दुबई विमान दुर्घटना: तीन ब्रिटिश र एक दक्षिण अफ्रिकी नागरिकको मृत्यु

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ ३, २०७६
|
|
५५ पटक हेरिएको
Shares
दुबई विमान दुर्घटना: तीन ब्रिटिश र एक दक्षिण अफ्रिकी नागरिकको मृत्यु

सारांश

  • बीबीसी।
  • दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन माइल दक्षिण एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको छ।
  • यूकेमा दर्ता गरिएको डीए४२ विमानमा तीन ब्रिटिश तथा एक दक्षिण अफ्रिकी नागरिक भएका र उनीहरू सबैको मृत्यु भएको यूएईका अधिकारीहरूले बताएका छन्।
बीबीसी। दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन माइल दक्षिण एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको छ।
यूकेमा दर्ता गरिएको डीए४२ विमानमा तीन ब्रिटिश तथा एक दक्षिण अफ्रिकी नागरिक भएका र उनीहरू सबैको मृत्यु भएको यूएईका अधिकारीहरूले बताएका छन्।
वेस्ट ससेक्सस्थित शरम विमानस्थलबाट सञ्चालित फ्लाइट क्यालिब्रेशन सर्भिसेज नामक कम्पनीको स्वामित्वमा रहेको सो चारसिटे विमानमा चालक र सहचालकबाहेक दुई यात्रु सवार थिए।
सो कम्पनीले रेडार तथा विमानस्थलमा अवतरण प्रणालीजस्ता उड्डयनसम्बन्धी सेवा प्रदान गर्छ र आफ्ना कर्मचारीलाई तिनको निरीक्षण तथा प्रमापन गर्न विश्वभरि खटाउँछ।
दुर्घटनाबारे छानबिन थालिएको यूएईको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार सो विमान बिहीवार साँझ ७:३० बजेतिर तल झरेको थियो।
सो दुर्घटनापछि अतिव्यस्त मानिने दुबई अन्तर्राष्ट्रिय विमानस्थल झन्डै ४५ मिनेट बन्द भएको थियो। विमानस्थलतिर आएका विमानलाई अन्तै मोडिएको थियो भने उड्न लागेका विमानहरू ढिलो उडेका थिए।
अमेरिकी इन्जिनियरिङ तथा एरोस्पेस कम्पनी हनीवेलले आफूले फ्लाइट क्यालिब्रेशन सर्भिसेजको सेवा लिएको र सो विमानलाई दुबईमा आफ्नो कामका लागि प्रयोग भएको बताएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उच्च पडाडी भेगमा भारी हिमपात, जनजीवन प्रभावित
उच्च पडाडी भेगमा भारी हिमपात, जनजीवन प्रभावित
महानगरमा भागबण्डा, उपमहानगरमा अड्को
महानगरमा भागबण्डा, उपमहानगरमा अड्को
चुनावलाई उत्सवमा परिणत गर्न प्रधानमन्त्री देउवाको आग्रह
चुनावलाई उत्सवमा परिणत गर्न प्रधानमन्त्री देउवाको आग्रह
बाबुरामले माकेलाई भने, “कम्बल ओढेर घ्यु खाने सजिलो र अल्छी बाटो”
बाबुरामले माकेलाई भने, “कम्बल ओढेर घ्यु खाने सजिलो र अल्छी बाटो”
प्रहरीको चौतर्फी गस्ती सक्रिय: प्रतिबन्धित औषधिसहित आठ जिल्लाबाट २५ जना लागुऔषध कारोबारी समातिए
प्रहरीको चौतर्फी गस्ती सक्रिय: प्रतिबन्धित औषधिसहित आठ जिल्लाबाट २५ जना लागुऔषध कारोबारी समातिए
मतदान सकियो, कीर्तिपुर र मोरङको ग्रामथान गाउँपालिकामा आजै मतगणना सुरु हुने
मतदान सकियो, कीर्तिपुर र मोरङको ग्रामथान गाउँपालिकामा आजै मतगणना सुरु हुने
केटू’ आरोहणका गर्ने कीर्तिमानी आरोहीलाई काठमाडौँमा भव्य स्वागत
केटू’ आरोहणका गर्ने कीर्तिमानी आरोहीलाई काठमाडौँमा भव्य स्वागत
मधेस प्रदेशमा ‘शिक्षा संवाद’: शिक्षा ऐन र विद्यालय शिक्षा सुधारबारे सरोकारवालाको सुझाव
मधेस प्रदेशमा ‘शिक्षा संवाद’: शिक्षा ऐन र विद्यालय शिक्षा सुधारबारे सरोकारवालाको सुझाव
राष्ट्र बैंकको टोली भारु सटहीको लागि भोलि भारत जाँदै
के छ माओवादी केन्द्रको २१ औं शताव्दीको जनवादमा ?
के छ माओवादी केन्द्रको २१ औं शताव्दीको जनवादमा ?

तपाईंले छुटाउनुभयो कि?