लागु औषध र भरुवा बन्दुकसहित छ पक्राउ

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख २९, २०८०
|
|
५२ पटक हेरिएको
Shares
लागु औषध र भरुवा बन्दुकसहित छ पक्राउ

सारांश

  • कर्णाली ।
  • जिल्ला प्रहरी कार्यालय सुर्खेतअन्तर्गत तातोपानी अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरीले भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ ।
  • उक्त अस्थायी प्रहरी पोष्टबाट सादा पोशाकमा खटिएको प्रहरीले सुर्खेत पञ्चपुरी नगरपालिका–१० बच्छीबाट आज तीन जनाको शिकारी टोलीलाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतअन्तर्गत तातोपानी अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरीले भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ ।

उक्त अस्थायी प्रहरी पोष्टबाट सादा पोशाकमा खटिएको प्रहरीले सुर्खेत पञ्चपुरी नगरपालिका–१० बच्छीबाट आज तीन जनाको शिकारी टोलीलाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।

भरुवा बन्दुक लुकाइछिपाई राखेको सूचना प्राप्त गरेलगत्तै त्यहाँ पुगेको प्रहरीले तीन नाल बन्दुकसहित सोही नगरपालिका–१० का ४५ वर्षीय जगतबहादुर खत्री, ५७ वर्षीय हस्तबहादुर नेपाली र ६० वर्षीय टेकबहादुर बयकलाई पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिएको प्रहरीले टोलीले वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत हिलेखालीस्थित लागू औषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१ का २९ वर्षीय गणेश थापा, वडा नं २ का २३ वर्षीय तपेन्द्र शाही र वडा नं १० का २१ वर्षीय नीरज रानामगर रहेको बताइएको छ । उनीहरूबाट दुई पुडिया ब्राउन सुगरजस्तो देखिने खैरो धुलो बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनाेरञ्जन समाचार: शाहिद कपुरको फिल्म शुटिङ हुँदै गर्दा दुर्घटना, एक जनाकाे घटनास्थलमै ज्यान गयो
मनाेरञ्जन समाचार: शाहिद कपुरको फिल्म शुटिङ हुँदै गर्दा दुर्घटना, एक जनाकाे घटनास्थलमै ज्यान गयो
भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक मर्मत
भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक मर्मत
लागुऔषधसहित दुई पक्राउ
लागुऔषधसहित दुई पक्राउ
ट्रम्प र किमलाई वार्ताका लागि आफ्नो देशले आतिथ्य गर्ने थाइल्याण्डको इच्छा
ट्रम्प र किमलाई वार्ताका लागि आफ्नो देशले आतिथ्य गर्ने थाइल्याण्डको इच्छा
देउवा सरकारले फेरि बाँड्यो पैसा, मन्त्री भीमसेनदासलाई ५० लाख
देउवा सरकारले फेरि बाँड्यो पैसा, मन्त्री भीमसेनदासलाई ५० लाख
उत्तर कोरियाली खेलाडी दक्षिण कोरियामा, संयुक्त खेल अभ्यास गर्दै
उत्तर कोरियाली खेलाडी दक्षिण कोरियामा, संयुक्त खेल अभ्यास गर्दै
इलाम नगरपालिका र धरान उपमहानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना
इलाम नगरपालिका र धरान उपमहानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना
प्रधानमन्त्रीको गृह जिल्लामा राहत संकलन
प्रधानमन्त्रीको गृह जिल्लामा राहत संकलन
पाथीभरा मन्दिर परिसरमा आगलागी, हेलिकप्टर मार्फत पानी लगेर आगो बुझाइयो
पाथीभरा मन्दिर परिसरमा आगलागी, हेलिकप्टर मार्फत पानी लगेर आगो बुझाइयो
मन्त्रिपरिषद बैठक सकियो, तत्काल कोही मन्त्री नहटाइने
मन्त्रिपरिषद बैठक सकियो, तत्काल कोही मन्त्री नहटाइने

तपाईंले छुटाउनुभयो कि?