पुरुष बन्नका लागि तीन वर्षको तालिम लिएँ: करण जोहर

Abhiyanpost Abhiyanpost
|
सोमबार, आषाढ २, २०७६
|
|
३५ पटक हेरिएको
Shares
पुरुष बन्नका लागि तीन वर्षको तालिम लिएँ: करण जोहर

सारांश

  • करण जोहर बलिउडमा निकै परिचित नाम हो ।
  • फिल्म निर्देशनबाहेक उनी विभिन्न कार्यक्रम पनि संचालन गर्ने गर्छन् ।
  • यसैले उनलाई चर्चित बनायो ।

करण जोहर बलिउडमा निकै परिचित नाम हो । फिल्म निर्देशनबाहेक उनी विभिन्न कार्यक्रम पनि संचालन गर्ने गर्छन् । यसैले उनलाई चर्चित बनायो । उनको हाउभाउ पनि चर्चाको अर्को विषय हो । थुप्रैले उनको लैङ्गिकतामाथि नै प्रश्न गर्छन् ।करण जोहरले हालै एक कार्यक्रममा आफ्नो जीवनसँग जोडिएका विभिन्न महत्वपूर्ण खुलासा गरेका छन् । उक्त कार्यक्रममा उनले पुरुष बन्नका लागि तीन वर्ष तालिम लिएको खुलासा गरे ।उनले भने, ‘बच्चाहरुले मेरो मजाक उडाउँथे । सबैले भन्थे कि म केटीजस्तै हिँड्छु, त्यसरी नै रुन्छु । मैले पुरुष बन्नका लागि तीन वर्षको तालिम लिएँ । बुवासँग झुटो बोलेर तालिम लिन जान्थें ।’आफ्नो आवाजका कारण नै मानिसहरुले जिस्काउने गरेको उनले बताए ।

१५ वर्षको उमेरमा डाक्टरलाई भेटेका थिएः

करणले भने, ‘‘केटीजस्तै नहिँड, उनीहरुले जस्तो ननाच’ म यो सुनेर हुर्किएको हुँ । कतिपटक त मेरो आवाज केटीको जस्तो छ भनेर जिस्क्याइन्थ्यो । मानिसहरुको यस्तो प्रतिक्रिया सुनेर म यति तनावमा भएँ कि १५ वर्षको उमेरमा उपचारका लागि म डाक्टरकोमा गएँ ।’

बनाउथेँ ट्युशनको बहानाः

करणले भने, ‘मैले स्पिच थेरापिस्टकोमा गएर आफ्नो आवाज परिवर्तन गर्न चाहेको बताएँ । यसका लागि मैले तालिम लिएँ र तीन वर्षसम्म आवाज परिवर्तनका लागि अभ्यास गरेँ । यो समय मेरा लागि निकै खराब थियो । म तालिम लिन जाँदा बुवासँग झुट बोल्थें । ट्युशन जाँदै छु भन्थें किनभने म उहाँलाई बताउन सक्दिनथें कि म पुरुष बन्ने क्रममा छु ।’

कहिले पनि गाली गर्दैनथे बुवाः

मेरो बुवाले मलाई कहिले पनि गाली गर्नुहुँदैनथ्यो । मेरो घरमा त्यस्तो वातावरण नै थिएन । ८ वर्षको हुँदा मैले सरगम फिल्म हेरेको थिएँ । फिल्मको ‘डफली वाले डफली बजा’ बोलको गीत मलाई निकै मनपर्दथ्यो । म घरमा यो गीतमा नाच्थें । म सधैं जया प्रदाले नाचेको भाग नाच्थें । सबैभन्दा राम्रो कुरा त के थियो भने मलाई यस्तो गरेको देखेर बुवाले कहिले पनि गाली गर्नु भएन । ‘यस्तो नगर’ समेत भन्नु भएन ।

सबैले खिल्ली उडाउने भएकाले खेल्नै छोडिदिएँः

उनले थपे, ‘घरमा त कसैले पनि भन्दैनथे कि म गलत गरिरहेको छु तर जब घरबाहिर निस्कन्थें छिमेकीका बच्चा र स्कूलका सिनियर्सले मेरो मजाक उडाउँथे । स्कूलमा हाँसोको पात्रो बनाउने भएकाले मैले खेलकुदमा भाग लिन बन्द गरें । जब म हिँड्थे, दौडन्थे, बच्चाहरुले मेरो खिल्ली उडाउँथे । मेरो हात–खुट्टा अन्य केटाहरुको जस्तो थिएन । म जतिबेला बोल्थें मानिसहरु मेरो आवाजमाथि हाँस्थे । यति हुँदा हुँदै पनि मेरो परिवारको मप्रतिको व्यवहार निकै प्रिय थियो । उहाँहरुलाई कहिले पनि लागेन कि म केही अचम्मको व्यवहार गरिरहेको छु ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनकाण्डका नाइके ‘गोरे’ले यी प्रहरीलाई पैसा दिएको डायरी भेटियो
सुनकाण्डका नाइके ‘गोरे’ले यी प्रहरीलाई पैसा दिएको डायरी भेटियो
माओवादीका रातो कामी विजयी !
नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवाली : प्रचार नखोज्ने व्यक्ति
नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवाली : प्रचार नखोज्ने व्यक्ति
भद्रपुरमा ओठ तथा तालु फाटेका बिरामीका लागि निःशुल्क प्लास्टिक सर्जरी शिविर
भद्रपुरमा ओठ तथा तालु फाटेका बिरामीका लागि निःशुल्क प्लास्टिक सर्जरी शिविर
विकासोन्मुख राष्ट्रमा स्तरोन्नती नगर्न नेपालको आग्रह, स्तरोन्नती भएमा के घाटा ?
विकासोन्मुख राष्ट्रमा स्तरोन्नती नगर्न नेपालको आग्रह, स्तरोन्नती भएमा के घाटा ?
कञ्चनपुर महेन्द्रनगर मा लगाईएको कर्फ्यु आज साझ ६ बजे देखी १० बजे सम्म हट्यो
कञ्चनपुर महेन्द्रनगर मा लगाईएको कर्फ्यु आज साझ ६ बजे देखी १० बजे सम्म हट्यो
नेपाल भारत सीमा रेखदेख गर्न सुरक्षाकर्मी परिचालन
नेपाल भारत सीमा रेखदेख गर्न सुरक्षाकर्मी परिचालन
तनहुँमा सवारी दुर्घटना : सात महिनामा १५ को मृत्यु
तनहुँमा सवारी दुर्घटना : सात महिनामा १५ को मृत्यु
पाकिस्तानमा भएको हत्याप्रति  राष्ट्रसंघकाे ध्यानाकर्षण
पाकिस्तानमा भएको हत्याप्रति राष्ट्रसंघकाे ध्यानाकर्षण
कोरोना भाइरसको सम्पूर्ण लक्षणविरुद्व सिनोफार्मद्वारा निर्मित खोप प्रभावकारी
कोरोना भाइरसको सम्पूर्ण लक्षणविरुद्व सिनोफार्मद्वारा निर्मित खोप प्रभावकारी