फिलिपिन्सको पानीजहाजमा आगो लाग्दा बाह्र जनाको मृत्यु

Abhiyanpost Abhiyanpost
|
बिहिबार, चैत्र १६, २०७९
|
|
५७ पटक हेरिएको
Shares
फिलिपिन्सको पानीजहाजमा आगो लाग्दा बाह्र जनाको मृत्यु

सारांश

  • मनिला ।
  • दक्षिणी फिलिपिन्समा एउटा पानीजहाजमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ ।
  • उद्धारकर्मीहरूका अनुसार १४ जना घाइते भएका छन् भने सात जना अझै हराइरहेका छन् ।

मनिला । दक्षिणी फिलिपिन्समा एउटा पानीजहाजमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । उद्धारकर्मीहरूका अनुसार १४ जना घाइते भएका छन् भने सात जना अझै हराइरहेका छन् ।

गए राति जहाजमा आगो लागेपछि चालक दलका ३५ जना सदस्य र २९० जना यात्रीलाई तट रक्षक र माझीहरूको सहयोगमा सकुशल उद्धार गरिएको सरकारी अधिकारीहरूले आज जनाएका छन् ।

लेडी मेरी जोय–३ नामको पानीजहाज मिन्डानाओ टापुको जाम्बोआङ्गा शहरबाट सुलु प्रान्तको जोलो टापुतर्फ गइरहेका बेला आगो लागेको थियो । जहाजमा आगो लागेपछि यात्रीले हामफालेका प्रकोप व्यवस्थापन विभागका अधिकारी निक्सन अलोन्जोले बताएका छन् ।

बसिन प्रान्तका गभर्नर जिम सल्लिमानले जहाजमा दुई सय भन्दा बढी यात्री रहेका हुनसक्ने बताउँदै हराउनेको सङ्ख्या धेरै भएको आशङ्का गरेका छन् । पानीजहाजका यात्रीको नामसूचीमा दुई सय पाँच जनाभन्दा बढी रहेकाले बेपत्ता हुनेको सङ्ख्या सातभन्दा बढी हुनसक्ने उनले बताएका हुन् ।

बाह्र जनाको शव भेटिएको जानकारी दिँदै गभर्नर सल्लिमानले छ महिनाको एक बच्चासहित तीन बालबालिकाको दुर्घटनामा मृत्यु भएको जानकारी दिएका छन् । आगलागीको कारण खुलेको छैन । घाइतेहरूलाई उपचारार्थ जाम्बोआङ्गा र बासिलान पुर्‍याइएको छ ।

तट रक्षकले जारी गरेका तस्बिरहरूमा जलेको जहाजमा अर्को पानीजहाज र डुङ्गाबाट पानी खन्याएको तथा उद्धारकर्मीले अँध्यारोमा पीडितलाई पानीबाट निकालेर सुरक्षित स्थानतर्फ डुङ्गाहरूबाट लगेको देखिन्छ ।

सात हजारभन्दा बढी टापुको द्वीपसमूह फिलिपिन्समा अव्यवस्थित समुद्री यातायात, नियमित अनुगमनको अभाव र भीडभाडका कारण बेलाबेलामा यस्ता दुर्घटना हुनेगरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजदेखि जनकपुर–जयनगर रेलसेवा बिजलपुरासम्म सञ्चालन हुने
आजदेखि जनकपुर–जयनगर रेलसेवा बिजलपुरासम्म सञ्चालन हुने
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं उपत्यकामा एकैदिन २३ सय ९७ जना सवारी चालकमाथि कारवाही
काठमाडौं उपत्यकामा एकैदिन २३ सय ९७ जना सवारी चालकमाथि कारवाही
तीन वर्षसम्म लोकसेवाबाट पदपूर्ति रोक्ने प्रस्ताव
तीन वर्षसम्म लोकसेवाबाट पदपूर्ति रोक्ने प्रस्ताव
महासंघले भन्यो अदालतले आफैं प्रतिवेदन उठाएर पत्रकारलाई जेल पठाउनु गम्भीर
महासंघले भन्यो अदालतले आफैं प्रतिवेदन उठाएर पत्रकारलाई जेल पठाउनु गम्भीर
कांग्रेस केन्द्रीय कार्यालय ५ दिनको लागि बन्द, भोलि जुममार्फत पदाधिकारी बैठक
कांग्रेस केन्द्रीय कार्यालय ५ दिनको लागि बन्द, भोलि जुममार्फत पदाधिकारी बैठक
पूर्व लडाकुले किन गरे गृहमन्त्रीकै सामु आत्महत्याको प्रयास !
पूर्व लडाकुले किन गरे गृहमन्त्रीकै सामु आत्महत्याको प्रयास !
आजदेखि मौसम क्रमिकरूपमा सुधार हुँदै
आजदेखि मौसम क्रमिकरूपमा सुधार हुँदै
अरिंगाल, मौरीपछि बिरालोको म्याउ : प्रमका सल्लाहकारको एक अक्षर गल्ती हुँदा अाक्रमण !
अरिंगाल, मौरीपछि बिरालोको म्याउ : प्रमका सल्लाहकारको एक अक्षर गल्ती हुँदा अाक्रमण !
गीतकार भुमरी अचानक मिर्मिरेमा हाम्फालेपछि… [भिडियोसहित]
गीतकार भुमरी अचानक मिर्मिरेमा हाम्फालेपछि… [भिडियोसहित]

तपाईंले छुटाउनुभयो कि?