समृद्धि र सुशानका लागि युवा अभियान संचालन हुन्छ: प्रभातबिक्रम कटुवाल
सारांश
- काठमाडाै, २६ वैशाख ।
- युवासंघ नेपालले समृद्दी र शुसासन का लागि युवा अभियान सुभारम्भ गर्न लागेको प्रभात बिक्रम कटुवाल ले बताएका छन।
- युवासंघ नेपालका केन्दृय उपाध्यक्ष कटुवाल ले मुलुक समृद्दी को अभियान मा आम युवालाई जोड्न यस्ताे अभियान सुरू गर्न लागेकाे बताएका हुन ।
काठमाडाै, २६ वैशाख । युवासंघ नेपालले समृद्दी र शुसासन का लागि युवा अभियान सुभारम्भ गर्न लागेको प्रभात बिक्रम कटुवाल ले बताएका छन।
युवासंघ नेपालका केन्दृय उपाध्यक्ष कटुवाल ले मुलुक समृद्दी को अभियान मा आम युवालाई जोड्न यस्ताे अभियान सुरू गर्न लागेकाे बताएका हुन ।
यहि जेठ एक गते युवा संघ नेपाल को २८ अाै स्थापना दिवस को अवसरमा आयोजना गर्ने बृहत् कार्यक्रम सफल बनाउन भक्तपुर जिल्ला कमिटी ले आयोजना गरेको बिस्तारित बैठकलाई सम्वाेधन गर्दै कटुवालले यस्ताे बताएका हुन ।
भक्तपुर मा सम्बोधन गर्दै कटुवालले समृद्दी भाषण गरेर मात्र हैन स्पस्ट कार्ययोजना तर्जुमा गरेर यहि सरकार को पालमानै सम्भव रहेको बताएका थिए। १ बर्ष देखि ४० वर्षका उमेर समूह का हरेक युवा लाई सीप र प्रविधी मा जोडि मुलुकमै रोजगार सृजना गर्न विशेष कार्यक्रम राज्य ले ल्याउनु पर्नेमा जोड दिए।
कटुवालले मुलुकको बिकास का निमित्त युवा लाई परिचालन गर्दै युवा को सीप र दक्षता लार्इ राज्यले सम्मान गर्ने बातवरण को निर्माण हुँदै जाने बिस्वास ब्यक्त गरेका थिए। जेठ १ गते को कार्यक्रम मा बृहत् युवा को उपस्थिति का लागि आव्हान पनि गरेका थिए। कटुवालले मध्यपुर ठिमि नगरपालिका का मेयर मदन सुन्दर श्रेस्ट माथी अज्ञात समूह ले गरेको आक्रमण को निन्दा गर्दै सत्य तथ्य पता लगाउन प्रसासन को ध्यानाकर्सण समेत गरेका थिए।
कार्यक्रममा एमाले भक्तपुर जिल्ला कार्यबाहक अध्यक्ष्य वचन देउजा युवा संघ सचिवालय सदस्य निरेस लाल सिङ्ह केन्द्रीय सदस्य सन्जिब रोकाया ,बिनोद केसि दिपक थापा सहित ले आफ्नो मन्तब्य राखेका थिए।
जिल्ला अध्यक्ष्य दिपक दाहालकाे सभापतित्वमा गरिएकाे कार्यक्रमले जनपरिचालन स्वयंम सेवक परिचालन, प्रचार यातायात ब्यवस्थापन सास्कृतिक समिति समेत गठन गरेको छ।
प्रतिक्रिया