लमजुङमा १९ उम्मेदवारको धरौटी जफत

Abhiyanpost Abhiyanpost
|
बुधबार, मंसिर २७, २०७४
|
|
५३ पटक हेरिएको
Shares
लमजुङमा १९ उम्मेदवारको धरौटी जफत

सारांश

  • बेसीशहर – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका १९ जनाको धरौटी जफत भएको छ।
  • कूल खसेको सदर मतको १० प्रतिशत मत प्राप्त नगरेपछि कानूनबमोजिम राजनीतिक दल र स्वतन्त्र गरी १९ जना उम्मेदवारको धरौटी जफत भएको हो।
  • जिल्लामा प्रतिनिधिसभातर्फ एक स्वतन्त्रसहित ११ जनाको उम्मेदवारी परेकामा नौ जनाको धरौटी जफत भएको छ।

बेसीशहर – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका १९ जनाको धरौटी जफत भएको छ। कूल खसेको सदर मतको १० प्रतिशत मत प्राप्त नगरेपछि कानूनबमोजिम राजनीतिक दल र स्वतन्त्र गरी १९ जना उम्मेदवारको धरौटी जफत भएको हो।

जिल्लामा प्रतिनिधिसभातर्फ एक स्वतन्त्रसहित ११ जनाको उम्मेदवारी परेकामा नौ जनाको धरौटी जफत भएको छ। प्रदेशसभा (क)बाट उम्मेदवारी दिएका छ जनामध्ये चार र (ख)बाट आठमध्ये छ जनाको धरौटी जफत भएको हो।

जिल्लामा नेकपा (एमाले)का दुई, नेपाली काँग्रेसका तीन र नेकपा (माओवादी केन्द्र)का एकजना उम्मेदवारको मात्र कानूनबमोजिम धरौटी जफत नभएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले बताए।

धरौटी जफत हुने उम्मेदवारले प्रतिनिधि र प्रदेशसभातर्फ खसेको कूल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेका हुन्। प्रतिनिधिसभातर्फ मत ७७ हजार १६४ मत खसेकामा ७४ हजार ५८० मत सदर भएको थियो।

यस्तै प्रदेशसभा (क) तर्फ ३६ हजार ८७१ मत खसेकामा ३५ हजार ३९७ मत सदर भएको थियो भने प्रदेश सभा (ख) तर्फ ४१ हजार २७२ मत खसेकामा ३९ हजार ४४७ मत सदर थियो।

प्रतिनिधिसभामा धरौटी जफत हुनेमध्ये पनि सबैभन्दा बढी मत नेकपा जनसमाजवादी पार्टीका निरजन कुँवरले एकहजार ४०० मत ल्याएका छन्।

प्रदेश (क)मा नयाँ शक्ति पार्टीका राजु थापाले ४९९ र प्रदेश (ख)मा स्वतन्त्र उम्मेदवार उत्तम गुरुङले ३२३ मत ल्याउएका थिए। अन्यले सो बाहेक कम मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दृश्यावलोकन स्तम्भ निर्माणका लागि समय थप
दृश्यावलोकन स्तम्भ निर्माणका लागि समय थप
​प्रचण्डले पनि गरे देउवाको विरोध
​प्रचण्डले पनि गरे देउवाको विरोध
खानेपानी मन्त्रीसँग कतारी राजदुत भन्छन् : नेपालको पानी पिउन आतुर छौँ
खानेपानी मन्त्रीसँग कतारी राजदुत भन्छन् : नेपालको पानी पिउन आतुर छौँ
बुटवल उपमहानगरपालिका पछिल्लो अपडेट एमालेको अग्रता कायमै
बुटवल उपमहानगरपालिका पछिल्लो अपडेट एमालेको अग्रता कायमै
भारतीय प्रेस काउन्सिललाई ध्यानाकर्षण, नेपालका १०० अनलाइनलाई कारबाही
भारतीय प्रेस काउन्सिललाई ध्यानाकर्षण, नेपालका १०० अनलाइनलाई कारबाही
आज भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै, सुरक्षा व्यवस्था कडा
आज भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै, सुरक्षा व्यवस्था कडा
गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
सम्बन्ध बिग्रेपछि फेसबुकमा ब्ल्याकमेल, कतिले पोर्न साइटमै अपलोड गरिदिन्छन्’
काँग्रेस सभापति देउवाद्वारा पूर्वसांसद जोशीको निधनप्रति दुःख व्यक्त
काँग्रेस सभापति देउवाद्वारा पूर्वसांसद जोशीको निधनप्रति दुःख व्यक्त
बलात्कारको अभियोगमा वडाध्यक्ष थुनामा
बलात्कारको अभियोगमा वडाध्यक्ष थुनामा

तपाईंले छुटाउनुभयो कि?