लहान नगरपालिकाको बजेट १ अर्ब ३५ करोड
सारांश
- अस्बिन खड्का, ११ असार।
- लहान नगरपालिका सिरहाको दोस्रो नगरसभा साेमबार सम्पन्न भएकाे छ।
- दोस्रो नगरसभामा नगर प्रमुख मुनी साहले आर्थिक वर्ष २०७५-०७६ को लागि रु १ अर्ब ३५ करोड २५ हजार को बजेट प्रस्तुत गरेका छन ।
अस्बिन खड्का, ११ असार। लहान नगरपालिका सिरहाको दोस्रो नगरसभा साेमबार सम्पन्न भएकाे छ।
दोस्रो नगरसभामा नगर प्रमुख मुनी साहले आर्थिक वर्ष २०७५-०७६ को लागि रु १ अर्ब ३५ करोड २५ हजार को बजेट प्रस्तुत गरेका छन । नगरप्रमुख ले पेश गरेकाे सो बजेट सहमती का साथ पारित भएको छ।
कानूनमन्त्री शेरबहादुर तामाङ समेत उपस्थित नगर सभाको कार्यक्रम मा सांसदहरु सरिता गिरी प्रदीप गिरी, लीलानाथ श्रेष्ठ, तथा प्रदेशसभा सांसद लगनलाल चौधरी र अशोक कुमार यादव, नेकपाका केन्द्रीय सदस्य गंगाप्रसाद यादव लगायतले अब सबै मिलेर देश विकासमा अगाडी बढ्नु पर्ने बताएका छन ।
सबै ले दृष्टिकोण परिवर्तन गरी साझा अबधारणा लियर अगाडि बढेमा मात्रै सुन्दर र समृद्ध लहान निर्माण गर्न सकिने कार्यक्रमका वक्ताहरूले बताएका छन ।
प्रतिक्रिया