दुर्गा तिवारीको हत्यारालाई नेपाल ल्याइयो, मनोज पुन अझैं फरार

Abhiyanpost Abhiyanpost
|
शनिबार, पौष २९, २०७४
|
|
५८ पटक हेरिएको
Shares
दुर्गा तिवारीको हत्यारालाई नेपाल ल्याइयो, मनोज पुन अझैं फरार

सारांश

  • काठमाडौं, पुस २९ ।
  • युवा संघ नेपाल रुपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्यामा सहयोगी भूमिका खेलेको आरोप लागेका बाबु भनिने तुलबहादुर सिंजालीलाई नेपाल ल्याइएको छ ।
  • नेपाल प्रहरीको इन्टरपोलले कतार प्रहरीसँग समन्वय गरेर सिंजालीलाई शनिबार नेपाल ल्याएको हो ।

काठमाडौं, पुस २९ । युवा संघ नेपाल रुपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्यामा सहयोगी भूमिका खेलेको आरोप लागेका बाबु भनिने तुलबहादुर सिंजालीलाई नेपाल ल्याइएको छ ।

नेपाल प्रहरीको इन्टरपोलले कतार प्रहरीसँग समन्वय गरेर सिंजालीलाई शनिबार नेपाल ल्याएको हो । प्रहरी मुख्यालयका अनुसार सिंजालीलाई कतार प्रहरीले एक साताअघि पक्राउ गरेको थियो ।

तिवारी हत्याको जिम्मेवारी लिएका र प्रहरी अनुसन्धानबाट मुख्य योजनाकार भनिएका मनोज पुन भने अझै फरार छन् । तिवारी हत्यामा पुनलाई सहयोग गर्ने सोमबहादुर आले, श्याम गुरुङ, सिंजाली र राजु नाममा सुटर पनि फरार छन् ।

हाल नेपाल ल्याईएका सिंजालीमाथि तिवारी हत्यामा प्रयोग भएको पेस्तोल व्यवस्थापन गरेको र हत्यापछि समेत आफैंले हतियार लिएको आरोप प्रहरीको छ ।

नेपालस्थित इन्टरपोलका सुरक्षाकर्मीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सिंजालीलाई पक्राउ गरेर लगेको छ । पक्राउ परेका सिंजालीलाई थप कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाउने तयारी प्रहरीले गरेको छ ।

रुपन्देही प्रहरीले तिवारी हत्याको मुख्य योजनाकारको रुपमा मनोज पुनलाई हतियार व्यवस्थापनमा सघाएको आरोप सिंजालीमाथि लगाएको छ । तिवारी हत्यामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले समिरमान सिंह बस्नेतको समेत संलग्नता रहेको दावी गरेको छ । बस्नेत अहिले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्या आरोपमा पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भदौ १२ गते विहिबारको राशिफल यस्तो छ
भदौ १२ गते विहिबारको राशिफल यस्तो छ
२० वर्षमा २१ प्रतिशतले घट्याे पुड्कोपन, यसकारण घटाउन सकिन्छ !
२० वर्षमा २१ प्रतिशतले घट्याे पुड्कोपन, यसकारण घटाउन सकिन्छ !
चार कम्युनिस्ट पार्टी एकीकरण हुने ‘नेकपा समाजवादी केन्द्र’ राख्न प्रचण्डको प्रस्ताव
चार कम्युनिस्ट पार्टी एकीकरण हुने ‘नेकपा समाजवादी केन्द्र’ राख्न प्रचण्डको प्रस्ताव
प्रत्येक तीन वर्षमा १० प्रतिशतका दरले पेन्सन बढ्ने
प्रत्येक तीन वर्षमा १० प्रतिशतका दरले पेन्सन बढ्ने
देउवा सरकारको मन्त्रालय टुंगो लाग्यो, कसलाई कुन ?
देउवा सरकारको मन्त्रालय टुंगो लाग्यो, कसलाई कुन ?
सन् २०२१ मा अमेरिकी आर्थिक मन्दी : सर्वेक्षण
सन् २०२१ मा अमेरिकी आर्थिक मन्दी : सर्वेक्षण
प्रेस स्वतन्त्रता मौलिक हकका रूपमा स्थापित भइसकेको छ : मन्त्री शर्मा
प्रेस स्वतन्त्रता मौलिक हकका रूपमा स्थापित भइसकेको छ : मन्त्री शर्मा
१४ किलो सुन प्रकरण : भन्सारका कर्मचारीमाथि अख्तियारले थप छानबिन गर्दै
१४ किलो सुन प्रकरण : भन्सारका कर्मचारीमाथि अख्तियारले थप छानबिन गर्दै
फिलिपिन्सको पानीजहाजमा आगो लाग्दा बाह्र जनाको मृत्यु
फिलिपिन्सको पानीजहाजमा आगो लाग्दा बाह्र जनाको मृत्यु
Fwd: प्रदेश २ मा नाम र राजधानी बहस: पार्टीबाट मधेश हटाउने, प्रदेशको नाम त्यही चाहिने?
Fwd: प्रदेश २ मा नाम र राजधानी बहस: पार्टीबाट मधेश हटाउने, प्रदेशको नाम त्यही चाहिने?

तपाईंले छुटाउनुभयो कि?