डेङ्गुका कारण आपतकाल घोषणा गर्नुपर्दैन : उपप्रधानमन्त्री यादव

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन १, २०७६
|
|
३८ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले डेङ्गु रोगका कारण आपत्कालीन अवस्थाको घोषणा गर्नुपर्ने अवस्था नरहेको बताएका छन्।
  • प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिँदै उनले स्वास्थ्य मन्त्रालय महामारी नियन्त्रण गर्न सक्षम रहेकाले आपत्कालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था नदेखिएको जानकारी गराए।

काठमाडौं। उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले डेङ्गु रोगका कारण आपत्कालीन अवस्थाको घोषणा गर्नुपर्ने अवस्था नरहेको बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिँदै उनले स्वास्थ्य मन्त्रालय महामारी नियन्त्रण गर्न सक्षम रहेकाले आपत्कालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था नदेखिएको जानकारी गराए।

पछिल्ला दिनहरुमा रोगीको सङ्ख्या घट्दै गएको अभिलेख रहेको उपप्रधानमन्त्री यादवले सुनाए। १५ वर्ष अघि २०६१ मा चितवनमा देखा परेको डेङ्गु हाल ५६ जिल्लामा फैलिएको उनको भनाइ थियो।

“पाँच हजारभन्दा बढी मानिस यो रोगबाट प्रभावित भएका छन्, ६ जनाको निधन भएको छ, विश्वमै चुनौतीका रुपमा देखापरेको यो रोगको मुख्य कारण अव्यवस्थित शहरीकरण हो, लामखुट्टेबाट सर्ने अन्य रोग जापानी इन्सेफ्लाइटिसलगायत निर्मूल हुने चरणमा छ, औलोका कारण मृत्यु शून्यमा झरेको छ”। उनले भने।

खोज र नष्ट गर अभियानका लागि तीन तहका सरकारले जनचेतना अभियान चलाइरहेकोे, प्रभावित जिल्लामा ११ हजार किट पठाइएको मन्त्री यादवले जानकारी दिए। उनले बढी प्रभावित धरान, इटहरी, विराटनगर, पोखरालगायत स्थानमा विशेष सफाइ अभियान सञ्चालन गरिएको बताए।

डेङ्गु सहयोग कक्षको स्थापना, ज्वरो आएकाको निःशुल्क रक्तपरीक्षण गरिएको, टेकुमा २० श्यया डेङ्गु प्रभावितका लागि छुट्याइएको, विद्यालयमा जनचेतनामूलक खोज र नष्ट गर अभियान चलाउन थालिएको उनले बताए।

बैठकमा सांसद देवेन्द्रराज कँडेलले ५६ जिल्लामा डेङ्गु फैलिँदा पनि किन महामारीका रुपमा आपत्कालीन अवस्थाको घोषणा नगर्ने भनी प्रश्न राखेका थिए। सांसदहरु सुजाता परियार, खगराज अधिकारी, रामबहादुर विष्ट, दिलेन्द्रप्रसाद बडू, अमनलाल मोदी, पुष्पा भुसाल, प्रेम सुवाल, पार्वता डिसी चौधरी, देवप्रसाद तिमल्सिना, मीना सुब्बा, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, कृष्णगोपाल श्रेष्ठ, राजेन्द्रकुमार केसी, नवीना लामाले देशभर फैलिएको रोगका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोजगारीको थलो बन्यो महाकालीको बगर
रोजगारीको थलो बन्यो महाकालीको बगर
कतार विश्वकप: इरानविरुद्ध इङ्ल्यान्डको आधादर्जन गोल
कतार विश्वकप: इरानविरुद्ध इङ्ल्यान्डको आधादर्जन गोल
यसकारण चीनीयाँ राष्ट्रपतिले गरे नेपालको खुलेर प्रशंसा
यसकारण चीनीयाँ राष्ट्रपतिले गरे नेपालको खुलेर प्रशंसा
उपप्रधानमन्त्री श्रेष्ठद्वारा पालिकास्तरीय अस्पतालको उद्घाटन
उपप्रधानमन्त्री श्रेष्ठद्वारा पालिकास्तरीय अस्पतालको उद्घाटन
यौन दुव्र्यवहार मुद्धाले काँग्रेस आइका अध्यक्ष राहुल गान्धीलाई अप्ठेरो
काठमाडौंका सचेत जनताले एमालेलाई भोट हाल्छन् : अध्यक्ष ओली
काठमाडौंका सचेत जनताले एमालेलाई भोट हाल्छन् : अध्यक्ष ओली
काठमाडौँ उपत्यकामा सोमबार थपिए ५४ कोरोना संक्रमित, प्रत्येक घण्टा २ जनामा विस्तार हुँदै कोरोना
काठमाडौँ उपत्यकामा सोमबार थपिए ५४ कोरोना संक्रमित, प्रत्येक घण्टा २ जनामा विस्तार हुँदै कोरोना
एकल पुरुषलाई पनि भत्ता !
एकल पुरुषलाई पनि भत्ता !
सुन्दरी प्रतियोगितालाई चुनौति दिदै गाईभैसी
सुन्दरी प्रतियोगितालाई चुनौति दिदै गाईभैसी
प्रेमीसँग परमिताको ब्रेकअप, पीडा दिएको भन्दै लेखिन् यस्ताे
प्रेमीसँग परमिताको ब्रेकअप, पीडा दिएको भन्दै लेखिन् यस्ताे