्य मन्त्रालयमा उप्रप्रधान तथा स्वास्थ्यमन्त्री यादवसँगै कार्य नगर्ने अनुमान गरिएको छ ।लोकान्तरका अनुसार स्वास्थ्य मन्त्रालयबाट हटाएर राज्यमन्त्री अर्याललाई अन्य मन्त्रालयको जिम्मेवारी दिने तयारी प्रधानमन्त्रीले गरेको स्रोतको दाबी छ ।

अर्याल अन्य मन्त्रालयको जिम्मेवारीमा रहेको खण्डमा उनी मन्त्री क्वाटरमा नै रहनेछिन् ।
स्वास्थ्य राज्य मन्त्री अर्याल भने आफूले कुनै न कुनै मन्त्रालयको जिम्मेवारी पाउनेमा ढुक्क छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कृषि होमस्टेबाट ३८ लाख आम्दानी
कृषि होमस्टेबाट ३८ लाख आम्दानी
भाइरल बन्दै साम्राज्ञीको तस्बिर, किन बन्दैछ ट्रोल ?
भाइरल बन्दै साम्राज्ञीको तस्बिर, किन बन्दैछ ट्रोल ?
आत्मघाती बम आक्रमणमा दुई पत्रकारकाे मृत्यु !
आत्मघाती बम आक्रमणमा दुई पत्रकारकाे मृत्यु !
पोखराका मान्छे निल्ने नाली !
पोखराका मान्छे निल्ने नाली !
‘चक दे इण्डिया’की कोमल चोटाल अहिले भइन् निकै सुन्दर, हेर्नुहोस्  तस्वीरहरु
‘चक दे इण्डिया’की कोमल चोटाल अहिले भइन् निकै सुन्दर, हेर्नुहोस् तस्वीरहरु
प्रधानमन्त्री र प्रचण्डबीच तीन दिनअघि नै सहमति भएपनि संशोधनपछि मात्रै थप मन्त्री
प्रधानमन्त्री र प्रचण्डबीच तीन दिनअघि नै सहमति भएपनि संशोधनपछि मात्रै थप मन्त्री
अभ्यास र आवश्यकताबीचको अन्तरविरोधलाई पन्छाउँदै छौँ :उपप्रधानमन्त्री पोखरेल
अभ्यास र आवश्यकताबीचको अन्तरविरोधलाई पन्छाउँदै छौँ :उपप्रधानमन्त्री पोखरेल
अर्घाखाँचीको नरपानीमा दुई पक्षबीच दोहोरो भिडन्त, स्थिति नियन्त्रणबाहिर, दुई घाइते
अर्घाखाँचीको नरपानीमा दुई पक्षबीच दोहोरो भिडन्त, स्थिति नियन्त्रणबाहिर, दुई घाइते
दुई युरोपेलि शक्तिशाली टिमको भिडन्त ,ईतिहास कस्को बलियो?
दुई युरोपेलि शक्तिशाली टिमको भिडन्त ,ईतिहास कस्को बलियो?
आइतबार थपिए २९३ जना कोरोना संक्रमित
आइतबार थपिए २९३ जना कोरोना संक्रमित

तपाईंले छुटाउनुभयो कि?